March 29 - 2024, Friday१५ चैत्र २०८०, बिहीबार

बिहे गरे थाहा पाउलिस्

भोगाई

अनिता न्यौपाने

माघ महिना थियो। काठमाडौँ अनि मस्तको जाडो। दिदीको छेउमा उभिएर उहाँको टोलाइरहेको अनुहारलाई हेरिरहेको थिएँ। हातमा किताब थियो तर आँखाहरु दिदीको अनुहारमा गएर अडिएका थिएँ। त्यही न्याउरो अनुहारलाई नियाल्दै जाँदा दिदी डे«सिङ टेबल अगाडि उभिएर आँखामा लप्पकै गाँजल लगाइरहेको थिइ। मैले सोधँे, ‘दिदी तिमीले यो गाँजल किन लगाएको ? तिमीलाई त यो गाँजल मन परेको मलाई थाहा छैन त।’

उसले अलि मलिन स्वरमा भनी, ‘जब तैले बिहे गर्छेस् अनि थाहा पाउछेस्। बिहेपछि धेरै कुरा परिवर्तन हुने रहेछ।’ सोच म पनि परिवर्तन भएँ। यति भन्दा पनि मुस्कान फ्याक्न सकिन उसले। उसको अनुहार अझैँ मलिन नै थियो। आँखाको गाँजल सुकि नै नसक्दा उसले मलाई अङ्गालो हालेर ग्वाग्वा रोइ। रोइसकेपछि आफ्नो अनुहार फेरि ऐनामा हेरि र आँसु पुछि। मैले सोचेँ, भिनाजुको याद आयो होला। धेरै दिन भइसकेको थियो, भिनाजुको अनुहार नदेखेको दिदीले सायद उहाँकै यादमा रोएकी होला। मैले अनुमान गरे। तर मलाई त्यति उत्तरले मात्रै सन्तुष्ट पार्न सकेन्। उसको बारेमा जान्न मन भयो यो सानो पीडाले रूने मान्छे हैन। पक्कै त केही भएको छ। अहिले उसको हविगतले बिहे अगाडि केटाहरुलाई झपारेको मेरो आँखा अगाडि फनफनि घुमिरह्यो।

काठमाडौं परीक्षा दिन भनेर गएको थिएँ तर दिदीको आँखामा टल्पलाउँदै बगेको आँसुले मलाई परीक्षा दिनु भन्दा उसको बारेमा जान्ने कौतुहलता जाग्यो। यो उसको बिवाह भएको पहिलो वर्ष थियो। धेरै समयपछि दिदीबहिनी कुरा गर्न पनि पाइने अनि भिनाजुलाई मज्जाले जिस्काउने र उहाँको परिवारसँग चिन्नजान गर्ने हेतुले म दिदीको घरमा बसेर जाँच दिने निर्णयका साथ काठमाडौं भित्रिएकी थिएँ। भिनाजु पेसाले पत्रकार थिए, माओवादी द्वन्द्वको रिपोर्टिङको लागि हरेक प्रहर दौडिरहेको सुनाउथि दिदी। भर्खरै बिहे गरेकी बुढीलाई छोडेर पेसा पति कति इमान्दार भएर दौडेको होला। सधैँ गर्व लाग्थ्यो उहाँप्रति।

म दिदीसँग बसेको तेस्रो दिन थियो। तर भिनाजुको नाकमुख देख्ने अवसर मिलेको थिएन्। मैले पटकपटक सोधेको थिएँ- दि भिनाजु कहिले आउने ? कता जानु भएको ? कति काम हो ? अनेकौं थिएँ मेरा प्रश्न तर दिदीको उत्तर यति मात्रै हुन्थ्यो कि आउनु हुन्छ, काम सकिएपछि। म पढिरहँदा दिदी एकहोरो भएर के के भनिरहन्थी, प्यारप्यार गरि कराइ रहने दिदी एक्कासि यसरी मौनतामा कुरा गर्न थालेको देखेर मलाई मनमा डर लाग्यो। अनि शंका पनि उति जन्मदै गयो। दिदी हररात आकाशको तारा हेर्थी र सुक्कसुक्क गर्दै रोइरहन्थी। मैले उसको रूवाइलाई बुझ्न थालिसकेको थिएँ र पनि प्रश्न गर्थेँ- दिदी आर यु ओके। तिमीलाई केही भएको त छैन नि। उसले आँखाको आँसुलाइ सलको फेरोले पुछ्दै भनेकी थिइँ उम ठीक छ। आँखामा केही परेजस्तो छ त्यसैले आँसु आइरहेको छ। खै म हेरिदिन्छु दि ?

मैले भने-उसले पर्दैन जान्छ एक्लैछिनमा आँसुले बगाएर लगि हाल्छ नि भनी। म फेरि चुप बसे। दिदी खाना खान छोडि सकेकी थिइ। के भएको पनि भन्दैन थिइ। सुकेर बाँस जस्तो भएकी। एकदिन जानिजानि दिदीलाई अलि टाढा केही किन्न पठाउने विचार गरेँ र आफूले सत्य थाहा पाउने अठोट राखे, दिदी मलाई कस्तो इस्टवेरी खान मन भयो जाउ न मलाई ल्याइदेऊ। असनतिर या न्युरोडतिर पाइन्छ नि। म मिन्स भएकी छु धेरै पेट दुःखेको छ। तर मलाई एकदमै खान मन भयो। दिदीले मलाई असाध्यै माया गर्थि त्यसैले उहीँ एकहोरो पनमा नै हुन्छ भनी र दिदी निस्की। अनि मैले दराज, र्‍र्याक, बाकस सवै खोलेर हेरेँ कतै केही भेटिन। तर दिदीको पैसा राख्ने दराजमा एक चाङ कागजै कागज थिएँ। निकालेर सबै पढेँ र छाँगाबाट खसेसरी भएँ। त्यो त भिनाजुले गलफेन्डहरूलाई लेखेको लभ लेटर रहेछ। प्रत्येक दिन नयाँ गलफ्रेन्ड बनाउदै हिँड्ने भिनाजुसँग दिदी आजित भइसकेकी रहिछ। दिदी किन यस्ती भइरहेकी रहेछ। त्यसपछि सबै थाहा पाए। दिदी बासरूम पस्छे र किन घन्टौ बाहिर निस्कन्न मैले जानेको थिएँ। दिदी किन हररात भित्तापट्टी फर्केर सुत्छे र रातभर निदाउन सक्दिन मैले बुझिसकेको थिएँ। त्यो भिनाजुको लभ लेटर पढेँपछि कैयौं पटक फोन गरेँ तर अहँ उहाँले उठाउनु भएन। म्यासेज गरे भिनाजु म हजुरको साली बल्ल उताबाट कल आयो- सालि नानी तिमी पो। म काममा छु। अहिले व्यस्त छु पछि कल गर्छु। तिमीलाई म भेट्छु नि। मैले कुरा गर्नु छ भन्ने सुन्दासुन्दै उहाँले फोन काटिदिनु भयो। उहाँलाई घरसम्म ल्याउने मेरो प्रयास असफल भयो। सायद मैले यी काम हतारमा गरेकी।

दिदीको जुत्ताको आावज सुने आँसु पुछे। दिदी फर्केर आएपछि दिदी हैन म नै दिदीको अगााँलोमा बेरिएर रोए। दिदीले अनेकौ प्रश्न गरि मैले पेट दुखेर भनी ढाटिदिएँ। तर दिदीले मेरो चोरी पत्ता लगाइ हालि र बाकस खोलेर हेरि त्यसमा त्यो चिठ्ठी थिएन्। अनि गालि गरेर भनी। तैले दराज खोलेको। मैले उम मात्रै भनेको थिएँ दिदीले पनि मलाई अगाालो हालेर रोइ। हामी दिदीबहिनी त्यो रातभर रोइ मात्रै रह्यौ। मात्रै रोइरह्यौ। दिदीले मलाई त्यो लोग्ने भनाउँदो अहिले अर्काे स्वास्नी लिएर बस्छ। उ हरदिन नयाँ केटीको खोजीमा निस्कन्छ। मलाई बिहे भएर आएको दिनदेखि कहिले स्वास्नीको दर्जामा राखेन्। केके भनि भनि यहाँ कहिले आउँदैन। आएछ भनेपनि रक्सीले मातेर आउछन्। मलाई नानाथरी भन्छन्। अनि मेरो शरिरसँग खेल्न खोज्छ र नदिएमा पिट्छ,् भुत्लाछ। उसको आँखाबाट खस्दै गरेको आँसुको ढिकाले मेरो मनमा बेस्मरी हिर्कायो। अनि तिमीले मलाई किन नभनेकी, बहिनीलाई पनि नभन्ने। भिनाजुलाई ठीक ठाउँमा ल्याउन सक्छु जस्तो गरी म बोले। दिदी रोइ मात्रै रहि।केही बोलिन। आमाबाबाको पिरले, दाजु भाउजुको पिरले र यो समाजले के भन्छ भन्ने पिरले उसलाई चुप बस्न बाध्य बनायो। यो कुरा घरमा अहिले भनी हाल्नु सहि लागेन।

पहिला भिनाजुलाइ नै भेट्ने निधोका साथ भोलिपल्ट देखि दिदी र मेरो काम नै भिनाजु खोज्नु भयो। त्यो बेला लागेको हो साँच्चै काठमाडौं ठूलो सहर भइसकेछ। त्यहाँको मान्छेको आत्मियता हराएको पनि त्यहि दिन बुझेकी हुँ। किन मान्छे समस्या परेको बेलामा भागिरहेका छन्। किन समाज एउटै घरमा भाडामा बस्ने मान्छे एक्लो हुन सकेका छैनन्। त्यहि दिनदेखि लागेको हो। हामीले कति चिनेजानेका मान्छेलाई फोन गर्याै तर कसैले देखेको छु भेटेको छु भनेनन्। यसको मतलब एक पुरूषलाइ जोगाउन एउटा समाज लागि परेको थियो। भिनाजुलाइ नभेटेपछि हामीले भिनाजुको परिवारलाई भेट्ने निधो गर्याै। आमाबाबा, दाजुभाउजु, भाइबुहारी सब जम्मा गर्याैँ दिदीबहिनी मिलेर। उनीहरूलाइ यो विषयमा पहिले थाहा भइसकेको रहेछ। त्यसपछि आफन्त हुनुको हैसियत त्यही समयदेखि बिर्सेका रहेछन्। सायद दिदीलाइ पाल्नु पर्ने उनीहरूको समस्या थियो।

सुदुरबाट भिनाजुको आमाबाबुलाइ बोलाए। भिनाजुकै दाजुभाउजुलाइ बोलाएँ। उहाँहरूको परिवार सब जम्मा गरेँ र कुरा म आफैले निकाले। उनीहरूले सबै दोष मेरो दिदी माथि थुपारे एउटा लोग्ने तह लगाएर राख्न नसक्ने मान्छे किन स्वास्नी बन्न आएको त ? दिदीको लागि बोलेका यी वचनहरूले मलाई झनै रिस उठ्ने दिदी रोइ मात्रै रहि। केही बोलिन। सायद उसलाई पहिले थाहा थियो कि परिवार उसको पक्षमा बोल्दैन भन्ने। चारसय जनाले दिदीको बिहेमा भोज खाएका थिएँ तर दिदीसँग यतिबेला बोल्ने मान्छे चार जना पनि थिएनन्।

उनले आफ्नो लडाइँ आफैले लड्नु थियो। उसो भए अब म दिदीलाइ के गरौँ त। त्यहाँ उपस्थित जनाएका आफन्तले भनिदिएँ छोरालाई त नचाहिएको स्वास्नी हामीलाई के काम र यो बुहारी। जताबाट पठाएका थियौँ उतै लैजाउ। उनीहरूको कुरा सुन्दा लागेको थियो एकएक झापड गालामा रातो हुने गरि लगाइदिउ तर उनीहरूको नैतिकता, आत्मियता र ममताको स्वरूप देखेर मलाई उनीहरूप्रति नै माया लागेर आयो। तपाईंहरूले मागेर ल्याउनु भएको हो पुर्‍र्याउने जिम्मा पनि तपाईंको हो। तर उनीहरू हाम्रो कुरा नसुनि तितरवितर भइसकेका थिए। दिदीलाइ त्यो घरमा राख्ने हिम्मत मसँग थिएन। मामामाइजुलाई यो कुराले पीडाको सागरमा डुबाउने छ। मनले अनेकौं कुराहरू खेलिरहेँ। सत्य स्वीकार्नु थियो। म दिदीलाइ लिएर फर्कने निर्णयमा पुगेँ। त्यो भन्दा अघि मामामाइजुलाइ बोलाए। उहाँहरु मुर्छित नै हुनुभयो तर सत्य स्वीकार गर्नु थियो, गर्नु भयो।

दिदीलाई कर्मघरबाट फेरि जन्मघर ल्याइयो। आँसुको मोल हुँदैन सायद त्यसैले त वर्षिन मन पराउँछ। दिदीको दोष थिएन तर समाजले भए भरको दोष उसैलाई लगायो। कयौँ दिन ऊ घरबाट बाहिर निस्कन सकिनँ। अक्षम बुहारी सावित गरिदियो समाजले। पढेलेखेका मान्छेमा धरी त्यहि मानसिकताले जरो गाँडेको थियो। जब एउटा छोरी मान्छे विवाह भएर लोग्नेको घर जान्छे। ऊ लोग्नेको मात्रै हैन सबैको लागि एउटा सम्बन्ध बनाएर जान्छे। आफ्नो घर सम्झेर जान्छे। तर यो समाजले न उसको घर भनिदिन्छ न आफन्तले आफ्ना मानिदिन्छन्। छोराको लागि मात्रै चाहिने हुन्छ र बुहारी ? यो त घरका सब मान्छेले आफ्नो मान्नुपर्ने हो। जब लोग्नेले अस्वीकार गर्छ। यो समाजका हरेक मान्छेले, परिवारले अस्वीकार गर्छन्। एक पटक सोच्ने बेला भएन र छोरी मानेर लगेपछि छोरी जस्तै व्यवहार गर्नु अनिवार्य छ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad