March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

संविधान विपरीत घोषणा गरिएको चुनाव अस्वीकार्य: काँग्रेस नेता पौडेल

चौरजहारी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले संविधान विपरितको चुनाव काँग्रेसलाई स्विकार्य नहुने बताउनुभएको छ । ‘मुलुकमा काँग्रेसका लागि चुनाव हुनु लाभदायक छ भन्ने बुझेका छौ,’ पौडेलेले भन्नुभयो, ‘काँग्रेसका लागि फाइदा हुन्छ भन्दैमा देशलाई अपहरण गर्न दिदैनौ ।’

रुकुम पश्चिमको चौरजहारीमा आयोजित एक कार्यक्रममा बोल्नुहुदै युवा नेता पौडेलले आफ्नै पार्टीले प्रधानमन्त्रीको विकल्प खोजेको थाहा पाएपछि संसद विघटन गरेको तर प्रधानमन्त्रीलाई सरकार विघटनको अधिकार नभएको उल्लेख गर्नुभयो । माधव र प्रचण्डले सताउनु भो भन्दैमा नेपाली जनताको प्रतिनिधि सस्थालाई पंगु बनाउँन नमिल्ने उहाँले उल्लेख गर्नुभयो ।

तत्कालिन रुकुमका जिल्ला विकास समिति सभापति तथा नेपाली काँग्रेसका नेता हरिभक्त ओलीको २२ औ स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा बोल्नु हुदै केन्द्रिय सदस्य पौडेलले दुई तिहाईको वर्गमान सरकारको हविगत देखेर जनता वाक्क भएको बताउँनुभयो । कम्न्युष्टि सरकारको नाममा ज्यादती, भ्रष्टाचार मात्र गरेको भन्दै उहाँले लोकतन्त्रको लागि नेपाली काँग्रेसको जति कुर्वानी अरुको नगरेको र पंच, मण्डले, अतिवादीहरुलाई लोकतन्त्रमा ल्याउने काम काँग्रेसले गरेको दाबी गर्नुभयो ।

काम चलाउ प्रधानमन्त्रीले मन्त्रीपरिषद विस्तार गर्नु थप लाजमर्दो कार्य भएको भन्दै जनताको लागि भन्दा पनि कम्न्युनिष्ट सरकार आफ्नै भरषपोषणको लागि आन्तरिक किचलोमा फसेको उहाँले जनाउँनुभयो । वर्तमान सरकार सुन काण्डका नाईके, बलत्कारी र हत्यारा, सोति घटनाका पीडक, ७० करोड बार्गेनिङ, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारका नाईकेहरुको संरक्षक भएको आरोप उहाँले लगाउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्नु हुदै नेपाल विद्यार्थी संघका महामन्त्री उर्मिला थपलियाले वर्गमान सरकार जनताको नभई क्रुर शासकको हातमा रहेको बताउनुभयो । केपी ओलीले नेतृत्व गरेको वर्तमान सरकारले बलात्कारीको संरक्षण गरेको समेत उहाँले आरोप लगाउनुभयो ।

स्थानीय तहबाट सिफारिस लिन जाँदा नेकपाको सदस्यता लिनुपर्छ भन्ने कार्य प्रवतिको भत्सर्ना गर्नुहुदै उहाँले तत्कालिन माओवादीले जनयुद्धको नाममा आफु सत्तामा पुगेर ईमान्दार, सोझा जनता कार्यकर्तालाई लखेट्ने काम गरेको बताउनुभयो । कार्यक्रममा काँग्रेस नेतृ उमा थापा मगरले रुकुम, रोल्पालाई आधार इलाका बनाएर जनयुद्ध लडेकाहरुले शहरमा, काठमाडौमा महल बनाए जनतालाई करको थप मारमा पारेको जनाउनुभयो ।

तत्कालिन माओवादीले तत्कालिन जिल्ला विकास समिति रुकुमका सभापति तथा नेपाली काँग्रेसका नेता हरिभक्त ओलीको २०५५ माघ १ गते काँग्रेस भएकै कारण हत्या गरिएको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad