April 19 - 2024, Friday७ बैशाख २०८१, शुक्रबार

बारेकोट पहिरो ः पहिरोमा थप दुुई शव फेला मृतकको संख्या नौ पुग्यो

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्कीटोलमा गएको पहिरोमा परि बेपत्ता थप दुई जनाको शब फेला परेको छ । मृतकको संख्या नौ पुगेको छ । पहिरोले दुई घर बगाउँदा पाहुन आएका सहित १२ जना बेपत्ता भएका थिए । पहिरोमा परि बेपत्ता ३८ बर्षिया कलु सार्की र उनका ६ बर्षिया छोरा सभास सार्कीको शव फेला परेको हो । यस अघि शव फेला परेर पनि पहिचान हुन नसकेका कुशे ९ चौराटाका १४ बर्षिय गौरी सार्की, १६ बर्षिय कविता सार्कीको पहिचान भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए । उनीहरु दिदिको घरमा पाहुन आएका थिए ।

पहिरोमा परि बारेकोट ४ का ५२ बषिय गोपाल सार्की र उनका ११ बर्षका छोरा अर्जुन सार्की र त्यस्तै कलु सार्की (दिदि) को घरमा पाहुना आएका कुशे ९ चौताराका २० बर्षिया डिल्ली सार्की तथा १८ बर्षका विरेन्द्र सार्की र कलु सार्कीकी १४ बर्षिय छोरी तिर्सा सार्कीको पनि शवको पहिचान भैसकेको थियो । उक्त पहिरोमा पुरिएका अझै तीन जना हराईरहेका छन् । पहिरोले गाँउ नै बगाउन थालेपछि बारेकोटका विभिन्न गाँउका दुई सय बढी परिवार विस्थापित भएका छन् । घाईते दुई जनालाई शनिवार हेलिकोप्टरले उद्धार गरेर सुर्खेत लगेको छ ।

 

गत शुक्रवार जाजरकोटको बारेकोटमा बाढीपहिरोमा परि गंभिर घाइते भएका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । पहिरोमा परि गंभिर घाइते बारेकोट ४ का ५६ बर्षिय लालबहादुर नेपाली र बारेकोट ६ धुमाखोलामा आएको बाढीले बगाउँदा घाइते भएका सात बर्षिया रामचन्द्र चलाउनेलाई कर्णाली प्रदेश सरकारले पठाएको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको जिल्ला प्रहरी प्रमुख डिएस्पी श्रेष्ठले जानकारी दिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad