April 19 - 2024, Friday७ बैशाख २०८१, शुक्रबार

लकडाउनः शिक्षा र अभिभावकको भुमिका

सिता कुमारी गिरी

विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ कोरोना भाईरसका कारण उत्पन्न हुन सक्ने गम्भिर स्थितिलाई नियन्त्रण गर्ने भन्दै नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि आह्वान गरेको लकडाउन हटिसकेको घोषणा गरीसकेपनि शैक्षिक क्षेत्र भने अघोषित लकडाउनउबाट अझैसम्म मुक्त हुन सकेको छैन । गत शैक्षिक शत्रको अन्त्य तिरबाट शुरु भएको लक डाउनले बर्ष भरिको विद्यार्थीको सिकाईको मापन गर्ने परिक्षा तथा नतिजा प्रकाशनलाई प्रभावित त तुल्यायोनै त्यसले समग्र शैक्षिक पद्धति र प्रक्रिया माथि दिर्घकालिन असर पु¥याउने पक्कापक्कि छ । कोभिड १९ को सक्रमणबाट बच्न र बचाउनका भनि अपनाईएका विभिन्न कृयाकलापले समग्र शैक्षिक जगतलाई पारेको प्रभावका वारेमा गम्भिरतापुर्वक विश्लेषण गरी सृजित परिस्थितिर प्रभावले भविष्यमा पार्न सक्ने नकारात्मक असरहरुलाई व्यवस्थापन गर्ने गरी तत्काल योजना ल्याउनु पर्ने ठुलो चुनौति सरकार सामु रहेको छ ।

विश्व स्वास्थ्य संगठनको अनुसार हाल विश्वव्यापी रुममा फैलिरहेको कोभिड १९को प्रभाव बर्षौ सम्म पनि रहिरहने सक्ने तथा हाल विश्वव्यापि रुपमा मृत्यु दरमा केही कमी आएता पनि संक्रमणको दर तल माथि भै रहेको छ । नेपाललाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने छिमेकी मुलुक भारतमा देखिएको बढ्दो संक्रमण र मृत्युको अवस्थालाई हेर्ने र नेपालको सिमा नाका विरगञ्ज, विराटनगर र नेपालगंजमा वढ्दो संक्रमण र मृत्युको संख्या र जिल्लास्तरमा पुनः आह्वान गरीएको लक डाउनले पुनः देशव्यापी असर नछोडला भन्न सकिदैन । स्वास्थ्य मन्त्रालयले दैनिक प्रकाशन गर्ने डाटा अनुसार केहि दिन एता कारोना संक्रमितको सँख्या ह्वात्तै बृद्धि भएको छ । जसको कारण विश्वविद्यालयमा हुने भनिएका परिक्षाको तालिका समेत स्थगित गरीएको सूचना जारी भएको छ ।

देश तथा विदेशबाट आउने व्यक्तिहरुलाई राख्नको लागि विद्यालयलाई क्वारेन्टाईन को रुपमा प्रयोग गरिएको यस जटिल परिस्थितिमा विद्यालय शिक्षामा झनै ठुलो संकट उत्पन्न भएको छ । विद्यालय शिक्षाको वैकल्पिक व्यवस्था प्रभावकारी नभएको नेपालको सन्दर्भमा झण्डै ५ महिनादेखि घरमा रहेका बालबालिकालाई कसरी शैक्षिक गतिविधिमा सहभागि गराउन सकिन्छ भन्ने योजना तयार गरी कार्यान्वयन गर्नु पर्ने देखिएको छ । सरकारको तर्फबाट ल्याईएको वैकल्पिक प्रणालीबाट शिक्षण सिकाई सहजिकरण निर्देशिका २०७७ तथा रेडियो तथा टेलिभिजन सेट मार्फत सञ्चालन गरिएको कक्षा आफैमा पुर्ण प्रभावकारी वन्न नसकेको तथा संक्रमण बढ्दै गएको कारण सरकारले तोकेको मितिमा समेत भर्ना अभियान तथा कक्षा सञ्चालन गर्न नसक्ने पक्कापक्की छ । यसको लागि स्थानीय स्तरमा कसरी शैक्षिक गतिविधि सञ्चालन गर्न सकिन्छ भन्ने तर्फ सोच्न पर्ने जरुरी देखिएको छ । स्थानीय स्तरमा रहेका शिक्षकको निगरानीमा अभिभावक मार्फत सिकाई प्रक्रियालाई क्रमशः शुरु गर्नुको विकल्प अव नरहेका कारण शिक्षण सिकाईमा कसरी अभिभावकलाई सहभागि वनाउन सकिन्छ भन्ने बारेमा छलफल गर्नु आवश्यक देखिएको छ ।

माथिका सवै कुराहरुलाई हेर्दा अहिलेको अवस्थामा अभिभावहरु माथि पनि महत्वपुर्ण जिम्मेवारी र चुनौति थपिएको छ । वालवालिकाहरु घरमा भन्दा विद्यालयमा, साथीहरुसँग घुलमिल हुन वढी रुचाउने भएको कारण अभिभावकहरुलाई जस्तै लकडाउनको असर परेको देखिन्छ ।लामो समयको लकडाउन कारण बालबालिकाहरुमा डिप्रेसन बढ्दै गएको का समाचारहरु सुन्दै र भोग्दै आएका छौं ।

बढ्दो व्यवसायीक प्रतिश्पर्धा तथा सामाजिक सञ्जालको प्रयोगले अजकाल अभिभावकहरुको व्यस्थता असाध्यै धेरै भएको महशु हामी सबैले गर्न सक्छौ । आमाबुबाहरु टेलिभिजनका सिलियर तथा मोवाईलमा धेरै समय दिई आफ्नो बालबच्चालाई कम समय दिएको उदारहणहरु थुप्रै देखिन्छ । जसले गर्दा छोरा छोरीको दैनिक तथा प्रगतिको बारेमा धेरै आमा बुबाहरु अनविज्ञ रहने गरेको समेत पाईएको छ । विद्यालय शिक्षालाईनै सबै थोक ठानी अभिभावकहरुले आफ्नो व्यस्तताका विच छोराछोरीको शैक्षिक तथा अन्य कृयाकलापमा कम चाँसो राखेका कारण उनिहरुमा मनोबैज्ञानिक असर समेत परेको पाईएको छ । जसले उनिहरुको शैक्षिक विकासमा नकारात्कम असर पर्न सक्दछ । त्यसकारण हरेक अभिभावकले आफ्नो बालबच्चाको शैक्षिक एवं अन्य दैनिक क्रियाकलापलाई नजिकबाट नियाल्नु र आवश्यक परेको अवस्थामा तत्काल सहजिकरण गर्नु पर्दछ । झनै अहिलको लकडाउनको अवस्थामा उनिहरुको अस्थिर मनलाई कसरी स्थिर वनाउन सकिन्छ भनि नियमित रुपमा हौसला प्रदान गर्न जरुरी देखिन्छ । शैक्षिक तथा मानसिक क्रियाकलापलाई सक्रिय एवं सकारात्क दिशा तर्फ तर्फ उन्मुख गराउन उनिहरुको नियमित खानपान तथा रहन सहनमा पनि अभिभावकले नजिकैबाट सक्रियताका साथ बुझि सहजिकरण गर्नु आवश्यक छ ।

त्यसैले अभिभावक वर्गले पनि घरमा आफ्ना वालवालिकाहरुलाई विशेष ध्यान विशेष ध्यान दिन जरुरी छ । प्राय सबै बालबालिकाहरु प्रंशसाका भोका हुने हुँदा कतै हामी त्यसमा चुकेका त छैनौ? बालबालिकालाई कडा रुखो बोली फिटिक्कै मन पर्दैन । गल्ति गरेको भएपनि सहज रुपमा यसो गर्नु हुन्न भन्दै अनिहरुलाई असल कामको तारिफ गर्दै सहि कुराको जानकारी गराउनु पर्दछ । कतिपय अभिभावकहरु साधारण लेखपढ गर्नु भएको छ होला, कतिपय धेरै नै तर हामीले आफ्नो बालबालिकालाई कत्तिको रेखदेख गरेका छौ भन्ने तिर ध्यान दिन जरुरी छ । घरमा पढ्न तथा पढाउन र सिकाउन नसक्ने कोही हुनुहुन्छ भने पनि उनिहरुले पढेर सुनेर वा शैक्षिक क्रियाकलापमा नजिकै रहरे सहयोगी बन्न सकिन्छ, त्यसकारण बच्चाले पढेको सुनिदिने र असुद्ध पढेको सुनेमा यस्तो होला भनेर सहजिकरण गर्नाले पनि बालबालिकालाई पढाईप्रति ध्यान जाने हुन्छ । सबैलाई बालबालिकाको अगाडी वस्ने फुर्सद नहुन पनि सक्छ त्यस्तो समयमा घरमा सुन्नुहुने हजुरबा हजुरआमा या उनिहरु भन्दा ठुलो अभिभावकले पढेको सुनिदीने हेरिदिने गर्नाले पनि बालबालिकालाई एकदमै ठुलो हौसला मिल्छ । यदि उनीहरुले कुनै गल्ती गरेको छन् भने पनि नराम्रो कामको नराम्रो मान्छेको उदारण कहिल्यै पनि दिनुहुदैन किनकी बच्चाको ध्यान त्यही नराम्रो कुरा तिर जान्छ । जस्तै नराम्रो साथीको संगत नगर भनियो भने बच्चाको ध्यान त्यही नराम्रो तिर जान्छ र कस्तालाई नराम्रो भन्दा रैछन भन्ने जिज्ञासाले बच्चालाई उतैतिर लाने खतरा हुनसक्छ । जहिले पनि राम्रो गर भन्दा कस्तोलाई राम्रो भन्ने रहेछ भनेर बच्चालाई हरेक कुरा राम्रो गर भन्ने बानि वसाल्नु पर्दछ ।

अन्तत कोभिड १९ को संक्रमणको यस जटिल अवस्थामा विद्यालय तथा शिक्षकको भर नपरी हरेका अभिभावकले आफ्ना बालबालिकालाई नियमित रुपमा समय छुट्यार पढाई तथा सिकाई प्रक्रियालाई घर परिवारबाटनै भए पनि निरन्तरता दिनुहुन अनुरोध गर्दछु ।

(लेखक कुश्मावती आधारभुत विद्यालयका प्रअ हुन)

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad