April 20 - 2024, Saturday८ बैशाख २०८१, शनिबार

सल्यानमा भाई सँगको अवैध यौन सम्बन्धबाट दिदि गर्भवति !

प्रवाह संवाददाता । सल्यान

सल्यानमा आफ्नै भाई सँगको अवैध यौन सम्बन्धबाट दिदि गर्भवति भएकी छन् । बनगाड कुपिण्डे गाँउपालिकाकी १६ बर्षिय किशोरी आफ्नै भाइ सँगको अवैध यौन सम्बन्धबाट गर्भवति भएकी हुन् । उनको पेटमा ८ महिनाको गर्भ रहेको छ ।

एउटै कोठामा सुत्ने उनीहरु विच लामो समय देखि अवैध यौन सम्बन्ध रहेको र दिदि गर्भवति भएपछि घटना बाहिरीएको हो । परिवारका अन्य सदस्यले दिदिभाइको अवैध सम्बन्धबाट दिदि गर्भवति भएको थाह पाएपछि बलत्कारको आरोप लगाउँदै १३ बर्षिय बालक विरुद्ध प्रहरीमा गत फागुन २६ गते उजुरी दिएका थिए । प्रहरीले ति बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।

ति बालकलाई बालबालिका सुधार कक्षमा राखेर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा हाड नाता करणी सम्बन्धी मुद्धा चलाउन सकिने प्रावधान भएपनि बालकको उमेर नपुगेका कारण मृद्धा चलाउन समस्या भएको प्रहरीको भनाई छ ।
सल्यानको यो घटनाले यौवन अवस्थामा पुगेका र पुग्न थालेका आफ्ना छोराछोरीलाई एउटै कोठामा नराख्न तथा यौन शिक्षा र नैतिक शिक्षा दिन पाठ सिकाएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad