March 29 - 2024, Friday१५ चैत्र २०८०, बिहीबार

तीन मुक्तक– चन्द्रा मगर

१)
सुस्केरा हाल्दै लामो स्वास नफेर्नु है आमा ।
यसपाली निआइन अब बाटो नहेर्नु हैआमा ।।
तिमिलाइ भेट्न आउछु आमा बन्द खुलेपछि ।
मेरा लागी टपरिमा फलफुल नखेर्नु है आमा ।।

 

२)
आजभोली नारिहरु मेकअप तिर पो अल्झिन्छन ।
शृगारले हैन सुन्दरता त आचरणले पो झल्किन्छन ।।
भनिन्छ नारिलाइ धर्ती अनि ममताकी खानि भनेर ।
सुन्दर नारिमा त ममताका छालहरु पनि छल्किन्छन ।।

 

३)
बुढी भयौ आमा आफ्नै हातले पकाएर खुवाउन नि पा’छैन ।
भन्छेउ तिमी मनभरि पीडा छ अरुसङ भन्न नि भा’छैन ।।
तिम्रा हरेक पीडा मेरै पीडा हुन नभनेपनि सबै बुज्न सक्छु ।
तिम्रै बारेमा सोच्दा सोच्दै त आमा खान पनि मनै ला’छैन ।।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad