March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

दुर्गममा पनि फोरजी सेवा, तीन गाँउपालिकामा सञ्चार सुविधा विस्तार

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटका तीन ओटा दुर्गम गाँउपालिका सञ्चार सेवामा जोडिएका छन् । नेपाल टेलिकमले टुजी र फोर जी सहितका नयाँ टावर निर्माण गरेपछि पश्चिम जाजरकोटको शिवालय गाँउपालिका, जुनीचाँदे गाँउपालिका र बारेकोट गाँउपालिकामा सञ्चार सेवासँग जोडिएका हुन् । टेलिफोन सुविधाबाट बञ्चित रहेका तीन गाँउपालिकामा टेलिकमले टावर निर्माण गरि सेवा प्रारम्भ गरेपछि स्थानियले सहज रुपमा सञ्चार सुविधा पाएका हुन् ।
जिल्लामा निर्माणाधिन सात वटा नमस्तेको टावर मध्य जुनीचाँदे र शिवालय गाउँपालिकामा केही दिन अघि तथा बारेकोट गाँउपालिकामा विहिवार देखि सेवा सञ्चालनमा आएको हो । टावर निर्माण सँगै बारेकोट गाँउपालिकाका सवै वडाहरु, जुनीचाँदेका सवै वडाहरु शिवालय गाउँपालिकाका सवै वडाहरु र छेडागाड नगरपालिकाका केही वडामा बसोबास गर्ने स्थानीयले सञ्चार सुविधा पुगेको नेपाल टेलिकम जाजरकोटले जनाएको छ । यस अघि टावर नहुँदा टेलिफोनको निकै समस्या झेल्नु परेको थियो । एक कल फोन गर्न घण्टौ टाढा जानु पर्ने बाध्यता हटेको बारेकोट १ रामीडाँडका पृथिराज ज्योतिले बताए । बारेकोट गाँउपालिका अध्यक्ष महेन्द्र शाहले टेलिफोनको टावर जडान गरि गाँउपालिकामा सहज सञ्चार सुविधा बनाउन पहल गर्ने सवैलाई धन्यवाद दिएका छन् । टुजी संचालनमा आएको बारेकोटमा छिटै फोरजी संचालनमा ल्याउन तयारी भैरहेको उनको भनाई छ । जुनीचाँदे र शिवालयमा भने फोरजी सेवा समेत संचालनमा आइसकेको छ ।
स्थानिय बासिन्दा, गाँउपालिका, स्थानिय प्रशासन र राजनैतिक दलहरु तथा नेताहरुको निरन्तर दवाव पछि १० जिल्लाको काम एकै पटक गर्दा जाजरकोटमा निर्माण हुँने टावरका कामहरु ढिला हुँने भएकाले जाजरकोटको फ्रेजलाई अलग गरेर काम सुरु गरिएको थियो । नलगाड नगरपालिका ८ गराइलामा टावर निर्माण कार्य जारी रहेको छ । त्यस्तै नलगाडका दुर्गम वडा रग्दा र भगवतीमा समेत नयाँ टावर निर्माणका लागि सभ्रेको काम सम्पन्न भएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad