April 19 - 2024, Friday७ बैशाख २०८१, शुक्रबार

देउता नुहाउन चाँदे लेक गएका एक जनाको चिसोले मृत्यु

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको जुनीचाँदे ७ स्थित चाँदे लेकमा देउता नुहाउन गएका एक जनाको चिसोले ज्यान गएको छ । जुनीचाँदे गाउँपालिकाका – १ काप्राका ५९ बर्षिय अभिमान रावतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत बुधवार काप्राका २५ जना स्थानीय देउता नुहाउन भन्दै चाँदे लेक गएका थिए । चाँदे हिमालको चौरीपाटनमा रहेको नदाई डावमा नारायण देउता नुहाउन जाने क्रममा लगातारको बर्षातसँगै आएको हावाहुरीमा परेर चिसोले कठ्याङ्गिएर तीन जना विरामी परेका छन् । अन्य सवै प्रहरीको सम्पर्कमा आएका छन् । उनीहरुको उद्धारका लागि इलाका प्रहरी कार्यालय पञ्चाला दहबाट प्रहरी सहायक निरीक्षक दुर्गबहादुर शाहीको नेतृत्वमा स्वास्थ्यकर्मी सहितको टोली घटनास्थल तर्फ उद्धारका लागि गएको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुुमार थापाले बताए । विरामी परेका मध्य लोकबहादुर रावतको अवस्था गंभिर रहेको डिएस्पी थापाले बताए । घटना स्थलबाट उनीहरुको गाँउ फर्कन एक दिन पैदल हिड्नुपर्छ ।

बुधवार गाउँबाट देउता नुहाउनको लागि चौरीपाटनको नदाई डाव हिडेका थिए । तिव्र रुपमा चलेको हावाहुरी र निरन्तरको बर्षात पछि आफुहरु विहिवार साँझबाट तितरवितर भएको र ओडारमा लुकेर ज्यान जोगाउन सफल भएको देउता नुहाउन त्यहाँ पुगेका गणेश रावतले जनाएका छन् । चाँदेलेक करीब पाँच हजार मिटरको उचाइमा छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad