May 7 - 2021, Friday२३ बैशाख २०७८, बिहीबार

गुणस्तरीय शिक्षा अभिबृद्धीमा हाम्रो भुमिका

कालीप्रसाद थापा, कुशे ५ जहरगाउँ

भन्ने गरिन्छ बालबालिकाहरुको पहिलो पाठशाला घर हो भने दोस्रो पाठशाला बिद्यालय हो । यस्तै कथन सुन्नु र व्यबहारमा लागू गर्नुमा बिल्कुल भिन्न देखिदैछ बर्तमान शिक्षा क्षेत्रमा । बालबालिकाहरुको सर्बाङ्गीण बिकास सङ्ग जोडिएको नेपालको शिक्षा नीति,कार्यान्वयन पक्षधरहरु(बिद्यालय ब्यवस्थापन समिती शिक्षक, अभिभावक बिद्यार्थी र स्थानीय निकायहरुको जिम्मेवारी गहन हुन नसक्दा फरक मोडमा ढल्किदैछ शिक्षाको गुणस्तरीयता, तसर्थ शिक्षा प्रणालीको बिकासक्रमको जटिल इतिहास प्राचीन, मध्य र आधुनिककाल वा बि.स.१९१० को दरबार स्कुलदेखि घरबार स्कुललाई नकोट्याइकन त्यो गुरुकुल शिक्षा देखि बर्तमान शिक्षालाई यथार्थमा हेर्नुपर्दा जतिबेला बस्ती बस्तीहरुमा उज्यालोको रुपमा दाउरा, झरो(सल्लाको दियालो), पुस्तकको अभाव थियो, लेख्नका लागी कालोपाटी खरी ढुङ्गा,कापीमा कोरा कागज कलममा निगालो र मसिको लागि कटुज र पातीको रसको प्रयोगको जमाना सारै कमजोर थियो ।

 

उतिबेलाको शिक्षा संतोषजनक देखिन्थ्यो।किनकी उतिखेर शिक्षा लिने र अबसर पाउने संभावना धेरै देखिन्थ्यो । तर रफ्तारले जति जमाना बदलियो प्रबिधिको बिकास हुँदै गयो उति गुणस्तरीयता कम्जोर हुँदै किन गइरहेको छ ? भन्ने कुरामा सबैको ध्यानाकर्षण हुन जरुरी देखिन्छ । बर्तमान शिक्षामा भोग्नु परेका विभिन्न अबसरको सम्भावना र मिहिनेतको बिल्कुल अभाबका कारण गुणस्तर खस्किदै गएकोले निम्न चुनौती र समाधानहरु अबलम्बन गर्न अत्यन्त आबश्यक देखिन्छ ।

क) अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाइ बिध्यालयमा पठाउनु अनि कक्षा उकास्नु मात्र शिक्षा दिलाउनु होइन ?उसका हरेक गतिविधिहरु जस्तैस्बिध्यालय जाने समय,घर आउने समय, घर आइसकेपछि उसलाइ पढ्न दिइने समय, आबश्यक सामग्रीहरुको ब्यबस्थापन, शिक्षकहरु सङ्गको निरन्तर भेटघाट तथा सम्पर्क गर्नाले र पास फेलको अर्थ बुझेर मात्र आफ्ना सन्ततिलाई कक्षा उकास्दा गुणस्तरमा वृद्धि गराउन सकिन्छ ।
ख) शिक्षकहरुले किताब पढाउनु र कोर्स दौडाउनु मात्र गुणस्तर होइन ? बिद्यार्थीका हरेक क्रियाकलाप तथा गतिविधिहरुको पहिचान गरि पढाएका कुराहरु जाने जानेनन भनी निरन्तर निर्माणात्मक वा सुधारात्मक मुल्यांकन गर्दै जादा शैक्षिक गुणस्तरमा अभिवृद्धि हुने गर्दछ ।
ग) बिद्यालय ब्यबस्थापन समिती राजनैतिक दबाबमा चुनिने नाम मात्रका र उसले गर्नुपर्ने काम कर्तव्यप्रती जिम्मेवार बोध नभएको स्थिति सम्पुर्ण बिध्यालयहरुमा देखिएकोेले बिध्यालय ब्यबस्थापन समिती दक्ष र सक्रिय समिती गठन गरि बिद्यालय र बि. ब्य. स.बिच एक अर्कोमा शैक्षिक शुधारमा निकट समन्वय गर्नुपर्ने देखिन्छ ।
घ) बिद्यार्थीहरु जबसम्म लगनशील एबम परीश्रमी हुदैनन् तबसम्म शैक्षिक क्षेत्रमा जतिसुकै प्रयास गरेपनी उपलब्धि(output) हासिल हुन सक्दैन र फलस्वरूप लगानी( input) र प्रक्रिया( prosess) फेल हुन गइ गुणस्तरमा अबरोध हुने भएकोले गुणस्तर देखाउन र देखिन बिद्यार्थीकोे निरन्तर रुपमा अध्ययन गर्ने बानीको बिकास गर्न आबश्यक छ ।
ङ) शैक्षिक नीति निर्माताहरुले पटकपटक पाठ्यक्रम परिबर्तन गरेर शैक्षिक गुणस्तर हुने होइन तर पाठ्यक्रम निर्माण गर्दा दशकौ सम्म टिकाउ हुने र बालबालिकाहरुका लागी प्राविधिक रुपमा मात्र नभइ ब्यबहारिक रुपमा बैज्ञानिक हुने खालको स्थानीय पाठ्यक्रम तय गरी लागू गर्दा गुणस्तर वृद्धि हुन सक्छ ।
च) परीक्षा प्रणाली लचिलो र कक्षा उकास्ने प्रवृत्तिलाई निरोत्साहित गर्दै आधारभुत र माध्यामिक तहमा नया भर्नामा आउने बिद्यार्थीहरु मध्य प्रवेश परीक्षाको माध्यमबाट सक्षम बिद्यार्थीहरुलाइ मात्र भर्ना गर्ने र प्रवेश परीक्षामा अनुत्तीर्ण नहुनेलाई उहीँ कक्षामा भर्ना गर्ने प्रचलन भएमा मात्र शैक्षिक गुणस्तर उकास्न सकिन्छ ।
छ) स्थानीय निकाय र समन्वय इकाईले पठनपाठन र बिद्यालय अनुगमनको बारम्बार निरीक्षण गरि असल शिक्षकलाइ पुरस्कृत र लापरबाही गर्ने वा गैरजिम्मेवार शिक्षकलाइ नसियत एबम कारबाहीको प्रक्रिया अपनाउनु पर्दछ नत्र भने गुणस्तरको कुरा रामकहानी मात्र हुनेछ ।

यस्तै विभिन्न समस्या अनि चुनौतीहरुका बाबजुद बर्तमान शैक्षिक अबस्था निराशाजनक बनिरहेको गहिरिएर बुझ्न जरुरी छ । शैक्षिक बिकासको एउटा मार्गनिर्देशक शिक्षक हो तर सबै थोक शिक्षक होइन र हुन सक्दैन दोस शिक्षकलाइ मात्र थुपारीने चलन हाम्रो समाजमा धेरै देखिन्छ । शैक्षिक संगठनका निमित्त शिक्षकको मात्र भुमिका एक्लै नभै विद्यार्थी, अभिभावक र बिद्यालय प्रशासन लगाएत जिम्मेवार सम्पूर्ण पक्षहरु सबैको आ आफ्नो स्तरबाट उतिकै अहम भुमिका रहेको छ र यसको भागेदार सबै हुनुपर्छ । बर्तमान अबस्थामा सम्पुर्ण बस्तिका बिद्यालयहरुलाई साच्चिकै निरीक्षण गर्ने हो भने माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थी पनि किताब पढ्न नजान्ने, जोड घटाउ नजान्ने र अंग्रेजी पढ्न नजान्नेको संख्या धेरै भेटिन्छ यस्तो किन त ? दोषी को त ?

फेल गर्नु हुदैन ? बालमैत्री शिक्षा दिनुपर्छ ?लेटर ग्रेडीङ बिधिबाट मुल्यांकन गरिनुपर्छ । आफ्नो नेपालको गतिविधि नबुझी विकसित मुलुकको शिक्षा नीति लागू गर्नुको परीणाम यस्तै छ मात्र छैन अझै भयावह हुनेछ । यथार्थमा गुणात्मक उत्पादन भन्दा संख्यात्मक उत्पादन थोरै भएको अबस्था देखिन्छ । यो अबस्थालाइ सुधार गर्नका लागि सर्बप्रथम कडा बिद्यालय ब्यबस्थापन र प्रशासन नीति, शिक्षकहरुको एकताका साथै शैक्षिक सुधारात्मक एकीकृत चिन्तन र विद्यार्थी अध्ययन शिलताको खाँचो प्रती ध्यान दिनुपर्ने हुन्छ ।

अन्तमा उल्लेखित समस्याका कारण अभिभावकले विद्यालय पठाउनु, शिक्षकले सरासर कोर्समात्र बढाउनु, बिद्याथीहरुले समय बर्बाद पार्नु र नेपाल सरकारले पाठ्यक्रम परिबर्तन गरिरहनु र गरेको शैक्षिक लगानी सबै ब्यर्थ हुनु बाहेक केही देखिदैन समयमै सबैले आ आफ्नो कर्तव्य पालना प्रती बफादार भएर अगाडि बढेमा शैक्षिक सुधार गर्न सकिन्छ नत्र भने गुमात्मकता हराउदै जाने र संख्यात्मकताले मात्र प्रसय पाउने र देशमा बेरोजगारीका कारण कयौं युवाहरूको भबिस्य अन्धकारमा फस्ने तथ्य अबिभाबक वा राज्यले समयमै हेक्का राख्नु जरुरी छ ।

Prabaha

Government request for corona