March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

कोपिला भ्याली सेवा समाज सुर्खेतद्धारा बारेकोटका पहिरो पिडितलाई सहयोग

प्रवाह संवाददाता । जाजरकोट

कोपिला भ्याली सेवा समाज सुर्खेतद्धारा जाजरकोटको बारेकोटका पहिरो पिडितलाई विभिन्न सामग्री सहयोग गरेको छ ।

समाजले पिउस दुई सय २३ पिस, बच्चालाई न्यानो कपडा १५ थान, जीवनजल एक हजार तीन सय प्याकेट, साबुन एक हजार दुई सय दुई पिस, बच्चाका लागि सरलेक्स र ल्याक्टोजिन २४÷२४ प्याकेट, बच्चाको लागि ३० बोत्तल दुध, महिलाको लागि कपडा ६ थान विस्थापित परिवारलाई सहयोग गरेको छ ।

त्यस्तै चिउरा २५ केजी, बेवी डिपर २३ थान, स्यानेटरी प्याड एक सय प्याकेट, सर्वोत्तम पिठो १२ केजी, सातु पिठो १८ केजी, चामल २५ केजीका सय प्याकेट र दुई केजी दाल सहयोग गरेको कोपिला भ्यालीका अध्यक्ष टोपबहादुर मल्लले बताए । विपत्तीको बेला सहयोग गर्ने कोपिला भ्याली समाजलाई बारेकोट गाँउपालिका अध्यक्ष महेन्द्र शाहले धन्यवाद दिए । कोपिला भ्यालीले कोरोना महामारीमा पनि जाजरकोट लगायत कर्णालीका विभिन्न जिल्लामा स्वास्थ्य सामग्री सहयोग गरिरहेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad