April 20 - 2024, Saturday७ बैशाख २०८१, शुक्रबार

विपन्नलाई नगरपालिकाको राहत

राहत वितरण गर्ने परिवार पहिचानमा विवाद हुँदा चार वडाका विपन्न राहत सामग्री पाउनबाट बञ्चित

राजेन्द्र कार्की । कार्की

लकडाउन पछि पहिलो पटक भेरी नगरपालिकाले विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । लकडाउनबाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असाहय व्यक्तिहरुलाई नगरपालिकाले राहत स्वरुप खाद्य सामाग्री वितरण गरेको हो । राहत पाउनेहरु अधिकांश दलित समुदायका छन् ।

विपन्न तथा मजदुरहरु भोकभोकै पर्न थालेपछि नगरपालिकाले राहत वितरण थालेको हो । राहत वितरणको सुची समयमा तयार गर्न नसक्दा हाल सम्म वितरण हुन सकेको थिएन । १३ वडा रहेको नगरपालिकामा ९ वटा वडामा राहत वितरण थालिएपनि ४ वटा वडामा राहत वितरण गर्ने परिवारकोे टुङ्गोे नलाग्दा ति वडामा राहत वितरण हुन सकेको छैन । ३, ४, ८ र ११ नम्बर वडामा राहत वितरण गर्ने परिवारको अस्वभाविक सिफारिस गरिएको भन्दै नगरपालिकाका उपप्रमुख भावना भण्डारीको संयोजकत्वमा छानवीन समिति समेत गठन गरिएको छ । चार वटा वडाले वास्तविक पिडित भन्दा अनावश्यक संख्या बढाएर राहत वितरणका लागी सिफारिस गरेपछि नगरकार्यपालिकाले उक्त सिफारिस नमान्ने भन्दै छानवीन समिति गठन गरेको हो । विवादमा परेका वडाबाट प्रति वडा दुई सय बढी परिवारको सिफारिस आएको छ । वडाध्यक्षहरुले वास्तविक पिडितको मात्र नाम सिफारिस गरेको दावी गरेका छन् । नाम बढी हुने वित्तिकै श्रमिक तथा विपन्न होेइनन भन्न मिल्छ ? वडा नम्बर ४ का वडाध्यक्ष खम्बजंग शाहले भने ‘सदरमुकाम भित्रको वडा भएकोले पनि अन्य वडा भन्दा बढी परिवार लकडाउनले समस्यामा परेका हुन् ।’

अन्य ९ वटा वडामा नगरपालिकाले १५ दिनको लागि मात्र राहत बितरण गर्न सुरु गरेको प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले बताए । राहत वितरण कार्यविधि अनुसार चामलतर्फ २ वर्ष सम्मकालाइ २ केजी, १२ वर्ष सम्मकालाई ५केजी, सो भन्दामाथिकोलाई ८ केजीका दरले पहिलो चरणमा उपलब्ध गराईएको घर्तीले बताए । ९ वटा वडामा दुई बर्ष सम्मका ५० जना, १२ बर्ष सम्मका दुई सय ८९ जना र १२ बर्ष माथिका सात सय ६८ जना गरी दुई सय ६५ परिवारका एक हजार एक सय सात जना लाई राहत वितरण गरिएको छ । ढिलैै भएपनि राहत पाएपछि विपन्न परिवार खुसी भएका छन् । रोगले भन्दा भोकले मरियला जस्तो भएको थियो ढिलै भएपनि राहत पाउँदा खुसी लागेको भेरी नगरपालिका १ का कृष्ण बहादुर दमाइले बताए । ज्याला मजदुरी गर्न नपाउँदा दैनिक छाक टार्न समस्या भएको बेला पाएको राहतले निकै ठुलो उपकार भएको उनले बताए । अप्ठेरो परेको बेलामा पाएको सहयोग आफ्ना लागि महत्वपुर्ण भएको स्थानीय जानुका परियारको भनाई छ । खानेकुरा नहुँदा चुल्हो बल्न छोडेको थियो । खान नपाएर मरिन्छ कि भन्ने लागेको थियो । अव भने आशा पलाएको छ कोही नहुनेको दैव हुदो रहेछ ।

यसैवीच, भेरी नगरपालिका १ का विपन्न तथा असंगठित श्रमिकलाई कारितास नेपालले राहत सामग्री प्रदान गरेको छ । लामो लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई अष्ट्रेलियन एड कारितास नेपालको आर्थिक सहयोगमा भेरी नगरपालिकाको समन्वयमा यार्सन जाजरकोटले राहत वितरण गरेको हो ।

कारितासको नेपाल जिविकोपार्जन तथा उत्थानशिलता कार्यक्रम अन्र्तगत भेरी नगरपालिका वडा नं १ भित्रका अति विपन्न तथा ज्याला मजदुरी गरी जीवननिर्वाह गर्ने ३७ घर परिवारका एक सय ७५ जनालाई राहत वितरण गरिएको यार्सन जाजरकोटका संयोजक सहदेव बस्नेतले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad