May 7 - 2021, Friday२३ बैशाख २०७८, बिहीबार

जाजरकोटका स्थानीय तहलाई नागरिक समाजको अपील

राजेन्द्र विक्रम शाह

मानवीय विकास सूचकांकका आधारमा नेपालमा ७७ जिल्ला मध्य ६८ औं र कर्णली प्रदेशका १० जिल्ला मध्य ८ औं स्थानमा रहेको जाजरकोट जिल्लालाई मानव विकासमा पछाडी पार्ने गरिवी, अशिक्षा, असमानता र कुशासन हुन् । श्रोत व्यवस्थापन, उत्पादन र व्यावसायिकरण, आत्मनिर्भर, समुन्नत र सुशासनयुक्त जाजरकोटको निर्माण भन्ने परिकल्पनाका साथ जाजरकोट जिल्लाले दीगो र समावेशी विकासको शंकल्पलाई जिल्लाका ७ स्थानीय सरकारहरु समक्ष सगौरव स्मरण गराउंदछु ।

राज्यको पुनर्संरचना संगै संवैधानिक अधिकार र जिम्मेवारी पाएका स्थानीय तहहरुले जिल्लाको शंकल्प, जनताको अपेक्षा तथा दीगो र समावेशी विकासका आधारका रुपमा प्रचलित कानूनी मार्गदर्शन अनुरुप आफ्ना नीति तथा कार्यक्रमहरु तय गरिएको हेर्न र नतीजाको अनुभूति गर्न हामी प्रतिक्षारत छौं ।

जाजरकोट जिल्लाको गरिमामय ईतिहास, सामाजिक आर्थिक रुपान्तरणका लागि जाजरकोटी शहीदहरुले दिएको वलिदानी, भू–भौतिक अवस्था, प्राकृतिक तथा मानवीय श्रोत साधन र सम्पदा, अवसर र सम्भावनाको पहिचान र परिचालन गर्दै दृढ ईच्छाशक्तिका साथ जाजरकोटीको जीवन रुपान्तरणको यात्रा हाम्रो साझा कार्यभारका रुपमा लिनै पर्दछ । हाम्रो जमीन, हाम्रो जल सम्पदा र जैविक विविधताले रणनीतिक महत्व र विशिष्टता वोकेको छ । कृषि उत्पादन र पर्यटन सहित स्थानीय श्रोत र साधनमा आधारित आधारित साना तथा मझौला उद्योग र व्यापार सहित जीविकोपार्जनलाई सवल वनाउने अवसरहरुलाई हामीले उपयोग गर्नु पर्ने देखिन्छ ।

दीगो तथा सामावेशी विकासका लागि शक्ति र श्रोत साधनको असमानता वितरण अवस्थालाई परिवर्तन गर्दै सामाजिक न्याय स्थापित गर्न स्थानीय शासन र विकासको केन्द्र विन्दूमा आर्थिक तथा सामाजिक कोणवाट पछाडी रहेकालाई राख्नै पर्दछ । आधारभूत पूर्वाधार र संचनाको विकासका साथ साथै समाजमा व्याप्त भ्रष्टाचार, भेदभाव, दण्डहीनता, कमजोर मानवीय क्षमता, परनिर्भर चेतना, कुशासन, कुरीति र हिंसालाई अन्त्य गर्दै जिल्लाबासीको समग्र जीवन अवस्थामा गुणात्मक फड्को मार्ने क्षेत्र तर्फ ध्यानाकर्षणार्थ आग्रह गर्दछु ।

 जिल्लाको आर्थिक तथा सामाजिक रुपान्तरणको आधार ४१७ मेघावाटको जलाशययुक्त आयोजना नलसिंहगाड आयोजनाको सफल कार्यान्वयनमा जोड दिउं ।
 लोपोन्मुख रेडपाण्डा र सुनगिद्ध जस्ता जैविक विविधता संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा टेवा पुर्याउं । पुर्याउने छ ।
 वहुमूल्य जडीबुटीहरुको खेती, दीगो व्यवस्थापन तथा संकलन, प्रशोधन र निकासी प्रवद्र्धन गरौं ।
 धार्मिक, सांस्कृतिक, ऐतिहासिक पर्वतारोहण, ट्रेकिङ्ग, साहसी पर्यटन, ¥याफ्टिङ्ग, ग्रामीण तथा साँस्कृतिक पर्यटन, अध्ययन तथा अनुसन्धानमूलक पर्यटन प्रवद्र्धनमा जुटौं ।
 सार्वजनिक शिक्षाको उपलव्धी र प्रतिष्पर्धी क्षमता प्रवद्र्धन गरौं । प्रविधिमैत्री र उत्पादनमूलक शिक्षामा जोड दिउं ।
 स्वास्थ््य सेवा लगायतका आधारभूत सेवाको गुणस्तर वढाउं र जनताको पहुंचलाई वढाउ ।
 स्थानीय जलवायु अनुकूलित खाद्यान्न, तरकारी, गैह्र काष्ठ वन पैदावार तथा जडीवूटी, फलफूलको उत्पादन वढाउं ।
 परम्परागत कृषि र पशुपालनलाई व्यावसायीकरण तर्फ वढाउं ।
 विपद र जलवायु परिवर्तन अनुकूलन क्षमताको विकास गरौं ।
 सक्षम मानवीय जनशक्ति र प्रविधिको उच्च परिचालन गरौं ।
 वालमैत्री, वातावरणमैत्री र लक्षितवर्ग मैत्री विकासमा जोड दिउं ।
 स्थानीय कला, साहित्य, संस्कृति र सम्पदाको सम्वद्र्धन, संरक्षण र प्रवद्र्धनमा जुटौं ।
 अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकको मर्यादा र आवश्यकतालाई ध्यान दिउं ।
 युवा केन्द्रीत रोजगारी प्रवद्र्धन गर्न जीवनोपयोगी शीप विकास गरौं र उनीहरुलाई नव निर्माणका साझेदार वनाऔं ।
 आधारभूत र रणनीतिक सडकको स्तरोन्नतीमा ध्यान केन्द्रीत गर्दै आन्तरिक र अन्तर जिल्ला रणनीतिक क्षेत्रमा सडक सञ्जाल विस्तारका ढोका खालौं ।
 विकास र शासनमा वालवालिका, युवा, महिला, दलित, जनजाती, विपन्न र कमजोर वर्गको अर्थपूर्ण सहभागिता सुनिश्चित गरौं ।
 सुशासनका आधारहरुलाई वलियो वनाऔ ।
हामीले नयां कार्यदिशा तय गर्दा जाजरकोट जिल्लाको विकासका प्रमुख चुनौतीलाई पनि दृष्टिगोचर गर्ने पर्ने हुन्छ ।

 पूंजी पलायन मात्र नभै साक्षर र सक्षम तथा पहुंचवाला धेरै मानिसमा जिल्ला प्रतिको माया, चासो, चिन्ता, सरोकार तथा पहल न्यून हुंदै गएको ।
 स्थानीय स्तरका अधिकांश जन प्रतिनिधिहरुमा आवश्यक सक्षमताको अभाव ।
 दीगो परिकल्पना सहितका विषयगत रणनीतिक योजनाको अभाव ।
 सामाजिक र साझा विकास तथा सवाल, घटना, परिघटनामा सर्वपक्षीय एकता र प्रतिवद्धता न्यून ।
 राम्रो भन्दा हाम्रो मान्छे भन्ने सोच जिम्मेवार व्यक्तिमा हावी रहनु ।
 विकासमा दलाली र वाह्य अदृष्य प्रभावले लगानीको फाईदा स्थानीय स्तरमा नरहनु ।
 अधिकार र आवश्यकतामा आधारित योजना भन्दा सीमित व्यक्तिको लाभका लागि मागमा आधारित योजनामा वजेट लगानी हुने प्रवृत्ति हावी ।
 विकासका सवालमा छलफल, वहस,अन्तरक्रिया घट्दै गएको ।
 सामाजिक मनोविज्ञान असुरक्षित महसूस र न्यायमा कमजोर वर्गको पहुंच नरहेको महसूसिकरण ।
 सार्वजनिक सेवा प्रवाह र विकास कार्यक्रमहरु भ्रष्टाचारमुक्त हुन नसक्नु ।
 विभिन्न सार्वजनिक दिवश, कार्यक्रम तथा समारोह पछिल्ला दिन औपचारिकतामा सीमित रहन गएका ।
 नागरिक संगठनहरु वीच सहकार्यको कमी ।
 शीप र क्षमता विकासका प्रयास पर्याप्त नभएका ।
 विकासमा दलगत र सामुदायिक ऐक्यवद्धता र जन सहभागितामा कमी हुनु ।
 कानूनको पालना,पारदर्शिता र जवाफदेहिताको कमी सहित सार्वजनिक क्षेत्रमा समग्रमा सुशासनको अवस्था चिन्ताजनक रहेको ।
 नागरिक समाज तहमा सुशासनका पक्षमा जनमत कमजोर हुनु ।
स्थानीय तहका विशिष्ट परिस्थितिका आधारमा जिल्लाको शंकल्प, सम्भावना र अवसर एवं चुनौतीलाई दृष्टिगत गर्दै समाजका कमजोर वर्गलाई फाईदा पुग्ने गरी दीगो, समावेशी, परिणाममूलक र सुशासनयुक्त विकास र शासनको प्रत्याभूतिका लागि गम्भीर ध्यानाकर्षण गराउंदछौं ।

हाम्रो आगामी कार्यदिशालाई केही वूंदा मार्फत ध्यानाकर्षनार्थ प्रस्तुत गर्दैछु ।
 सक्षम स्वास्थ््य, गुणस्तरीय शैक्षिक पूर्वाधार ः दीगो विकास र सुशासनको आधार ।
 दीगो शान्तिको ठोस आधार, सामाजिक न्याय, एकता र गतिशील सुविचार ।
 सुनिश्चित वाल अधिकार, समृद्ध जाजरकोटको आधार ।
 हाम्रो समाजको अग्रगामी रुपान्तरण ः परिवर्तनकामी युवाहरुको वहुआयामिक सवलीकरण ।
 आजको आवश्यकता ः हिंसा र विभेदको अन्त्यमा हाम्रो प्रतिवद्धता ।
 मर्यादा र प्रतिष्ठाका लागि गरौं अठोट, वनाउं स्वच्छ सफा र सुन्दर जाजरकोट ।
 प्यारी र कचाली हांस्छिन कलकल वग्छिन् भेरी, कुशे र चाखुरे अनि जूनी आउनु फेरी ।
 संरक्षण गरौं प्राकृतिक श्रोत साधन र जैविक विविधता, सुदृढ वनाउं सामाजिक एकता ।

लेखक नागरिक समाज जाजरकोटका अगुवा हुनुहुन्नछ ।

Prabaha

Government request for corona