April 18 - 2024, Thursday६ बैशाख २०८१, बिहीबार

विद्यार्थी नेता शाहीको स्थिति सार्वजनिक गर्न माग

धमिललाई हिरासतमा अभद्र ब्यवहार

राजेन्द्र कार्की । जाजरकोट

सरकार द्धारा प्रतिवन्धित नेकपाका विद्यार्थी नेता प्रेमबहादुर शाहीको स्थिति सार्वजनिक गर्न मानवअधिकारबादी संस्थाहरुले माग गरेका छन् । जिल्ला कारागार जाजरकोटमा थुनामा रहेका शाहीलाई उच्च अदालत सुर्खेतले गत २२ गते धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशले रिहा गरे लगत्तै पुनः पक्राउ परेका शाहीको अवस्था अज्ञात रहेको भन्दै नेपाल मानव अधिकार संगठन, इन्सेक, एम्नेष्टी ईन्टरनेशनल, असलशासन क्लब, नागरिक समाज लगायतका संस्थाले स्थिति सार्वजनिक गर्न माग गरेका हुन् ।

शाहीका परिवारले समेत स्थिति सार्वजनिक गर्नको लागी पहलगरिदिन अधिकारकर्मीलाई आग्रह गरेको इन्सेक प्रतिनिधी दिनेश श्रेष्ठले बताए । त्यसै गरी बाँकेको कोहलपुरबाट पक्राउ परेका नेकपाका जिल्ला इन्चार्ज प्रेमप्रकाश वली धमिललाई जिल्ला प्रहरी कार्यालय जाजरकोटको हिरासतमा अभद्र ब्यवहार गरिएको प्रतिपनि अधिकारकर्मीले ध्यानाकर्षण भएको जनाएका छन् । उनलाई प्रहरीले परिवार सँग भेट्न र सञ्चार सम्पर्क गर्न नदिएको, मानसिक यातना दिएको, ओढ्ने कपडा नदिएको र जिल्ला अदालत लैजाँदा हात पछाडी फर्काएर अमानवीय तवरले हत्कडी लगाएको भन्दै यस्ता कार्य नदोहरयाउन आग्रह गरिएको छ । आधारभूत मानवअधिकारको हुनन भएको भन्दै भोक हडताल बसेका उनलाई जिल्ला न्यायधिसले अनसन तोड्न आग्रह गरेपछि अनसन तोड्को बताए ।

 

गत विहिवार पुर्पक्षका लागी जिल्ला कारागार चलान गरिएका वलीलाई भेट्न मानवअधिकार रक्षकहरु शुक्रवार कारागार पुगेका थिए । वलीलाई भेटेर हिरासतमा उनलाई प्रहरीले गरेको अभद्र ब्यवहार बारे जानकारी लिएको नेपाल मानव अधिकार संगठन जाजरकोटका अध्यक्ष केदारबहादुर शाहले बताए । जिल्ला अदालतबाट समेत वलीमाथि गरिएको अभद्र ब्यवहार प्रति स्थानिय प्रहरी प्रशासनलार्य स्पष्टिकरण सोधिएको तथ्य खुल्न गएकोले उपरोक्त कार्यहरु गैरकानुनी र गैरन्यायिक भएको भन्दै आगामी दिनमा यस्ता कार्य कसै प्रति पनि नगर्न माग गर्दछौ विज्ञप्तीमा भनिएको छ ।रिहा लगत्तै पक्राउ परेका शाहीलाई रुकुम कारागार पठाईएको बुझिएको छ तर परिवारजनलाई हाल सम्म जानकारी दिईएको छैन ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad