March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

त्रसित होइन सचेत बनौ

राजेन्द्र कार्की । जाजरकोट

मजदुरीका लागी भारत गएकाहरु घर फर्के सँगै कोरोना भाईरसको जोखिम बढ्न सक्ने भन्दै सेल्फ क्वारेन्टाईनमा बस्न चिकित्सकले सुझाव दिएका छन् । उनीहरुले त्रसित होईन सचेत बन्न आग्रह गरेका छन् । एक साता यता मजदुरीका लागी भारत(कालापार) गएकाहरु फर्कने क्रम उच्च रहेको छ । हजारौको संख्यामा मानिसहरु भारतबाट फर्केका छन् । तर भारतबाट फर्केकाहरुलाई छुटै क्वारेन्टाईनको ब्यवस्था नहुँदा जिल्लामा रहेका सरकारी कर्मचारी र स्थानिय बासिन्दा त्रसित भएका हुन् ।

भारत गएकाहरु ठुलो संख्यामा फर्केकाले उनीहरुले कारोनाको संक्रमण फैलाउने हुन् कि भन्ने चिन्ता थपिएको नागरिक अगुवा केशबजंग शाहले बताए । उनले भारतबाट आउनेहरुलाई सरकारले छुटै क्वारेन्टाईनमा राख्नु पर्ने सुझाव दिएका छन् । तर सरकारले सोमवार देखि भारतीय नाका बन्द गरेको छ । तर पनि मानिसहरु फर्कने क्रम जारी छ । भारतका विभिन्न राज्यमा कोरोनाको संक्रमण फैलिएको र त्यहाँ मजदुरी गर्न गएका नेपाल फर्के सँग संक्रमण बोकेर ल्याउन सक्ने आशंकामा सवै परिवारलाई सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गरिएको जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डा. अमिन शाहले बताए ।

उनले स्वदेशका विभिन्न ठाँउ तथा विदेशबाट आएका मानिस सँग केही दिन भेटघाट नगर्न र घरमै सुरक्षित तरीकाले बस्न आग्रह गरे । मजदुरीका लागी भारत गएर हालै फर्केकालाई छुटै क्वारेन्टाईनमा राख्न र यहि त्यसो गर्न नसके घरमा रहेका अन्य सदस्यबाट टाढै बस्न डा. शाहको सुझाव छ । जिल्लामा यतिवेला दशैतिहारको बेला जस्तै शहरी क्षेत्रमा अध्ययनको सिलसिलामा गएका र रोजगारीका लागी विदेश गएकाहरु गाँउघरमा फर्केका छन् । भेटघाट गर्ने अवसर मिलेपनि यतिवेला भीडभाड नगर्न, साथीभाई तथा आफन्तलाई भेटघाट नगर्न डा. शाहको अनुरोध छ । जिल्लामा एक साता यता मात्र करीव २० हजार मानिस भारतबाट फर्किएको प्रहरीको भनाई छ ।

छैनन् दरबन्दीका आधा स्वास्थ्यकर्मी

स्वास्थ्य सेवा प्रवाह र पहुँचको हिसावले जाजरकोट जिल्ला निकै नाजुक अवस्थामा रहेको जिल्ला हो । दरबन्दीका आधा स्वास्थ्यकर्मीको पदपुर्ती हुन सकेको छैन । करारका स्वास्थ्यकर्मीको भरमा स्वास्थ्य संस्था छन् । जिल्ला अस्पताल जाजरकोटमै ६५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा १८ जना मात्र कार्यरत छन् । केही करारका स्वास्थ्यकर्मीको भरमा अस्पताल चलिरहेको छ । हालै जिल्ला अस्पतालमा ३० बेडको छुटै आईसोलेसन कक्ष स्थापना गरिएको छ तर आवश्यक जनशक्ति र स्वास्थ्यकर्मी अभावमा नाम मात्रको आईसोलेशन कक्ष रहेको स्वयमं स्वास्थ्यकर्मी बताउँछन् । प्रदेश सरकारको सहयोगमा निर्माण भएको भवनमा ३० ओटा बेड राखिएको छ । तर स्वास्थ्यकर्मीले आफै असुरक्षित भएर, जोखिमा परेर कसरी विरामीको चेक जाँच गर्ने अस्पतालका मेडिकल अधिकृत डा. औसरसिंह राठौरले भने—‘स्वास्थ्यकर्मीका लागी ब्यक्तिगत सुरक्षामा आवश्यक सामग्रीहरु एन ९५ मास्क, पोशाक, सेनेटाईजर लगायतका अत्यावश्यक समान छैन ।’

स्वास्थ्य सेवा कार्यालय प्रमुख टीकाराम जैसीले सवै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी अलर्ट अवस्थामा बस्न स्थानिय तहका स्वास्थ्य शाखा प्रमुख मार्फत निर्देशन दिएका छौ उनले भने—‘जाजरकोट जिल्लामा मजदुरीका लागी भारत गएकाहरु फर्कने क्रम बढेकाले निकै सावधानी अपनाउनु पर्नेछ । कोरोनाको संक्रमण बोकेर आएका मानिसले अन्य मानिसलाई सार्न सक्ने भएकोले उच्च सर्तकता अपनाउनु पर्छ । कोरोनाको लक्ष्यण जस्तै देखिए । जिल्ला अस्पतालको आईसोलेशन कक्षमा राखेर उपचार थालिने र तत्काल विरामीको नमुना संकलन गरि प्रयोगशालामा पठाउने ब्यवस्था मिलाएका छौ ।’ जिल्लामा जहाँ समस्या आउँछ त्यहाँ तत्काल थप जनशक्ति पठाउनका लागी मेडिकल अधिकृत सहितको एक टोली अलर्ट अवस्थामा राखिएको छ । जाजरकोटमा अत्यावश्यक बाहेकका सवै सरकारी कार्यालयको सेवा प्रवाह सोमवारबाट बन्द गरिएको छ ।

त्यस्तै जाजरकोट भित्रिने प्रमुख नाकाहरु सुर्खेतको सिमाना छेडाचौरमा आईतवार हेल्प डेस्कको स्थापना गरिएको छ । त्यसैगरी नेपाली सेना र नेपाल प्रहरीले पनि छुटाछुटै क्वारेन्टाईन कक्ष र हेल्प डेस्क स्थापना गरेका छन् । नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालयमा पाँच ओटा अस्थायी क्वारेन्टाईन स्थापना गरेको छ । त्यसको लागी २५ जना प्रहरी परिचालन गरेको प्रहरी निरीक्षक महेशकुमार आचार्यले बताए ।

यस्तो बेला आफ्नो मानसिक स्वास्थ्यको रक्षा कसरी गर्ने?

१. समाचारलाई सीमित तुल्याउनुहोस् र आफूले पढ्ने सामग्रीबारे विचार पुर्‍याउनुहोस्।

आफूले पढिरहेको वा हेरिरहेको सामग्रीले तपाईँलाई राम्रो अनुभव भइरहेको छ कि छैन विचार गर्नुहोस्। समाचार हेर्ने र पढ्ने कुनै वैज्ञानिक समय रोज्नुहोस्।

विश्वसनीय सञ्चारमाध्यमलाई प्राथमिकता दिनुहोस्। किनभने यस्तोबेला धेरै मिथ्या समाचार र हल्ला फैलिरहेका हुन्छन्। सरकारी र स्वास्थ्य संस्थाका वेबसाइटहरू हेर्ने गर्नुहोस्

२. समाजिक सञ्जालबाट टाढै बस्नुहोस् र चिन्ता बढाउने सामग्री बन्द गरिदिनुहोस्

ट्विटर र फेसबुकजस्ता सामाजिक सञ्जालमा चिन्ता बढाउने सामग्री प्रकाशन गर्ने खाता पछ्याउन छोडिदिनुहोस्। तिनलाई म्यूट वा अन्फलो गरिदिनुहोस्

भाइबर र ह्वाट्स्यापमा अरू पठाउने चिन्ताजनक लाग्न सक्ने सामग्रीलाई शान्त वा म्यूट गरिदिनुहोस्। तिनलाई बन्द गरिदिनुहोस्।सामाजिक सञ्जालबाट टाढै बसेर मानसिक शान्ति पाएका धेरै मानिस हाम्रो समाजमा छन्। यो बेला तिनको अनुसरण गर्नुहोस्।

३. हात धुने गर्नुहोस्, तर अति नगर्नुहोस्

ओसीडीजस्ता मानसिक समस्या भएका मानिस अहिले कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण त्रसित भएको पाइएको छ। बारम्बार हात धोइराख्न सल्लाह दिइयो भने उनीहरूलाई झर्को लाग्न सक्छ।उनीहरूलाई एक्लै राख्नु पनि उचित हुँदैन। त्यसैले मानसिक समस्या भएका मानिसको अवस्था विचार गरेर सावधान हुन सिकाउनुहोस्।

४. अरू मानिससँग सम्पर्क गरिराख्नुहोस्

आउने दिनमा धेरै मानिस एक्लै बस्ने अवस्थामा पुग्न सक्छन्।त्यसैले आफूलाई मन पर्ने र माया गर्ने मानिसको टेलिफोन नम्बर र अन्य सम्पर्कको सूची बनाउनुहोस्।

एकान्तवास गर्नुपर्ने अवस्थामा पनि कुनै दैनिकी बनाएर त्यसैअनुसार चल्ने गर्नुहोस्। प्रत्येक दिनमा विविधता होस् भन्ने प्रयत्न गर्नुहोस्।

५. तर आफूलाई धपेडी हुने काम नगर्नुहोस्

कोरोनाभाइरसको विश्वव्यापी महामारी फैलिने क्रम जारी रहँदा आफूलाई अतिव्यस्त राख्ने वा थकाउने समय कम गर्नु आवश्यक हुन्छ। शान्त रहनुहोस्। माइन्ड नामक मानसिक स्वास्थ्यसंस्थाले यस्तो बेला मानिसहरूलाई प्रकृतिमा रमाउने, धेरै समय घाममा बस्ने, व्यायाम गर्ने, राम्रो आहारविहार गर्ने र पर्याप्त पानी पिइरहने सुझाव दिएको छ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad