May 7 - 2021, Friday२३ बैशाख २०७८, बिहीबार

बालमैत्री विद्यालय निर्माणमा सरोकारवालाको भुमिका

सहदेव बस्नेत

बालमैत्री स्थानीय शासन बालअधिकार सम्बन्धी समग्र पक्ष (बालबचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिता) को प्रवद्र्धन गरी स्थानीय स्वायत्त शासन ऐन, २०५५ बमोजिम स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याइएको अवधारणा हो । बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९८९ को अवधारणा, नेपालको संविधान, २०७० मा भएको बालअधिकार सम्बन्धी व्यवस्था, नेपालको त्रि–वर्षीय अन्तरिम योजना, बालबालिका सम्बन्धी ऐन, २०४८ तथा स्थानीय स्वायत्त शासन ऐन, २०५५ ले बालबालिकाको पक्षमा नीतिगत एवं कानुनी प्रावधान राखी बालअधिकारको समग्र पक्षमा वकालत गरेका छन् ।

बालबालिकाको शरीरिक, भावनात्मक र मनोवैज्ञानिक रुपमा सुरक्षित, संरक्षित, सक्षम र बलियो महसुस बनाउन प्रोत्साहन दिने अनुकुल वातावरण लाई नै बालमैत्री बातावरण भनिन्छ । बिषेश गरी बालबालिकाहरु बढी समय बिताउने स्थानहरु जस्तै बिद्यालय, स्वास्थ्य सेवाहरु, मनोरञ्जन लगायत अन्य सुविधाहरुको अनुकुल, सजिलो पहुँच, स्वस्थ र अधिकारमा आधारीत छ भने त्यसलाई बालमैत्री वातावरण भन्न सकिन्छ ।अर्थात बालमैत्री वातावरण भित्र निम्न कुराहरुलाई समेटिएको हुनु पर्ने देखिन्छ ।

क) प्रत्येक विद्यार्थीहरूले आफूलाई भौतिकरूपमा सुरक्षित, संवेगात्मक रूपबाट संरक्षित, मनोवैज्ञानिक रूपले सक्षम र बलियो महसुस गराउने वातावरण ।
ख) बालबालिकाहरूको रुचि, क्षमता र स्तरको कदर हुन्छ र सोहीअनुसार उनीहरूको सिकाइका लागि आवश्यक वातावरण एवम् पाठ्यक्रमको व्यवस्था भएको विद्यालय ।
ग) नीति निर्माण, योजना तर्जुमा, कार्यान्वयन र मूल्याङ्कनमा बालबालिका, अभिभावक र समुदायलाई प्रत्यक्ष सहभागी गराउने विद्यालय वा सरोकार निकाय ।

हामी सवैले चाहेको र भन्दै आएको नारा र अपेक्षा को रुपमा आज का वालवालिका नै भविस्यका कर्णधार हुन भनेर भन्दै आएका छौ । तर भविश्यका कर्णधारका रुपमा रहेका बालबालिकाहरु को लागि हामीले उचित वातावरण दिन सकिरहेका छैनौं कि भन्ने गम्भीर प्रश्न हाम्रा सामु तेर्सीएको छ । आज पनि आर्थिक अभावमा आधारभुत पौष्टीक तत्वको अभावमा कुपोषण को शिकार वनेका वाबालवालिका हाम्रा सामु प्रशस्तै रहेका छन । कतिले अकालमै ज्यान गुमाउनु परेको छ । त्यसैले त्यसको लागि सम्वन्धित सरोकारवालाहरुले बालबालिकाहरुको संरक्षण र प्रवद्र्धनमा जोड दिनु परेको छ ।

सोही सन्दर्भमा आज हामी सवैले आफ्ना बालबालिकाहरुको भविश्यको वाटो देखाउने र कोर्ने निकायको रुपमा विद्यालयलाई लिन्छौं । विद्यालय भनेको हामी सवैको आस्था र धरोहरका रुपमा रहेका छन । जहाँ लाखौं लाख बालबालिकाहरु आफ्नो सुनौलो भविश्यको चाहना राखी शिक्षा आर्जन गर्न पुग्ने गर्दछन । तर जुन सपना र चाहना राखेर बालबालिका विद्यालय जान्छन के साच्चीकै त्यो खालको बालमैत्रीपुर्ण वातावरणमा उनिहरुले शिक्षा आर्जन गर्न पाइरहेका छन त ? हाम्रा विद्यालयमा वालमैत्री पुर्वाधारको व्यवस्था छ त ? हामी विद्यालय सँग सम्वन्धित सरोकारवालाहरुले त्यस्तो व्यवहार गरेका छौं त आज एक पटक गहिरो समीक्षा गर्नु पर्ने अवस्था देखिएको छ ।
आज हामीले चाहेको वालमैत्री विद्यालय निर्माणको लागि सवै सरोकारवालाहरको उत्तिकै महत्व छ । जसमा बाल मैत्री भौतिक पुर्वाधारका लागि उपयुक्त भवन, खानेपानी, छात्र छात्रा मैत्री शौचालय, छात्राको लागी अलग्गै रेस्टरुम, सुरक्षित कम्पाउण्ड वाल , खेलमैदान आदी आधारभुत कुराहरु हुन ।

त्यसपछि मानवीय जनशक्तिमा विषय शिक्षकहरुको निर्धारित दरवन्दीको व्यवस्था , विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको आफ्नो दायित्व र भुिमकाको प्रभावकारी मनन् गर्नु हो । तर अहिले पनि हामी कहाँ विद्यार्थीहरु विद्यालयमा सुरक्षित साथ बस्ने विद्यालय भवनको समेत अपर्याप्तता छ । प्रयाप्त डेस्क वेन्च र कक्षा कोठाको अभावमा कतिपय विद्यालयमा विद्यार्थीहरु खुला आकाश र धुलोमै वसेर पढ्नु पर्ने वाध्यता रहेको छ ।

त्यसैले यी यावत समस्याहरुको समाधानका लागि सवैले आआफ्नो क्षेत्रवाट जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गरेमा मात्र यसको समाधान गर्न सकिन्छ । जसमा राज्यको तर्फ वाट पर्याप्त दरवन्दी र भौतिक पुर्वाधारको व्यवस्थापन गर्नु पर्ने दायित्व रहेको छ । शिक्षकले विद्यालयमा वालमैत्रीपुर्ण व्यवहारका साथ नियमित पठनपाठनको दायित्व निर्वाह गर्नु छ । त्यस्तै अभिभावक र विद्यालय व्यवस्थापन समितिले आफुले विद्यालयमा वेला वेलामा भेटेर आफ्ना छोराछोरी पढ्ने विद्यालयको अवस्था कस्तो छ र त्यहाँ रहेका समस्याहरुको समाधानका लागि आफ्नो तर्फ वाट पनि केही न केही योगदान दिनु पर्ने देखिन्छ ।

Prabaha

Government request for corona