March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

गाँउभरी रुघाखोकी र ज्वरोका विरामी

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको कुशे गाँउपालिका ५ दमदालामा गाँउका अधिकांश मानिसहरु विरामी परेका छन् । ज्वरो आउने, रुघाखोकी, छाती दुख्ने लगायतका लक्ष्यण सहित गाउँको मानिसहरु थला परेका हुन् ।

गाँउभरी ज्वरो र रुघाखोकीका विरामीले मानिसहरु लखतरान परेकोे स्थानिय कमल थापाले बताए । दमदालामा मात्र ८० घरधुरी छन् । उनले सामाजिक सञ्जालमा पोष्ट गदै भनेका छन् ‘ पुरै गाँउ ज्वरो, रुघाखोकीले थला परेको छ । कहाँ छ स्थानीय सरकार । खोइ कोभिड–१९ चेक, खोइ उपचारमा सहयोग ।’ कोरोनाको जस्तै लक्ष्यण भएकोले स्थानिय त्रसित भएको उनको भनाइ छ । सामान्य ज्वरो, रुघाखोकी र टाउको नदुख्ने समस्या नभएको कोही छैन । बच्चा देखि बृद्धबृद्धा सवै प्रभावित भएको थापाले बताए । उनले स्थानिय सरकारले उपचारमा सहयोग नगरेको गुनासो गरे ।

घरघरै विरामी छन् । विरामी नहुने घरै छैन सवै थला परेका छन् अर्का स्थानिय निर्माला थापाले बताइन ।

उता गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले आइतवार मात्र किट आइपुगेकोले स्वास्थ्यकर्मी सहितको टोली परिक्षण उपचारका लागि सोमवार त्यहाँ जाने बताए । प्रमुख प्रशासकिय अधिकृत मानबहादुर गिरीले दमदालामा गाँउभरी ज्वरो र रुघाखोकीले थला परेको भन्ने सुचना आएको बताउँदै कोरोना हो कि अन्य भाइरल रोग हो छिटै पहिचान गर्ने ब्यवस्था मिलाईने बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad