April 18 - 2024, Thursday६ बैशाख २०८१, बिहीबार

प्रकाश दाहाल प्रतिष्ठान द्धारा जाजरकोटका दलित वालवालिकाहरुलाइ शैक्षिक सामग्री सहयोग

सहदेव बस्नेत । जाजरकोट

जाजरकोटका ६ जना टुहुरा वालवालिकाहरुलाइ पढाइका लागि सहयोग वितरण गरिएको छ । प्रकाश दाहाल प्रतिष्ठान काठमाडौंको आर्थिक सहयोग र जयचन्द्र मिडिया ग्रुप प्रालिद्धारा सन्चालित कुशेमालिका अनलाइनको समन्वयमा जाजरकोट खलंगाको स्यालामा मज्दुरी गरेर वसिरहेका ६ जना अति विपन्न दलित वालवालिकाहरुलाइ विद्यालय पोषाकहरु, भर्ना शुल्क, विभिन्न खाद्य सामाग्रीहरु, किताव वोक्ने झोला, विद्यालय पोषाक संग मिल्ने स्वीटरहरु, कापी, कलम, किताव लगाएतका शैक्षिक सामाग्रीहरु र नगद ६ हजार गरिएको हो ।


कुशेमालिका अनलाइनको सदरमुकाम खलंगा ठाँटीवजार पुराना साँझा स्थित कार्यालयमा आयोजित एक कार्यक्रमका विच उक्त सामाग्रीहरु जिल्ला समन्व्य समिति जाजरकोटका प्रमुख मनवहादुर रावलले ती वालवालिकाहरुलाइ वितरण गरे । सत्तारुढ नेकपाका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा स्वर्गिय प्रकाश दाहालको नाममा स्थापना भएको प्रकाश दाहाल प्रतिष्ठानको तर्फवाट प्रकाशकी श्रीमति तथा खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले कुशेमालिका अनलाइनका सम्पादक जनक केसीको समन्वयमा उपलव्ध गराएको ६० हजार वरावरको उक्त सहयोग भेरी नगरपालिका वडा नम्वर ६ गंगटिया घर भइ खलंगा स्थित त्रिभुवन माध्यमिक विद्यालयको कक्षा १० मा पढ्ने सुरज विक, कक्षा ९मा पढ्ने सुनीता विक, कक्षा ६मा पढ्ने अनिता विक, र गीता विक, हनुमान प्राथमिक विद्यालय थाप्लेको कक्षा ५ मा पढ्ने ममता विक र नरज्योति प्राथमिक विद्यालय कल्याणपुर स्यालाको कक्षा २मा पढ्ने दिपक विकलाइ समन्वय प्रमुख रावलले हस्तान्तरण गरे ।

 

जिल्ला स्थित केहि पत्रकारहरुको उपस्थितिमा समन्वय प्रमुख रावलले ती वालवालिकाहरुलाइ १ सय २५ केजी चामल, २० पोका तेल, १० केजी दाल, १० पोका नुन, सवैलाइ जुत्ता, विद्यालय पोषाक, चार वालवालिकाहरुलाइ विद्यालयको अतिरिक्त पोषाक, कापी, कलम, किताव, चार जनाको भर्ना शुल्क लगाएतका सामाग्रीहरु वितरण गरिएको कुशेमालिका अनलाइनले जनाएको छ । वुवा वीरवहादुर विकको मज्दुरीका क्रममा चार वर्ष अघि भारतमा दुर्घनामा परि मृत्यु भएपछि आमा निर्मला विकको साथमा कष्टपुर्ण जीवन विताउदै विद्यालयको पढाइ छोड्न वाध्य भएका ती वालवालिकाको समस्या वारे गत चैत्रमा कुशेमालिका अनलाइनमा समाचार छापिएको थियो । चैत्र महिनामा भर्ना शुल्क नहुदा पढाइ छोडेका दलित वालवािलकाहरु भन्ने शिर्षकको समाचार कुशेमालिका अनलाइनमा प्रकासित भएपछि खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले ती वालवालिकाहरुको एक वर्षको पढाइ खर्च वेहोर्ने वाचा गरेकी थिइन् ।

 

गत चैत्र महिनामै उक्त सहयोग हस्तान्तरण गर्ने भनिएपनि मुलुकमा कोरोना भाइरस कोभिड १९ रोक्न जारी लक डाउनका कारण कार्यक्रम स्थगित भएको थियो । विपन्न वालवालिकालाइ सहयोग हस्तान्तरण गर्दै जिल्ला समन्वय प्रमुख रावलले आर्थिक हिसावले आपतमा परेर पढाइ छोड्न वाध्य वालवालिकालाइ प्रकाश दाहाल प्रतिष्ठानले गरेको सहयोग निकै प्रशंसनीय रहेको वताए । जाजरकोटका अति विपन्न दलित वालवालिकाहरुलाइ पढाइ तथा जीवीका चलाउन सहयोग गरेको भन्दै समन्वय प्रमुख रावलले प्रकाश दाहाल प्रतिष्ठान र खानेपानी मन्त्री विना मगरलाइ धन्यवाद दिए । देश र जनताको मुक्तिका लागि ठुलो योगदान गरेका प्रकाश दाहालको तर्फवाट विपन्न दलित वालवालिकाहरुलाइ सहयोग गर्न अग्रसर हुने खानेपानी मन्त्री विना मगरको कार्य समाजका लागि उदाहरणीय रहेको प्रमुख रावलले वताए । उनले कुशेमालिका अनलाइनको समाचारले विपन्न दलित वालवालिकाहरुलाइ सडकवाट विद्यालयमा तान्ने कामले परोपकारी पत्रकारीताको झल्को दिएको वताए ।

 

यस्तै उक्त सहयोग पाउने सुरज विकले यो सहयोगले आफुहरुलाइ पढ्नका लागि ठुलो हौसला मिलेको वताए । गरिवीका कारण आफुहरुलाइ विद्यालय जान पनि मन नलाग्ने अवस्था आएको वेला कुशेमालिका अनलाइन र प्रकाश दाहाल प्रतिष्ठान तथा मन्त्री विना मगरको साथले विद्यालय जाने आँट मिलेको वताए । प्रकाश दाहाल प्रतिष्ठानले युवा, विद्यार्थी र वालवालिकाहरु र सामाजिक विपन्नतामा परेकाहरुलाइ सहयोग गर्ने क्रममा जाजरकोटका दलित विपन्न वालवालिकाहरुलाइ पनि सहयोग गरिएको खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले वताइन् । समाजमा केहि गर्न चाहेर पनि आर्थिक र सामाजिक विपन्नताका कारण समस्यामा परेकाहरुलाइ साथ दिने प्रतिष्ठानको उद्देस्य रहेको मन्त्री मगरले वताइन् । कुशेमालिका अनलाइनको समाचारका कारण आफुले जाजरकोटका विपन्न दलित वालवालिकाहरुलाइ सडकवाट विद्यालयको पढाइमा तान्न पाएकोमा सारै खुसी लागेको मन्त्री मगरले वताइन् । देश र समाजको भविस्य वोकेका वालवालिकाहरुका लागि सवैले लगानी र योगदान गर्नु पर्ने मन्त्री मगरले वताइन् । सामाजिक कुरिती, विपन्नता र गरिवीका विरुद्ध लड्ने युवा जोस र चेतनालाइ आफुले सधै सदुपयोग गर्ने मन्त्री मगरले वताइन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad