May 7 - 2021, Friday२३ बैशाख २०७८, बिहीबार

हत्या अभियोगमा बाबुछोरा पक्राउ

राजेन्द्र कार्की । जाजरकोट
हत्या अभियोगमा जाजरकोटमा बाबुछोरा पक्राउ परेका छन् । जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा छेडागाड ९ राजीकोट निवासी सुकिलाल वादी र उनका छोरा ज्ञानु बादीलाई प्रहरीले पक्राउ गरेको हो ।

छेडागाड ११ भैसीखर्क स्थित फुम्न राजीकोट जोड्ने झोलुङ्गे पुल माथि छेडागाड नगरपालिका १० खलटाकुरा बस्ने बर्ष ४६ का धनविरे पुनमगरको लास गत आइतवार फेला परेको थियो । अनुसन्धान गदै जाँदा ति दुई बाबुछोराको हत्यामा संलग्नता रहेको तथ्य फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले बताए । उनीहरुलाई अनुसन्धानका लागि अदालतले सात दिनको म्याद दिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक चरणको बयानमा उनीहरुले अपराध स्वीकार गरेको प्रहरीको भनाइ छ ।

Prabaha

Government request for corona