March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

३८ औ. बीपी स्मृति दिवस ः विपी बाटिकामा बृक्षारोपण

प्रवाह संवाददाता । जाजरकोट
महामानव विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ जाजरकोटले सदरमुकाम स्थित वीपी बाटिकामा बृक्षारोपण गरेको छ ।


भेरी नगरपालिका ४ बीपी बाटिकामा अमला, कोइराला, सिसौ, इपिल, बकाइनो लगायतका दुई सय बढी विरुवा लगाईएको नेविसंघका अध्यक्ष ललित बस्नेतले बताए । बृक्षारोपण कार्यक्रममा नेपाली काँग्रेस जाजरकोटका नेता बेदराज सिंह, पार्टी सचिव भुमिलाल रोकाय, कोषाध्यक्ष तेजविक्रम शाह , महासमिति सदस्य मुक्ति आचार्य लगायतका जिल्ला स्तरीय नेताहरुको सहभागिता रहेको थियो ।

बर्षेनी सयौको संख्यामा बृक्षारोपण गर्ने तर संरक्षण हुन नसकेको भन्दै विरुवा संरक्षणमा विशेष ध्यान दिनु पर्ने नेविसंघका अध्यक्ष बस्नेतले बताए । विपी बाटिकाको संरक्षण गर्नु पर्नेमा जोड दिदै अध्यक्ष बस्नेतले विपी स्मृति दिवसको अवसरमा सवै नेता तथा कार्यकर्तालाई कम्युनिष्ट अनिनायकबादका विरुद्ध एक जुट भई विपीको आदर्श र सिद्धान्त अनुसार चल्ने प्रेरणा मिलोस भन्ने शुभकामना ब्यक्त गरेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad