March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

आहा बारेकोट !

राजेन्द्र कार्की । जाजरकोट
बारेकोट भौगोलिक रुपमा दुर्गम गाँउपालिका भएर पनि प्राकृतिक सौन्दर्यले भरिपुर्ण छ । १२ ओटा कोट(दरा) मिलेर बारेकोट बनेको हो । यो गाँउपालिका जुम्ला सँग सिमाना जोडिएको छ । उत्तरमा जुम्लालाई सिमाना बनाएर सेताम्य दन्त लहर जस्ता कुशे र चाखुरे हिमाल हासिरहेका जस्ता देखिन्छन् । यतिवेला आरु, नास्पति, मेल र पँयु फुलेर झन सौन्दर्य बढाएका छन् । बारेकोटका विभिन्न ठाँउबाट प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्न सकिन्छ ।

 

तस्वीर सौजन्य राजेन्द्र सिंह

सदरमुकामबाट कालीमाटी सम्म गाडीमा गएर केही समय पैदल हिडेपछि एक देखि दुई दिन सम्ममा बारेकोट पुग्न सकिन्छ । भने खलंगा देखि पाँचकाटिया हुँदै हान्ने सल्लाको लेक काटेर तथा गर्चिन हुँदै रामीडाँडा भएर पनि बारेकोटको पदयात्रा गर्न सकिन्छ । अवको तीन महिना भित्र गाडीमै बारेकोटको प्रशासनिक केन्द्र लिम्सा पुग्न सकिने गरि सडक निर्माणको काम भैरहेको बारेकोट गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए । पर्यटन पदयात्रका लागी बारेकोट निकै आर्कषक गन्तब्य हो । बारेकोटबाट जुम्ला सम्म पदमार्गबाट यात्रा गर्ने गरि पर्यटन गुरुयोजना बनाउने तयारी रहेको अध्यक्ष शाहको भनाई छ । बारेकोटमा हिमश्रृङखला, तालतलैया, बन्यजन्तु, विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरुको दृश्यावलोकन गर्न सकिनेछ ।

तस्वीर गोविन्द सिंह

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad