April 19 - 2024, Friday६ बैशाख २०८१, बिहीबार

संरक्षणको अभावमा पजारुका ऐतिहासिक देवल जिर्ण

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको छेडागाड नगरपालिका ८ घोगी पजारुमा रहेका चैत्य गुम्वा अर्थात प्राचीन देवलहरु संरक्षणको अभावमा जिर्ण बन्दै गएका छन् । निकै आकर्षक र ऐतिहासिक ति देवल संरक्षणमा सरकारले चासो नदिदा ओझेलमा परेका हुन् ।

१३ औ शताव्दीमा जाजरकोटमा भोटेहरुले शासन गरेको र उनीहरुले नै यी देवल बनाएको जाजरकोटको ईतिहास बारे जानकार केदारबहादुर शाहको भनाई छ । ढुंगा कुदेर बनाईएका ती कलात्मक चैत्य गुम्वा अर्थात देवलहरु संरक्षणको अभावमा मासिने खतरा बढेको छ । यी देवलको खोज अनुसन्धान गरी प्रचार गर्न सके पर्यटकीय आर्कषणको केन्द्र बन्न सक्ने स्थानियको भनाई छ । तीन रोपनी जग्गामा फैलिएको देवल क्षेत्र स्थानीय सरोकारवाला, सरकार र पर्यटन क्षेत्रसंग सम्वद्ध निकायहरुको वेवास्ताका कारण ओझेलमा परेको छ । स्थानियले देवल क्षेत्र अतिक्रमण गदै गईरहेका छन् ।

तस्वीर क्याप्सन — पजारुको घोगीमा रहेका ७ सय वर्ष पुराना देवलहरु । तस्वीर सौजन्य खडक विसी

देवल क्षेत्र ओझेल परेपछि यसको मौलिकता र महत्व पनि हराउने खतरामा पुगेको स्थानीयवासीको चिन्ता छ । सदरमुकाम खलंगा र अन्य सहरी क्षेत्रवाट देवल क्षेत्रमा पुग्नका लागि सहज पहुच मार्ग नहुन र देवल क्षेत्रको पुर्ननिर्माणका लागी सरोकारवालाहरुले कुनै पहल नगरेका कारण देवल क्षेत्र ओझेलमा परेको स्थानिय खडग विसीले बताए । करीव ७ सय वर्ष अघि निर्माण भएका ती चैत्य गुम्वा अर्थात देवलहरुको उचित संरक्षण र प्रचारको अभाव हुदा वाहिरी जिल्लाका मात्र होइन जाजरकोटवासीहरु नै देवलको महत्व र ऐतिहासिकता वारे वेखवर भएका छन् । सडक पहुच र अन्य आवस्यक पुर्वाधारहरुको निर्माण नहुदा महत्व हिन जस्तै वनेको उक्त देवल क्षेत्रको संरक्षण र प्रचार प्रचारमा सरोकावालाहरुले उचित ध्यान र चासो दिए जाजरकोट जिल्लाको आकर्षक पर्यटकीय गन्तव्य वन्न सक्ने स्थानीय गोरखवहादुर वुढाले वताए । जाजरकोट जिल्लाका अन्य पर्यटकीय क्षेत्रहरु भन्दा वढी सुन्दरता, कला , सामाजिक महत्व र ऐतिहासिकता झल्काउने यी देवलहरु रहेको क्षेत्रमा पर्यटकहरु पुग्न आवस्यक पुर्वाधारहरु तयार नभएको उनले वताए । जताततै पर्यटकीय क्षेत्रहरुको चर्चा भइरहे पनि स्थानीय सरकार र अन्य निकायले देवल क्षेत्रलाइ आकर्षक पर्यटकीय गन्तव्य वनाउन नसकेको उनले गुनासो गरे ।

पटक पटक गरि स्थानीय सरकार र पर्यटन वोर्डले १० लाख जति रकम विनियोजन गरेको भएपनि रकम खासै सदुपयोग हुन सकेको छैन । सामान्य घेरावार, मन्दिर वनाउने काम बाहेक अन्य पुर्वाधारका काम हुन सकेको छैन । ३ रोपनी जग्गा भित्र रहेका १३ वटा देवलहरुको कलात्मक आकार, प्राचीनता र आकर्षक वनावटले त्यहाँ पुग्ने जो कोहीलाइ पनि मोहित पार्ने गरेको छ । तर उचित व्यवस्थापन र संरक्षण नभएको प्रति स्थानीय सरकार र सम्वद्ध निकाय प्रति जनताले असन्तुष्टि पोख्ने गरेका छन् ।

छेडागाड नगरपालिकाका मेयर लालवहादुर महताराले पजारुको घोगी स्थित चैत्य गुम्व अर्थात देवल क्षेत्रको संरक्षण र प्रवद्र्धन तर्फ आफुहरुले विस्तृत योजनाको तयारी गरिरहेको वताए । उनले जाजरकोट जिल्लाकै महत्वपुर्ण पर्यटकीय क्षेत्रको रुपमा रहेको पजारुको घोगी स्थित देवल क्षेत्र पुग्नका लागी सडक यातायातको पहुँच पुरयाउन पहल भैरहेको बताए । उनले जिल्लाकै पर्यटन विकासमा महत्वपुर्ण टेवा पुग्न सक्ने पजारुको देवल क्षेत्रको संरक्षण र प्रचार प्रसार गर्न सवै पक्ष लाग्न आग्रह गरे । नेपाल भ्रमण बर्ष २०२० को भर्खर शुभारम्भ गरिएको छ । यस्ता ऐतिहासिक स्थलको समेत प्रचार गर्न सके पर्यटक भित्र्याउन सकिने संभावना रहेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad