May 6 - 2021, Thursday२३ बैशाख २०७८, बिहीबार

परिक्षा दिन गएका विद्यार्थी निराश हुदै फर्किए

बासुदेव शर्मा । जाजरकोट

यस वर्ष चैत ६ देखि संचालन हुने माध्यमिक शिक्षा परिक्षा एसईई कोरोना भाईरसका कारण नेपाल सरकारले अर्को सुचना प्रकाशन नहुदाँ सम्म एसईई लगाएत सम्पुर्ण परिक्षा स्थगित गरेको छ । बुधावर साझ ५ वजे सवै तहका परिक्षा स्थगित गर्ने निर्णय सार्वजनिक गरेपछि परिक्षा स्थगित भएको हो । परिक्षा स्थगित भएको सुचना नपाएका विद्यार्थी परिक्षा केन्द्रमा पुगेका थिए । परिक्षा स्थगित भएको सुचना शिक्षकहरुवाट पाएपछि निराश हुदै फर्किएका छन् ।

मंगलवार नै आफनो परिक्षा केन्द्रमा पुगेर डेराको वन्दोवस्ती गरि परिक्षाको तयारीमा वसेका परिक्षार्थीहरु विहाना परिक्षा दिन केन्द्रमा पुगेका थिए । परिक्षा संचालनको लागी खटिएका केन्द्राध्यक्ष र निरिक्षकहरुले परिक्षा स्थगति भएको जानकारी दिए पछि निराश हुदै फर्किएका छन् ।
जाजरकोटका सवै केन्द्रमा परिक्षा दिन गएका विद्यार्थी परिक्षा केन्द्रबाट फर्केका छन । परिक्षा दिन तयारी भएर विहान ६ बजे शिव व्यवसायिक माध्यामिक विद्यालय कालेगाउँ केन्द्रमा गएका ५० भन्दा विद्यार्थीलाई परिक्षा स्थगित भएको सुचना दिएर सम्झाई वुझाई फर्काएको विद्यालयका प्रधानाध्यापक तिलक बहादुर खत्रीले वताउनु भयो ।

त्यस्तै विरेन्द्र ऐश्वर्य माध्यामिक विद्यालयको केन्द्रबाट परिक्षा दिने विद्यार्थीहरु विहानै करिव १ सय भन्दा बढी विद्यार्थी आएका थिए परिक्षा स्थगित भएको जानकारी गरेपछि निराश हुदै फर्केको विद्यालयका प्रधानाध्यापक गोरख वहादुर सिहले वताउनु भयो ।
एसईई परिक्षा केन्द्रका केन्द्राध्यक्ष तथा विरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयका प्रधानाध्यपक सिहले हालै विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण नेपाल सरकारले परिक्षा स्थगित गरेको जानकारी गराएपछि चिन्तित भएका परिक्षर्थीहरु भलिवल खेल खेल्दै चिन्ता मेटाउदै झोलि झाम्टी बोकेरआ आफनो घर तिर फर्किएका छन् ।

नेपाल सरकारले गरेको निर्णय धेरै राम्रो भएको बताउदै यस्तो निर्णय एक हप्ता अगाडी नै गरेको भए विद्यार्थी, निरिक्षक, सुरक्षाकर्मीहरुलाई दुख्ख हुने थिएन उहाँले भन्नु भयो । विशेषगरी टाढाबाट परिक्षा दिन परिक्षा केन्द्रमा पुगेका विद्यार्थीहरुलाई दुख भएको वताउनु भयो । घरको आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका अभिभावकहरुले ६ महिना अगाडी देखि परिक्षा दिन जादाँ लाग्ने खर्च संकलन गरेर परिक्षा केन्द्रमा पठाएका अभिभावकहरुले फेरी अर्को सुचना आएपछि आर्थिक कसरी जुटाएर पठाउने भन्ने कुराले अभिभावकलाई पिरोलेको छ ।

जाजरकोटका सवै ठाउँमा सुनचा संञ्चारको माध्याम त्यति भरपर्दो छैन जिल्ला वाहिर गएका आफन्तहरुलाई सम्पर्क गर्नु परे दिउसो घाम लागेको समयमा अग्लो डाडामा गएर सम्पर्क गर्नु पर्ने वाध्यता छ । सुचना संञ्चारबाट टाढा रहेको जाजरकोट नेपाल सरकारले गरेको निर्णयको जानकारी नपाएर दुख पाएको स्थानियहरुले वताएका छन् ।
सुचना संञ्चार क्षेत्रलाई प्राथमिकता दिएर गाउँ गाउँमा संञ्चारको सेवा सुविधा उपलव्ध गराउन स्थानियले आग्रह गरेका छन् । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण परिक्षा स्थगित गर्नु सह्रानीय कुरा हो तर परिक्षा केन्द्रमा पुगेर विद्यार्थीहरु फर्किनु नराम्रो कुरा हो ।

Prabaha

Government request for corona