March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

नलगाडमा वडासचिवको मृत्यु

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको नलगाड नगरपालिकामा असिस्टेन्ट सव इन्जिनियर पदमा कार्यरत कार्यरत एक जना वडा सचिवको मृत्यु भएको छ । नलगाड नगरपालिकाको १० नम्बर वडा कार्यालयमा कार्यरत वडासचिव कविराम रोकाको बुधवार मृत्यु भएको हो ।

रुकुम पश्चिम मुसिकोट नगरपालिका १३ छिवाङ निवासी २६ बर्षिय रोकाको कार्यक्षेत्रमा खटिएका बेला निधन भएको नगरप्रमुख टेकबहादुर रावलले बताए । प्राविधिक पदमा कार्यरत रहेपनि कर्मचारी अभावका कारण उनलाई वडा सचिवको जिम्मेवारी दिईएको थियो । एक साता देखि ज्वरो आउने, स्वास फेर्न गाह्रो हुने लगायतका समस्या उनमा देखिएको थियो । कोरोना संक्रमणको आशंकामा उनको स्वाव संकलन गरेर प्रयोगशाला पठाउने तयारी भैरहेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad