March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

विद्यालयका समस्या समाधानका लागि नगरपालिकमा ज्ञापनपत्र

राजेन्द्र कार्की । जाजरकोट

शिक्षक दरबन्दीको ब्यवस्थापन लगायतका माग राखि भेरी त्रिवेणी माध्यमिक विद्यालय रिम्नाले सोमवार भेरी नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । विद्यालयका सहायक प्रधानाध्यापक रुद्रबहादुर वलीले कावा नगरप्रमुख भावना भण्डारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

आर्थिक बर्ष ०७६÷७७ देखि स्थानिय तहले विद्यालयमा उपलब्ध गराउँदै आएको शिक्षक अनुदानको रकम गत साउन देखि निकासा नभएकोले तत्काल उपलब्ध गराउनु पर्ने, विषयगत शिक्षकको दरबन्दीको ब्यवस्था गर्नु पर्ने, आवश्यकता अनुसार शिक्षक विद्यार्थीको कोरोना भाइरसको परिक्षण गर्ने ब्यवस्था मिलाउनु पर्ने, एकिकृत पाठ्यक्रम ढाँचा २०७६ र पाठ्यक्रम समायोजन ढाँचा २०७७ लागु गर्न आवश्यक तालिमको ब्यवस्था गर्नु पर्ने, शिक्षकलाई आवश्यक सन्दर्भ सामग्री र बालबालिकालाई खेलसामग्रीको ब्यवस्था गर्न माग गरिएको छ ।


विद्यालयको भौतिक पुर्वाधार विकासका लागि पनि माग गरिएको छ । पटक विद्यालयका समस्याहरु नगरपालिका समक्ष राख्दा पनि सुनुवाई नभएको शिक्षक वलीले बताए । गत बर्ष देखि नगरपालिकाको शिक्षक अनुदान कोटामा नियुक्त विज्ञान शिक्षक शिब केसीले गत साउन देखि नियमित पढाईरहेको भएपनि तलब खान पाएका छैनन् । नगरपालिकाको शिक्षक अनुदान कोटाको रकम निकासा नभएपछि उनले तलब नपाएका हुन् । शिक्षक केसीले मावि तहमा विज्ञान विषय पढाँउछन् । कि दिन सकिदैन भनिदिनु पर्यो हैन भने किन त्यत्तिकै झुलाउने म विकल्प खोज्छु शिक्षक केसीले गुनासो गदै भने । मावि तहमा दरबन्दी नभएपनि १० कक्षा सम्म अध्यापन भैरहेको छ ।


मेयर चन्द्रप्रकाश घर्ती र प्रमुख प्रशासकिय अधिकृतलाई विद्यालयको समस्या बारम्बार अवगत गराएको र कम्तिमा एक जना गत बर्ष नै अनुदान दिएको कोटालाई निरन्तरता दिन आग्रह गर्दा पनि आलटाल पार्ने काम भैरहेको सहायक प्रधानाध्यापक वलीले गुनासो गरे । ज्ञापन पत्र दिदा पनि उचित सुनुवाई नभए सवै विद्यार्थी र अभिभावक ल्याएर नगरपालिका घेराउ लगायतका संघर्षका कार्यक्रम गरिने उनको चेतावनी छ । ध्यानाकर्षण पत्र बुझ्दै कावा नगरप्रमुख भण्डारी विद्यालयका समस्या समाधानका लागि आवश्यक पहल गरिने आश्वासन दिएकी छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad