March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

बारेकोटमा सधै चामलकै पिरलो

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको बारेकोटमा खाद्यन्न अभाव भएको छ । खाद्य संस्थानको बारेकोट गाँउपालिकाको नायकवाडा स्थित घाट डिपोमा चामल नहुँदा खाद्यन्न अभाव भएको हो । गाँउमा उत्पादिन अन्न सकिएपछि स्थानिय समस्यामा परेका छन् । गाँउमा उत्पादित अन्न सकिएको र खाद्य डिपोमा चामल ढुवानीको जिम्मा लिएका ठेकेदारले समयमा ढुवानी नगरेपछि बारेकोटवासी खाद्य संकटको चपेटामा परेका हुन् ।

गाँउपालिकामा रहेको नेपाल खाद्य सस्थानको एक मात्र खाद्य डिपो यतिवेला रित्तै छ । साविकको कर्णालीका जुम्ला र डोल्पा सँग सिमाना जोडिएको अत्यान्त दुर्गम गाँउपालिकाको रुपमा रहेको यो गाँउपालिकामा बर्षेनी खाद्य संकट हुने गर्दछ । यहाँको खाद्य संकट टार्न सरकारले यस बर्ष दुई हजार पाँच सय क्वीन्टल कोटा निर्धारण गरेको छ । बारेकोटवासीले झेल्दै आएको खाद्य संकट टार्न सरकारले चामल ढुवानीमा अनुदान दिई सहुलियत दरमा चामल विक्रि गर्ने लक्ष्य राखेको छ । तर ठेकेदारको लापरवाही र ढिलासुस्तीले गर्दा स्थानियले सहुलियत दरको चामल उपभोग गर्न नपाएको गाँउपालिका उपाध्यक्ष ओमा शाहीले बताईन ।

स्थानिय पसलमा भएको चामल पनि खाद्य संस्थानको मुल्य भन्दा दोब्बर पर्छ जुन किनेर खान सक्ने स्थानिय सँग पैसा छैन । गाँउपालिका पुग्ने यातायातको सुविधा छैन । ढुवानीको एक मात्र माध्याम भनेका घोडा खच्चड हुन् । घोडा खच्चडबाट ढुवानी गर्दा मुल्य बढी पर्ने भनेर ठेकेदारले चामल ढुवानी गरेका छैनन् । बैशाख सम्म यातायातको पहुँच जोडिने संभावना भएकोले ठेकेदारले ट्याक्टरबाट ढुवानी गर्न ढिलाई गरिरहेको स्थानियको बुझाई छ । चामल ढुवानीको जिम्मा लिएका एन वि विल्डर्सका प्रतिनिधी मानबहादुर खड्काले खाद्य संस्थानबाट चार सय ५४ क्वीन्टल चामल बुझेर लगेका छन् । त्यस मध्य तीन सय २९ क्वीन्टल चामल डिपोमा पुरयाएका छन् ।

डिपोमा पुगेको सवै चामल विक्रि भैसकेको छ १० क्वीन्टल मात्र मौज्दात देखिन्छ खाद्य संस्थान जाजरकोट शाखाका निमित्त प्रमुख रामप्रसाद पौडेलले भने ढुवानीको जिम्मा लिएका सप्लायर्सलाई बारम्वार ताकेका गरिरहेका छौ । शाखा प्रमुख पौडेलका अनुसार कार्यालयको ताकेतालाई ढुवानीको जिम्मा लिएका ठेकेदारले टेरपुच्छर लगाएका छैनन् । डिपोमा चामल नहुँदा चामल लिन आएका स्थानिय रित्तै फर्कने गरेका छन् । ढुवानीको जिम्मा लिएको एन वि विल्डर्सका प्रतिनिधी मानबहादुर खड्काले आफुले असार भित्र सवै चामल ढुवानी गर्ने गरि ठेक्का सम्झौता गरेको बताउँदै केही समयमै बाँकी चामल ढुवानी गर्ने बताए । जिल्ला सदरमुकाम खलंगामा भने अझै एक हजार आठ सय क्वीन्टल चामल गोदाममै थन्किएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad