March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

वेवारिसे शिशु निसन्तान दम्पतीलाई हस्तान्तरण

राजेन्द्र कार्की । जाजरकोट

भेरी नगरपालिकाको–१३ कुदु स्थित दानीमारे सामुदायिक वनमा बेवारिसे अवस्थामा गत भदौ २२ गते फेला परेको शिशु धर्मपुत्र बनाई पालनपोषण गर्नका लागी निसन्तान दम्पतीलाई हस्तान्तरण गरिएको छ । भेरी नगरपालिका–४ निबासी कृष्ण भट्टराईलाई धर्मपुत्र बनाउन बुधवार वेवारिसे शिशु हस्तान्तरण गरिएको हो । विवाह गरेको लामो समय विति सक्दा पनि सन्तान जन्माउन नसकेका भटट्राई दम्पतिलाई शिशु हस्तान्तरण गरिएको भेरी नगरपालिकाकी कावा प्रमुख भावना भण्डारीले बताईन ।

भेरी नगरपालिका १३ कुदुको दानीमारे जंगल हेरालुको रुपमा कार्यरत स्थानिय लालसरी विकले जंगलमा बेवारिसे अवस्थामा फालिएको शिशु फेला परेकी थिईन । भर्खर जन्मिएको बच्चालाई प्लाष्टिकले बेरेर जंगलमा फालिएको फेला परेपछि उनले प्रहरी चौकी कुदुमा खवर गरेकी थिईन । प्रहरीले बच्चालाई तत्काल जीवितै उद्धार गरेर जाजरकोट अस्पताल ल्याएको थियो । त्यो बच्चा कस्को हो र किन जंगलमा फालियो भन्ने अझै पत्ता लाग्न सकेको छैन प्रहरीले यस बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

बालबालिका सम्बन्धि ऐन–२०७५ को दफा ६० ले गरेको ब्यबस्था अनुसार नगर उप–प्रमुख भण्डारीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले कृष्ण भट्टराईलाई धर्मपुत्र बनाउन सिफारिस गर्नुको साथै शिशु हस्तान्तरण गरिएको हो । धर्मपुत्रको कानुनी मान्यता दिने अधिकार जिल्ला अदालतलाई मात्र भएकोले मुलुकी देवानी संहिता–२०७४ को परिक्षद ८ ले गरेको व्यबस्था अनुसार धर्मपुत्र बनाउनलाई नगरपालिकाको सिफारिसमा जिल्ला अदालतले कानुनी मान्यता समेत दिएको छ ।

उक्त शिशुलाई धर्मपुत्रको लागि सिफारिस गरिपाऊ भनि भेरी नगरपालिका–४ का सम्भु वर र कृष्ण भट्टराईले नगरपालिकामा निवेदन दिएका थिए । नगर उप–प्रमुखको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले उक्त शिशुलाई धर्मपुत्र बनाउन कृष्ण भट्टराईको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।
बालबालिका सम्बन्धि ऐन–२०७५ को दफा ६० ले बिबाह गरेको १० बर्षको समयसम्म बच्चा नजन्मिएको, बिबाह दर्ता गरेको हुनुपर्ने, आर्थिक अबस्था मजबुत भएकोलाई धर्मपुत्र बनाउन सिफारिस गर्नुपर्ने ब्यबस्था गरेको छ । भट्टराई दम्पतिको सवै मापदण्ड पुराभएकोले सिफारिस गरिएको नगरपालिकाले जनाएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad