June 18 - 2021, Friday४ असार २०७८, शुक्रबार

परिवारै संक्रमित भई कोरोना जितेका जिल्ला जनगणना अधिकारीको अनुभुति

जनक बोहरा ।

कोभिड १९ ले विश्वभरी नै माहामारीको रुप लिएको गत एक वर्ष देखि मानवविकास सुचकांक उच्च भएका मुलुकहरु समेत लाखौ मानिसको ज्यान गएको कुरा जानकारीमा नै थियो । स्वास्थ्य संरचना उत्कृष्ट भएका मुलुकहरुमा समेत कठिन अवस्था भएको सामाचारमा नियमित रुपमा हेर्दा अलिअलि डर लागेर आउथ्यो । गतवर्ष सारा विश्वको ध्यान कोभिड नियन्त्रणमा नै केन्द्रित भएको थियो । विश्वको अर्थतन्त्र नै कोभिड नियन्त्रणमा नै केन्दित थियो ।

यस वर्ष पनि २०७७ चैत्र महिना देखि छिमेको देश भारतमा कोभिडको दोस्रो लहर बढिरहेको थियो र नेपालमा पनि देखा पर्न थालिसकेको थियो । म २०७८ सालको नया वर्ष मनाएर नेपालगन्जबाट जाजरकोट कार्यालय फर्किदा समेत सार्वजनिक गाडीमा गएको थिए । खासै कोभिडमा महामारी धेरै फैलिएको थिएन । जाजरकोट राष्ट्रिय जनगणना २०७८ को तयारी सम्वन्धी कार्यमा लागिरहेको थियो । एकै पटक सामाचरमा बाके जिल्लाको भेरी अस्पतालमा विरामीले वेड नै नपाउने अवस्थाको आएको कुरा सामाजिक सन्जालबाट थाहा पाईरहेको थिए । जानकी गाउपालिका बाकेमा कार्यरत स्वास्थ्यकर्मी श्रीमति र नेपालगन्जकै एउटा स्कूलमा अध्यनगर्ने छोरी पनि त्यतै बसोवास गर्ने भएकोले मनमनै चिन्ता भइरहेको थियो तै पनि कामको सिलसिलामा सुरक्षित बस्नु भनेर सम्झाइ रहन्थे बैशाख १३ गते रातिबाट मेरो श्रीमतिलाई अत्यधिक ज्वरो सहित करिब करिब कोभिडकै लक्षणहरु राति देखि देखिनथालेपछि १४ गते पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको खबर आयो ।

 

त्यस पछि तनाव शूरु भयो, सँगै बस्ने छोरीलाई कता पठाउने उसलाई पनि संक्रमण हुने डर थियो । म कार्यालयको व्यस्तताले जान सकेको थिएन मन भरी छोरी पनि संक्रमित भई सकेको होला भन्ने डर लागिरहेको थियो । म बैशाख १६ देखि २० गते सम्म सुपरिवेक्षकको तालिममा व्यस्त भए घर जान सक्न स्थिति नै थिएन । जब १९ गतेको मन्त्रिपरिषदको निर्णयले जनगणनाका गतिविधि हाललाई स्थगित गर्ने निर्णय गरेपछि जिल्लामा लकडाउनको अवस्था थियो । विभिन्न पालिकाबाट आएका सुपरिवेक्षकहरुलाई उनिहरुको घरसम्म जाने गाडीको व्यवस्था गरि २१ र २२ गते सबै काम सकेर प्रमुख जिल्ला अधिकारी ज्यू सँग अनुमति मागेर गाडी रिजर्भ गरि नेपालगन्जजाने निधो गरे । उता नेपालगन्जमा छोरीलाई पनि पेट दुख्ने र पखाला तथा बान्ता भएपछि २० गते नै पिसिआर परिक्षण गर्न दिएको थियो २२ गते छोरीको पनि रिपोर्ट पोजिटिभ आयो । त्यसपछि मेरो डरको स्तर बढ्दै गयो २३ गते जब घर पुगे सधै आमा सँग सुत्ने बानी परेको छोरी छुट्टै कोठामा सुत्दा मानसिक रुपमा कमजोर भएको देखे ।। एकहरो टोलाईरहने भएको देखे श्रीमति त उपचार कै क्रममा भएपनि अलि सुधार भएकोले छुट्टै कोठामा वसेको करिव १० दिन भईसकेको थियो । छोरीलाई कोरोना पोजिटिभ भएको कुरा जानकारी नगराई उसले सोधेको वेला तिम्रो त नेगिटिभ आएछ भनेको थिए । त्यसपछि श्रीमतिभएको कोठामा पठायो भने छोरीले शंकागर्ने देखियो मैले कता बस्ने कठिन अवस्था आयो । अन्तमा छोरी सँगै बस्ने निर्णय गरे ।

 

म सँगै बस्ने भतिजि पनि संक्रमित भईसकेपछि २४ गते बाट सरसफाई गरि सके पछि सबै जना सँगै बसियो । तिनजना संक्रमित सँगै बस्नु पर्दा म पनि संक्रमितहुने निश्चित थियो तर पनि बाध्यताले सँगै बस्नु पर्यो मलाई यस्तो अवस्थामाअलिअलि डर लागे पनि मलाई दुईवटा खोप पनि लगाएको हुनाले र विगत देखि नै शारीरिक व्यायामहरु गर्ने स्वासप्रश्वास सम्बन्धी व्यायामहरु नियमित गर्ने भएकोले मनोवल उच्च नै थियो । दिनहरु बित्दै गए वैशाख ३१ गते करिव ९ दिन सँगै बसेको भईसकेको थियो तै पनि कुनै लक्षण देखिएन स्वास्थ्यकर्मी रहेको श्रीमतिले एक पटक पिसिआर गर्दा राम्रो भने पछि भेरी अस्पतालमा ३१ गते गएर जाच गराए । जेष्ठ १ गते मेरो मोबाईलमा मेसेज आयो कोरोना पोजिटिभ भनेर त्यसपछि १० दिन सम्म कुनै लक्षण देखिएको थिएन तरपनि रिपोर्ट पोजिटिभ आएपछि एक दिनमै २०० जनाभन्दा बढि त्यसमा पनि धेरै जसो युवा अवस्थाका व्यक्तिहरुको मृत्यु भईरहेको समाचार सुनिरहेको अवस्थाले जति उच्चमनोबल बनाएपनि केहि लक्षण देखिएर अप्ठ्यारो हुन्छ कि भनेर मनमा डर लाग्यो र मेरो होमआईसोलेनको अवधिमा निम्न गतिविधीहरु गरे ।

 बिहान उठेर दुई गिलास तातोपानिमाकागतीमिलाएर पिउने
 सामान्यशारीरिक व्यायामविशेष गरि फोक्सो सम्बन्धीकरिब आधा देखि एक घण्टा सम्म
 एक गिलास बेसार अदुवा तिमुर र गुर्जो मिलाएर उमालेको पानीपिउने
 खानामा साग तरकारी र दालमा धेरै बल गरियो
 खाना पछि फलफुलनियमित रुपमाखाने गरियो
 दिउसो रोटी र तरकारी अचार मिलाएर खाने र दिउसो भरिमाकरिब तिनचार गिलास तातोपानीपिउने
 बेलुकाको खानामालोकलकुखुराको सुप दाल सागअनिवार्य हुने गरि व्यवस्थापनगरियो
 बेलुकाको खानापछि एक गिलास बेसार पानी र त्यसपछि एक गिलास तातोपानीपिउने
 दिउसोको समयमा कोभिडको शरुवात देखि हालसम्मभएका अनुसन्धानात्मक लेखहरु बिभिन्न अनुसन्धानकर्ताका भिडियोहरु यसको जोखिम चरण बच्ने उपायहरु उपचारपछि हुने असर लगायतको विषयवस्तुमानियमितअध्ययन गरे

१० दिनको होमआईसोलेसन पछि कुनै लक्षण नदेखिएर डिस्चार्ज भए मेरो घरमा सबै सदस्यहरु संक्रमित भए र मेरो श्रीमतिलाई गम्भिर लक्षण देखिए पनि अन्य सदस्य कसैलाई पनि लक्षण देखिएन ।

यसरी आत्मबल उच्च राखेर आफ्नो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने किसिमका भोजनहरु सेवन गरेर सपरिवार कोरोना संक्रमणबाट मुक्त हुदा अत्यन्त खुशी महसुस गरेको छु । मेरो सम्पुर्ण परिवारको शिघ्र स्वास्थ्यलाभको कामनागर्नु हुने प्रमुख जिल्ला अधिकारी ज्यू जिल्ला जनगणना कार्यालय जाजरकोटका सहकर्मि कर्मचारीहरु लगायत सम्पुर्ण महानुभाव प्रति धन्यवाद तर पनि प्रत्यक दिनमा नै मृत्यु हुने दर अझै पनि कम भएको छैन त्यसैले सबैले स्वास्थ्य मापदण्ड पालन गरि रोग लाग्न नदिनु नै सबै भन्दा उपयुक्त हुने भएकोले यस तर्फ ध्यानदिन जरुरी देखिन्छ ।

(लेखक जिल्ला जनगणना अधिकारीको रुपमा जिल्ला जनगणना कार्यालय जाजरकोटमा कार्यरत छन् ।)

Prabaha