March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

दुर्गममै फार्मेसी पढाई

राजेन्द्र कार्की । जाजरकोट

हाल सम्म एउटा पनि प्राविधिक शिक्षालय नभएको दुर्गम जिल्ला जाजरकोट जिल्लामा पहिलो पटक स्वास्थ्य सम्बन्धि फार्मेसी कक्षा सुरु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जिल्ला सदरमुकाम खलंगामा आइतवार देखि जाजरकोट स्कुल अफ हेल्थ साइन्स एन्ड एलाइड मार्फत फार्मेसीको कक्षा सुरु गरेको हो । दुर्गममै डिप्लोमा तहको फार्मेसी पढाई हुन थालेपछि पढाईकै लागी लाखौ खर्चेर जिल्ला बाहिर जानु पर्ने बाध्यता हट्ने भएको हो ।

कर्णाली तथा सुदुरपश्चिम प्रदेशका जिल्लाहरुलाइ लक्षित गरि सुरु भएको उक्त कार्यक्रमको पढाइ भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन प्राध्यापक डाक्टर रेशमवहादुर रानाले विद्यार्थीहरुलाइ अविर टीकाले स्वागत गर्दै पहिलो कक्षाको सुरुवात गरे । जिल्ला सदरमुकाम खलंगा स्थित भेरी ज्ञानोदय क्याम्पसको भवनमा पढाइ सुरु गरिएको छ । कक्षा सुरुवात कार्यक्रममा वोल्दै भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले जाजरकोटमा सुरु भएको फार्मेसीको पढाइले कर्णाली प्रदेशकै स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग गर्ने वताए ।

फोटो क्याप्सन– डी फारमेसीका विद्यार्थीहरु पहिलो कक्षा लिदै तस्वीर– सिपीघर्तीको फेसबुकबाट

कर्णाली र सुदुर पस्चिम प्रदेशका कुनै पनि जिल्लामा नभएको फार्मेसीको पढाई जाजरकोटमा सुरु गरिएको कर्णाली स्वास्थ्य विज्ञानप्रतिष्ठानका डिन प्राडा रानाले बताए । तीन वर्षे अध्ययन अवधि रहेको उक्त कार्यक्रम अन्तरगत ९ वटा विषयहरु पढाइ हुने प्राडा रानाले वताए । उनले मुलुकमा निकै माग रहेको डी फारमेसी विषयको कक्षा कर्णाली र सुदुरपस्चिम प्रदेशमा जाजरकोट वाहेक कुनै जिल्लामा कसैले सुरु नगरेको वताए । जिल्लामा सुरु भएको उक्त कार्यक्रम अन्तरगत पहिलो बर्ष ४० जना विद्यार्थीको कोटा निर्धारण गरिएको छ । डाक्टर रानाका अनुसार अहिले कर्णाली प्रदेशमा मात्रै एक हजार नौ सय ९२ जना डि फारमेसीको जनशक्ति आवस्यक रहेका छ । सुरुमा त्रिभुवन माध्यमिक विद्यालय,भेरी ज्ञानोदय क्याम्पस र जिल्ला अस्पतालको जनशक्ति प्रयोग गरेर कक्षाहरु सुरु गरिएको छ । डी फार्मेसी पढाउनका लागि सम्वन्धित विषयमा स्नात्तकोत्तर हुनै पर्ने अध्यक्ष रानाले वताए । कार्तिक महिना देखि शैक्षिक वर्ष सुरु गरिएको उक्त कार्यक्रमले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको लक्ष राखेको स्कुलका संयोजक प्राडा. विजय रिजालले वताए । उनले जनताको माग, सरकारी आवस्यकता र वेरोजगारी समस्या टार्नका लागि यो कार्यक्रम जाजरकोटमा लागु गरिएको वताए । यो कार्यक्रमको प्रभावकारीतालाई हेरेर स्वास्थ्य सम्बन्धित अन्य विषयको पठनपाठन सुरु हुने सम्भावना रहेको उनको भनाई छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad