June 18 - 2021, Friday३ असार २०७८, बिहीबार

सम्झनामा ः सादा जीवन उच्च विचारका प्रर्याय स्व.रत्न कामरेड

राजेन्द्र विक्रम शाह

२०५६ सालमा जाजरकोट क्षेत्र नंवर २ वाट प्रतिनिधि सभामा निर्वाचित पूर्व सांसद रत्न प्रसाद शर्मा न्यौपानेको निधनले हामी सवैलाई दुखी तुल्याएको छ । सादा जीवन, उच्च विचारका सच्चा अनुयायी सच्चा जन प्रतिनिधि र सच्चा राजनीतिक कार्यकर्ताको रुपमा उकाली ओराली, घाम पानी, तातो चिसो, मीठो नमिठो, गरीव धनी, सजिलो अप्ठेरो केही नछुट्याई अनवरत जनसेवामा समर्पित रत्न सरको जीवन नै उत्प्रेरक थियो ।

वर्तमान समयमा पनि उहांले पार्टी राजनीतिलाई समाजसेवाको रुपमा आत्मसात गर्दै निष्कपट र अनुशासित ने.क.पा. एमाले कर्णाली प्रदेश सदस्य एवं अखिल नेपाल किसान महासंघ, राष्ट्रिय समितिका उपाध्यक्ष रत्न प्रसाद शर्मा न्यौपानेको देशावशानको घडीमा स्वर्गीय आत्मामा सम्मानपूर्वक हार्दिक श्रद्धान्जली व्यक्त गर्दै परिवारमा सविनय समवेदना प्रकट गर्दै उहांको जीवन संग सम्वन्धित अव्यक्त सन्दर्भ कोट्याउन चाहन्छु ।

म मार्फत उहां विद्यार्थी राजनीति र संगठनमा आवद्ध
२०३५÷०३६ देखि २०३७÷०३८ सालमा विद्यार्थी आन्दोलनमा सहभागी हुंदै जांदा तत्कालीन विद्यार्थी नेता देव गुरुंग, यदु गौतम तथा शशिराम कार्की तथा वाममन्थी विचारधाराका शिक्षक नारायण प्रसाद शर्मा सहितका वुद्धिजिवीहरुको परामर्शमा अ.ने.रा.स्व.वि.यु.(छैंठौं नजिक) मा आवद्ध हुंदै २०३८ सालमै जाजरकोट जिल्ला अध्यक्ष भएको थिंए । २०३८ सालको चैत्रमा अ.ने.रा.स्व.वि.यु.(छैंठौं) को सातौं राष्ट्रिय सम्मेलन पूर्व हामी संगठन विस्तारमा पश्चिम जाजरकोट जांदा स्व. रत्न प्रसाद शर्मा न्यौपाने संग उहां अध्ययनरत जनप्रिय मा. वि. दशेरामा भेट भयो । विद्यार्थी संगठनको आवश्यकता, औचित्य र समाज परिवर्तनमा विद्यार्थीहरुको भूमिकावारे छलफल गर्दै जांदा स्व.रत्न प्रसाद शर्मा न्यौपाने सहितका विद्यार्थीहरु विद्यार्थी संगठनमा आवद्ध हुनु भयो । तत्पश्चात एस.एल.सी.परीक्षा, काठमाण्डौंमा विद्यार्थी सम्मेलन र अध्ययन तथा सार्वजनिक सेवाका क्रममा म काठमाण्डौं तिरै रहें र स्व. रत्न प्रसाद शर्मा न्यौपानेजीहरु संग सम्पर्क रहेन ।

उहां मार्फत म राजनीतिक दलमा आवद्ध
२०४९ सालको स्थानीय निर्वाचनमा साविक खलंगा गा.वि.स.मा संयुक्त जनमोर्चा र ने.क.पा.एमालेको गठवन्धन भएकोमा २०५४ मा पहिलाको संयुक्त जनमोर्चा जनयुद्धमा थियो । ने.क.पा. एमालेले २०५४ को स्थानीय निर्वाचनमा एक्लै लड्नु पर्ने भएकाले ने.क.पा.एमालेका साथीहरु संग कुरा हुंदै जांदा मैंले खलंगा गा.वि.स. को गा.वि.स. अध्यक्षमा उम्मेदवारी दिनु पर्ने सहमति कार्यान्वयन गर्ने क्रममा स्व.रत्न प्रसाद शर्मा न्यौपानेले मलाई ने.क.पा. एमालेको सदस्यको रुपमा आवद्ध गराउनु भएको सगौरव स्मरण गराउंदछु ।

२०५४ देखि २०६३ सम्म म ने.क.पा. एमालेको सदस्य रही रहंदा र तत्पश्चात नागरिक अगुवाको रुपमा समेत नजीक वा टाढावाट, छिमेकीका रुपमा, जन प्रतिनिधि वा राजनीतिक कार्यकर्ताको रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्व.रत्न प्रसाद शर्मा न्यौपानेको सार्वजनिक जीवन अवलोकन र अनुभूत गर्दाका केही पक्ष व्यक्त गर्नु सान्दर्भिक ठान्दछु ।

क. जनवादी केन्द्रीयताको परिपालना र निरन्तर क्रियाशीलता
स्व.रत्न प्रसाद शर्मा न्यौपाने पार्टीका वैठकहरुमा पार्टी विधान अनुरुप प्रसस्त छलफल, सम्वाद, फरक मत राख्ने, आलोचना गर्ने र सहने जस्ता काममा विश्वास गर्नु हुन्थ्यो, तर निर्णय भै सकेको कुरामा चट्टानी अनुशासन झैं निर्णयको पक्षमा उभिनु हुन्थ््यो । पार्टी कमिटी वाहिर निर्णयको भावना विपरीत वोल्नु हुंदैनथ््यो । देशको राजनीतिक घटनाक्रममा आएका विभिन्न तरंग, मोड र आरोह अवरोधले उहांको दलिय राजनीतिक निष्ठालाई विचलित हुन दिएन । सशस्त्र जनयुद्धको समयमा, २०६२।०६३ को जनआन्दोलनको क्रममा र अहिले विशेष गरी नेकपा एमाले पार्टी भित्र देखिएको मतभिन्नताको समयमा पनि उहां निरन्तर क्रियाशील नै हुनु हुन्थ्यो ।

ख. अनुशासन र ईमान्दारिता
स्व.रत्न प्रसाद शर्मा न्यौपाने पार्टीको आचार संहिताको पालनामा अनुशासित हुनुहुन्थ््यो । पार्टीका साथसाथै सामाजिक अनुशासनको पनि उहां संधै ख्याल गर्नु हुन्थ््यो । नाता र उमेरमा मान्यजनहरुको सम्मान तथा वालवालिकाहरुलाई माया गर्ने तथा समकक्षी संग साथित्वभाव र व्यवहार देखाउनु हुन्थ््यो । सामाजिक व्यवहारमा पनि नीति र नैतिकता विपरीत नगै सदैव ईमान्दारिता देखिन्थ््यो । जीवनशैलीका दृष्टिमा उहां सरल र मितव्ययी हुनु हुन्थ््यो ।

ग. व्यक्ति, विषय, सन्दर्भ, अवस्था, घटना र वस्तुको विश्लेषण
कुनै पनि व्यक्ति, विषय, सन्दर्भ, अवस्था, घटना र वस्तुको विश्लेषण हचुवा ढंगमा गर्न नहुने र वहुआयामिक कोणवाट विश्लेषण गर्नमा जोड दिनु हुन्थ््यो । कुनै पनि व्यक्ति, विषय, सन्दर्भ, अवस्था, घटना र वस्तुका सवल पक्ष, कमजोर पक्ष, अवसर र चुनौतीहरु हुन्छन् । विश्लेषण र मूल्यांकन गर्दा एकांगी रुपमा नगरी सन्तुलित र वहुआयामिक कोणवाट विश्लेषण र मूल्यांकन गरेर मात्र आवश्यक निर्णय लिनमा उहांको मत रहन्थ््यो ।

घ. दलित राजनीति र जन प्रतिनिधित्वलाई समाजसेवा ठान्ने
उहां सम्वद्ध दल र ंअन्य राजनीतिक दलका नेता र कार्यकर्ता र जन प्रतिनिधिहरुले राजनीतिलाई व्यवसाय वनाउंदै गैरहेको सर्वत्र टिप्पणी गरिन्छ । विकास निर्माणका काममा पनि कमिशन, ठेक्कापट्टा र कर्मचारी नियक्ति, सरुवा र वढुवामा अत्यधिक चासो राख्ने गरेको देखिएता पनि उहां गरिव केन्द्रीत र दुर्गम केन्द्रीत विकास, राजनीतिक तथा सामाजिक एकता, समाजसेवा उन्मुख राजनीतिक भूमिका र योगदानमा उहां तल्लीन हुनुहुन्थ््यो । उहां अपराधीको राजनीतिकरण र राजनीतिको अपराधीकरण जस्तो विकृतिवाट कसरी वच्ने र वचाउने भन्नेवारे चासो र चिन्ता व्यक्त गरेको पाईन्थ्यो ।

ङ. शिक्षा, अध्ययन र सिकाई प्रतिको सजगता
व्यक्तिगत रुपमा औपचारिक शिक्षा प्राप्तिका लागि निरन्तर सक्रिय रहनु भयो । जन प्रतिनिधि र पार्टी कार्यकर्ताका रुपमा पनि निरन्तर राजनीतिक तथा सामाजिक ज्ञान आर्जन गर्न तल्लीन रहनु भयो । जुनसुकै समयमा पनि केही पढ्ने सामग्री भेट्ने वित्तिकै टपक्क टिप्ने र पढ्ने स्वभाव थियो । आफले हासिल गरेको शिक्षा, ज्ञान र सिकाईलाई उपयुक्त, आवश्यक र सान्दर्भिक कुरा अरुलाई सुनाउंदै अरुलाई पनि शिक्षा ग्रहण र अध्ययनमा उत्प्रेरित गरिरहनु हुन्थ््यो र शिक्षा, अध्ययन र सिकाई मार्फत असल मानिसको रुपमा जीवन रुपान्तरण गर्न मनोवल वढाउनु हुन्थ््यो ।

च. तीक्ष्ण स्मरण शक्ति
चिनजान, पचिय र भेट भएको मानिसलाई र घटित घटना तथा प्रसंगलाई उहां सम्झिराख्नु हुन्थ््यो । जाजरकोट जिल्लाका राजनीतिक कार्यकर्ताका रुपमा सवै गाउं वढी गाउंवस्तीमा घुमफिर र समुदायमा परिचालित कार्यकर्ताको रुपमा अत्यधिक मानिसहरु संग उहांको भेटघाट, सम्पर्क, उठवस, चिनजान हुन्थ््यो । एकपटक भेट भएको मानिस धेरै पटि भेट हुंदा पनि सामान्य तया उहांले सहजै नाम, अघिल्लो पटक भेट भएको समय र स्थान तथा अन्य महत्वपूर्ण प्रसंग व्यक्त गर्नु हुन्थ््यो ।

छ. जनसम्पर्क
उहां आफ्नो गाउं घर वा खलंगा सदरमुकाम वा जहां पनि अरु संग सक्रियताका साथ वोलचाल, चिनजान, परिचय र भेटघाट गर्नु हुन्थ््यो । भेट भएको मानिसलाई र घटित घटना तथा प्रसंगलाई उहां सम्झिराख्नु हुन्थ््यो । जस्तो सुकै परिस्थितिमा पनि जनसम्पर्कलाई कहिल्यै टुटाउनु भएन । जनसम्पर्क गर्दा अत्यन्त नजीकको साथी वा सहयोगी रहेको भाव झल्काउनु हुन्थ््यो । सवै संग उचित नाता, सम्वोधन र व्यवहार उहांका विशिष्टता थियो । कसैले पनि केही कामका लागि प्रस्ताव राखेमा सहजै स्वीकारेर काममा अगाडी सर्नुहुन्थ््यो । केही काम गरिदिए वापत कमिशनको चाहना राख्ने दुर्भावना उहांमा शून्य थियो । कसैवाट केही सहयोग लिनु परेमा निसंकोच प्रस्ताव राख्नु हुन्थ््यो र सहयोगका लागि कृतज्ञता वा आभार वा धन्यवाद दिन विर्सनु हुंदैनथ््यो ।

ज. सादा जीवन उच्च विचार, सदाचारिता र स्पष्टवादिता
ड्ड सादा जीवन उच्च विचार उहांको परिचय वा जीवनको उंचाई हो । साधारण कपडा लगाउने, वस्दा वा यात्रामा सामान्य खाना र नास्ता खाने, सामान्य आवाशमा वस्न रुचाउने स्वभाव थियो । गाउंघरमा जांदा सुत्नेवस्ने र खाने खाना कस्तो हुने होेला, वाटोको सजिलो अप्ठेरो जस्ता कुरामा कतिपयले लिने गरेको चिन्ता उहांमा देखिएन । समुदाय र पार्टी कार्यकर्ता संग जस्तो सुकै भए पनि खाने वस्ने उहांको रुची रहन्थ््यो । उहां संधै सामान्य तर सफा कपडा लगाउनु हुन्थ््यो । पदको आडम्वर, फूर्ति फार्ति, तडक भडक उहांको जीवनमा कहिले पनि देखिएन । सच्चा कम्यूनिष्ट भाव, गति, आचरण र जीवनशैलीको खडेरी परेको वर्तमान समयमा उहांको जीवन सांच्चिकै उत्प्रेरक छ ।

अन्तमा उहांको योगदानलाई जिवीत राख्न, अनुकरणीय वनाउन र कम्यूनिष्ट विचार र व्यवहार प्रसारका लागि कम्यूनिष्ट स्कूलिंग श्रोत केन्द्रको रुपमा रत्न स्मृति प्रतिष्ठान स्थापनार्थ सवैमा सादर ध्यानाकर्षण गराउंदछु ।

( लेखक संस्थापक अध्यक्ष अ.ने.रा.स्व.वि.यु. तथा जाजरकोटका नागरिक अगुवा हुन ।)

Prabaha