March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

विश्मै दुर्लभ ११ लोभीपापी गरुड जाजरकोटमा फेला

राजेन्द्र कार्की । जाजरकोट
विश्वमै दुर्लभ लोभीपापी गरुड जाजरकोटमा फेला परेका छन् । जिल्लाको भेरी नगरपालिका १ धल्ला स्थित भेरी किनारामा लोभीपापी गरुड फेला परेका हुन् । पंक्षि संरक्षण संघका केन्द्रि सदस्य गोविन्द सिंहले एकै स्थानमा ११ ओटा लोभीपापी गरुड फेला पारेको बताएका छन् । यस अघि सुर्खेतमा १० ओटा लोभीपापी गरुड फेला परेका थिए ।
‘अहिले सम्म सुर्खेतमा १० र जाजरकोटमा ११ लोभीपापी गरुड गुढ सहित भेटाए’ उनले भने ‘लोप हुने अवस्थामा पुगेको यो पंक्षी गुढ सहित फेला पर्नु खुसीको कुरा हो ।’ यो अग्ला सिमल र सालको रुखमा बस्ने, गुढ लगाउने गर्दछ । रुख फडानी गर्दा गिद्द लगायत यो पंछिलाई असर परेको छ । अर्को समस्या भनेको बालीनालीमा विषादी हालेर मुसा मार्दा यसले खाएर पनि मर्ने गरेको उनको भनाई छ । मानवीय क्रियाकलापकै कारण यो दुलर्भ पंक्षी लोप हुने अवस्थामा पुगेको छ । यसले बालीनालीमा हुने किरा फटयांग्रो भ्यागुतो सर्प मुसा खाएर बालीको सुरक्षा गर्ने भएकोले किसानको साथी मानिन्छ ।
लोभीपापी गरुड ७५ देखि ९२ उचाई भएको मध्यम आकारको गरुड हो । यसको गठिलो, प्राय कालो शरीर, भुवादार सेतो घाँटी, कालो शिर तथा निर्गमस्थल र तल्लो पुच्छर ढकनी सेतो भएको हुन्छ । यसको उडानको क्रममा माथिल्ला र तल्ला पखेटा पुरै गाढा देखिन्छ । बच्चा लोभीपापी गरुड वयस्क जस्तै देखिने तर अलि फिक्का खैरो शरीर तथा पङ्खेटाहरू साथै प्वाँखहरूले ढाकिएको निधार भएको हुन्छ ।
लोभीपापी गरुड नेपालमा पाइने एक प्रकारको गरुडको प्रजाति हो । यो चरा एसियाको रैथाने प्रजाति हो । लोभीपापी गरुड एसियामा नेपाल, भारत हुँदै इण्डोनेसियासम्म तथा अफ्रिकामा पनि पाइने गर्छ । यो प्रजाति प्राय ९१५ मिटर भन्दा तलको क्षेत्रमा पाइने गर्छ । यो चराको प्राकृतिक वासस्थान खोलानाला, ओसिलोभूमि, दलदले भूभाग तथा तालहरूको छेउछाउका घाँसेमैदानहरू हुन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad