March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

छेडागाड नगरपालिकालाई इन्सेक द्धारा स्वास्थ्य सामग्री प्रदान

प्रवाह संवाददाता । जाजरकोट

छेडागाड नगरपालिका स्थित विभिन्न क्वारेन्टाइनमा बस्दै आएकाहरुलाई राहत पु¥याउने उद्देश्यले इन्सेक कर्णालीप्रदेश कार्यालय सुर्खेतले असार २३ गते नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

इन्सेक कर्णालीप्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले छेडागाड नगरपालिकाको कार्यालयमा पुगेर सामग्री हस्तान्तरण गर्ने तयारी गरेका भए पनि प्रतिकुल मौसम र सडक अबरुद्ध भएका कारण नगरपालिकाको समन्वयमा वडा नं १ का वडा अध्यक्ष गणेश प्रसाद जैसीलाई सामग्री हस्तान्तरण गरेका हुन् । छेडागाड नपाले असार १९गते कोरोना संक्रमण न्युनिकरणका लागि सहयोग गर्न अनुरोध गरेपछि इन्सेकले स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

इन्सेकले प्रदान गरेको सामग्री ग्रहण गर्दै छेडागाड नगरपालिका वडा नं १ काअध्यक्ष जैसीले विषम परिस्थितीमा गरिने सानो सहयोग पनि मुल्यवान हुने भन्दै इन्सेकलाई धन्यवाद दिएका छन् ।

नगरपालिकालाई सर्जिकल मास्क ३ सय थान, सय एमएलको सेनिटाइजर ७० थान, एन ९५ मास्क २० थान र लाईफ ब्वाय साबुन एक सय थान सहयोग प्रदानगरिएको इन्सेक कर्णालीप्रदेश कार्यालय सुर्खेतका सैयोजकनारायण सुवेदीले जानकारी दिएका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad