March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

कुटपिटपछि एक युवकको मृत्यु, कुटपिटमा संलग्न अर्का युवक पक्राउ

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको कुुशे गाउँपालिका वडा नं ८  जिन्तालामा स्थानीय एक युवाले कुटपिट गर्दा अर्का एक युवकको ज्यान गएको छ । स्थानीय युवाहरूले आपसी लेनदेनको बिषयमा कुटपिट गर्दा घाइते भएका कुशे गाँउपालिका ८ जिन्तालाका ३५ वर्षीय इन्द्रबहादुर सिंहको शनिवार विहान घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक खुमानन्द पाण्डेका अनुसार एक सामुदायिक संस्थाको रकम सम्बन्धमा विवाद हुँदा उनीहरु विच झगडा भएको हो । शुक्रवार पधेरीखोला सामुदायिक संस्थाकाका सदस्य र पदाधिकारी भेला भएका थिए । छलफल पछि अन्य सदस्यहरु आ आफ्ना घर फर्के पनि केही युवाहरु बेलुका जिन्तालमै कुखुरा काटेर रमाइलो गर्न बसेका थिए । विमल संस्थाका अध्यक्ष हुन भने मृतक इन्द्र सचिव हुन् । खाजा नास्ता खाने क्रममा उनीहरु विच संस्थाको रकमका विषयमा केही समय विवाद भयो । विवाद पछि बिमल एक्कासी आक्रोशमा आएर र्चिपटले इन्द्रको टाउकोमा हिर्काएको प्रहरी निरीक्षक पाण्डेले बताए ।

गंभिर घाइते भएका उनलाई अन्य साथीहरुले घरमा पुरयाईदिएको तर शनिवार विहान २ बजे उनको ज्यान गएको पाण्डेले बताए । समयमा उपचारको ब्यवस्था गर्न सकेको भए उनको ज्यान जोगाउन सकिने प्रहरीको भनाइ छ । प्रहरीले कुटपिटमा संलग्न विमललाई आईतवार विहान भेरीनगरपालिका २ बाहुनथानाबाट पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले कुटपिट गरेको स्वीकार गरेको प्रहरी निरीक्षक पाण्डेले बताए । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षक शिवकुमार क्षत्रीको कमान्डमा एक टोली घटनास्थल तर्फ गएको प्रहरीले जनाएको छ । सदरमुकामबाट घटनास्थल एक दिनको दुरी करीव १५ कोष टाढा पर्छ । मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याईदैछ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad