April 18 - 2024, Thursday६ बैशाख २०८१, बिहीबार

विद्यार्थी नेता बस्नेत द्धारा जन्म दिनको अवसरमा अनाथालयमा खाद्यान्न सहयोग

राजेन्द्र कार्की । जाजरकोट

नेपाल विद्यार्थी संघ जाजरकोटका अध्यक्ष ललित वस्नेतले आफनो जन्मदिनको अवसर पारेर अनाथ वालवालिकाहरुलाइ खाद्यान्न सहयोग गरेका छन् ।

जन्मदिनको अवसर पारेर अध्यक्ष वस्नेतले भेरी नगरपालिका वडा नम्वर ३ माथिल्लो थाप्ले स्थित नेपाल आमा आनाथाश्रममा रहेका ५० जना वालवालिकाहरुका लागि आइतवार एक सय पचास केजी चामल हस्तान्तरण गरेका हुन् ।

जिल्लाका सातै स्थानीय तहवाट अनाथाश्रममा राखिएका वालवालिकाहरुलाइ वस्नेतले एक कार्यक्रमको आयोजना गरि उक्त चामल हस्तान्तरण गरेका हुन् ।
विपी कोईराला स्कुल अफ पब्लिक पोलिसी कर्णाली प्रदेशका अध्यक्ष समेत रहेका वस्नेतले अनाथाश्रमका सन्चालक र केहि वालवालिकाहरुको उपस्थितिमा उक्त खाद्य हस्तान्तरण गरे ।

जन्मदिनमा फजुल खर्च गरि तडकभडक गर्नु भन्दा थोरै भएपनि दिनदुखीहरुको सेवा गर्ने उद्देश्यले आफुले अनाथ वालवालिकाहरुको लागि चामल वितरण गरेको वस्नेतले वताए ।

जन्म दिनको अवसरमा अनाथहरुलाइ खाद्यान्न सहयोग गर्ने काम अनुकरणीय भएका भन्दै आश्रमकी संचालिका कालीमाताले सहयोग गर्ने बस्नेतलाई धन्यवाद तथा आर्शिवाद दिईन ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad