राजेश शर्मा
कुनै पनि मानिसको जिवनको पहिलो पाठशाला घर हो र उसको पहिलो गुरु आमा — बाबु वा घरका अभिभावक हुन् । छोराछोरी जन्माउदैमा र विद्यालय वा महाविद्यालयमा लाखौ खर्च गदैमा जो कोही पनि असल अभिभावक बन्न सक्दैन । कुनै पनि बालबालिका महान मान्छे बन्न घरबाट सकारात्मक सहयोग र शिक्षा हुनु पर्दछ । मानव विकासमा शिशु अवस्था देखी लिएर बृद्धा अवस्थासम्म पनि बस्तुगत ज्ञान एवं विषयगत ज्ञानको लागि पलपलमा शिक्षाको आवश्यकता हुन्छ । त्यसैले नै मानब सभ्यतामा शिक्षा र मानिस बिच महत्वपूर्ण सम्बन्ध बन्यो । शिक्षा नै एउटा त्यस्तो माध्याम हो, जसले अमतावान, निर्णय लिने क्षमताको विकास गदै नैतिक एबं आध्यात्मिक ज्ञान प्रदान गर्दछ । मानिसलाई नराम्रो अवस्थाबाट राम्रो अवस्थामा पु¥याउने महान बनाउने माध्याम पनि शिक्षा नै हो । तर अहिले शिक्षाको परिभाषा कुनै डिग्री हाँसिल गर्न र राम्रो जागिर प्राप्त गर्नेलाई मानिने गरिएको छ । जसले पढेर प्रशस्त पैसा कमाउन सक्यो त्यो नै शिक्षित मान्ने एउटा अनौठो परम्परा चल्दै छ । हरेक अभिभावकको चाहाना पनि यस्तै खालको हुने गरेको छ ।
हरेक विद्यालय विद्यार्थी र अभिभावकको चाहाना अरु विद्यालयले भन्दा धेरै प्रतिशत नम्बर ल्याएर विद्यालयको इज्जत बढोस्, धेरै विद्यार्थी आकर्षण गर्ने र ब्यावसायिक फाइदा लिन सकोस भन्ने नै हुनुपर्छ । यसको लागि केबल विद्यार्थी र शिक्षकले चिन्ता लिएर मात्रै हुदैन । सबै लक्ष्य र उद्देश्य पुरा गर्न अभिभावकले पनि असल अभिभावकको भुमिका निभाउन सक्नु पर्छ । असल अभिभावक बनि आफ्ना सन्नतीको उज्वल भविष्य बनाउने सपना बोकेका अभिभावकहरुले असल अभिभावक बनि आफ्नो सपना पुरा गर्न विशेष ध्यान दिनु पर्ने हुन्छ ।
क) मनोविज्ञान बुझने— संसारमा कोही कसैको पनि मनोविज्ञान र क्षमता एउटै हुदैन हरेकको आ आफ्नो प्रकारको हुन्छ । सबै अभिभावकको चाहाना आफ्ना बच्चाले उत्कृष्ट अंक प्राप्त गरोस भन्ने हुन्छ तर त्यो असम्भव प्राय ः हुन्छ । बालबालिकाको उमेरका कारण, शारीरमा हुने बृद्धि विकास, हर्मोनको कारण आदिले मनोविज्ञान फरक फरक हुने गर्दछ । यस अवस्थामा ध्यान अध्ययनमा नजाने मनमा अनेकौ सोचाई आउने हुन सक्छ । उनिहरुको सोचाई बुझेर अभिभावक र विद्यालयले ब्यवहार गर्नुपर्दछ । कतै बालबालिकाको चाहानातिर र अभिभावकको दबाब अर्कै तिर भयो कि ? त्यसमा विशेष ध्यान पु¥याउनुपर्छ । छोराछोरी विद्यालयमा पठाएसी सम्पूर्ण जिम्मेवारी विद्यालयकै हो भनेर सोच्ने हाम्रो समाजले अभिभावकको पनि उत्तिकै भुमिका छ भनि बुभ्mनु जरुरी छ । तसर्थ, बालबालिकालाई अब्बल बनाउन सर्बप्रथम त अभिभावकले उनिहरुको मनोभावना बुभ्mने गरौ ।
ख) साथी जस्तै ब्यबहार गर्ने ः— छोराछोरी सँग साथी जस्तो मित्रबत् ब्यवहार गर्ने, उनीहरुसँग सँधै प्रेमपूर्ण ब्यवहार गर्ने किनकी प्रेमले नै संसार जित्छ आफ्ना छोराछोरी सँग जति नजिक हुन्छौ त्यती मात्रामा उनिहरुको अवस्था, रुची, क्षमता र बानी बारे थाहा पाउन सकिन्छ । उनीहरुलाई पिट्ने, हप्काउने, भावना नबुझने, समय नदिने आदि असल अभिभावकको गुण भित्र पर्दैन ।
ग) छोराछोरीलाई समय दिने ः— आजभोलीका अभिभावक छोराछोरीलाई त्यति समय दिदैन्न अफिस , घरायसी काम, भट्टि पसल वा यस्तै अन्य ठाउँमा समय विताईदिने तर छोराछोरीलाई समय नदिनु कदापी राम्रो होइन । जसरी हुन्छ आफ्नो कुनै पनि ब्यस्त समयलाई मिलाएर छोराछोरीको लागि १०—१५ मिनेट समय दिनुपर्छ उनिहरुसँग विद्यालयको बारेमा बुझ्ने, साथीहरुका बारेमा बुझ्ने र गृहकार्य के कस्तो छ बुझ्ने गर्नुपर्दछ । जहिले पनि आफु ब्यस्त देखिने र छोराछोरीलाई खाली पढ–पढ मात्रै भनेर बालबालिकामा सुधार आउँदैन बालबालिकालाई घरमा त दैनिक समय दिनु पर्दछ यसको साथै विद्यालयले आयोजना गरेका कार्यक्रममा उपस्थित हुने, आफ्नो छोराछोरीलाई पढाइमा मात्रै होइन अतिरिक्त क्रियाकलापमा पनि भाग लिनु पर्छ भनी हौसला प्रदान गर्नुपर्दछ । राम्रा राम्रा शिक्षाबद्र्धक पुस्तकहरु किनेर दिने सन्तुलित खाना सरसफाई सँगै हरेक क्रियाकलापमा समय दिनुपर्छ यसो गरियो भने छोराछोरी खराब मार्गमा जाने सम्भाबना हुँदैन ।
घ) घरको बातावरण शान्त र सहज बनाउने ः— बालबालिकाको कुनै पनि विकासमा घरको बातावरणको महत्वपूर्ण भूमिका हुन्छ । छोराछोरी असल बनुन महान मानिस बनुन भन्ने चाहना सबैको हुन्छ तर घरमा परिवार बिच आमा बुवा बिच मनमुटाब भई राख्छ भने छोराछोरीले पढाईमा ध्यान दिन सत्तैन्न् आमा बाबुको टकराव, मन मुटाब र झगडाले उनीहरुलाई असर गरीरहेको हुन्छ । छोराछोरी प्रति जुन अपेक्षा राखिएको हुन्छ त्यो पुरा भएको देख्नु छ भने घरको बातावरण र परिस्थिती सहज बनाउनु पर्छ । अहिले तनाबै तनाव लिएर भविष्य खुसी बनाउने सपना देख्यौ भने त्यो केबल दिवा सपना मात्रै हुनेछ । त्यसैले बालबालिकालाई आफुले देखेको सपना पुरा गराउन वा आफुले पुरा गर्न नसकेका सपना पुरा गराउनुछ भने पारिवारीक बातावरण शान्त र सहज बनाउनु महत्वपूर्ण पक्ष हो ।
ङ) आवश्यक निगरानी राख्ने ः— हामी बालबालिकासँग हरबखत नजिकमा रहेर आवश्यक निगरानी राख्नुपर्छ । नियमित रुपमा छोराछोरीलाई पनि समय दिने र विद्यालय सँग छोराछोरीको विषयमा बुझने र कमजोरी पक्ष सुधार्ने गर्नुपर्छ तर यसो नगरी खाली नतिजा मात्रै खोजेर अभिभावकको जिम्मेवारी पुरा हुदैन , विद्यालयलाई मात्रै दोष थपार्ने र छोराछोरीलाई हप्काउने गरेमा मात्रै कहिल्यै नतिजा सोचे जस्तो हुदैन । हामी छोराछोरीको सिर्जनात्मक क्षमताको पनि तारिफ गर्दछौ कि नतिजा र प्रतिशत धेरै खोज्छौ ? हामी नतिजालाई मात्र ध्यान दिने कि छोराछोरीको साथी संगत र विद्यालयले दिइने शैक्षिक बातावरण पनि कस्तो छ भनेर बेलैमा ध्यान दिने गर्दछौ ? आफ्ना छोराछोरीले राम्रो अङ्क ल्याउँदा विद्यालय राम्रो भन्ने र नल्याउँदा नराम्रो भन्ने र विद्यालयलाई दोष दिने गरेका त छैनौ ? कितावी शिक्षा मात्र शिक्षा होइन, नैतिक शिक्षामा हामिले ख्याल गरेका छौ कि छैनौ ? आफ्नो छोराछोरीमा आत्मबलको कमि छ कि साहसि छन् ? अनुशासनको कमि छ कि ? खराब बानीहरुको विकास भएको पो छ कि ? झुटो बोल्ने बानीको विकास भएको छ कि ? अध्ययनमा रुची नभए किन ? यस्ता कुराहरुमा कुनै पनी अभिभावकले बेलैमा निगरानी गर्नुपर्ने हुन्छ ।
च) आहार, आचार र बिचारमा ख्याल गर्ने ः— हामी जस्तो खाना ( आहार ) लिन्छौ, त्यस्तै रगत बन्छ र त्यस्तै विचार उत्पन्न हुन्छ तिनै विचारको परिणाम हाम्रो स्वभाब बन्दछ । हाम्रो स्वभाव कस्तो छ, हामि कस्तो ब्यवहार गर्दछौ भन्ने कुरा हाम्रो आहार, आचार र विचारले निर्धारण गर्दछ । हामी नचाहेरै पनि छोराछोरी प्रति दु ः ख पु¥याई रहेका हुन्छौ । साथीहरुसँग रिसाउने, झर्कने, कसैले भनेको कुरा स्विकार गर्न नसक्ने, शिक्षक सँग मुखमुखै लाग्ने, तुरुन्तै जवाफ फर्काउने स्वभाव पनि विचारका परिणाम हुन । छोराछोरीले पहिलो संस्कार अभिभावकबाटै सिकेका हुन्छन् । त्यसैले उचित खानपान , योगध्यान र अनुशासन छोराछोरी र अभिभावक दुबैमा जरुरी छ । उनीहरुको लवाई, खुवाई, बोल्ने भाषा, चालचलन र अनुशासन घरको ब्यवहारले प्रभाब पार्ने हुँदा घरबाट यी कुरा ख्याल गर्ने पर्ने जरुरी छ । सकारात्मक सोच, शारीरिक ब्यायाम, योग, ध्यान र सन्तुलीत भोजनले मन प्रफुल्ल हुन्छ शान्त हुन्छ र शान्त मनले पढाईलाई सहयोग गर्छ । तसर्थ यो कुरामा अभिभावकले ध्यान दिनै पर्छ ।
(उहाँ त्रिभुवन माध्यमिक विद्यालय जाजरकोट खलंगाका शिक्षक हुनुहुन्छ ।)