March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

धामी हेराएर फर्कदा पहिरोले पुरिएर गयो युवकको ज्यान

राजेन्द्र कार्की
जाजरकोट २६ भदौ
स्थानिय धामीझाँक्री हेराएर फर्कने क्रममा पहिरोले पुर्दा जाजरकोटमा एक युवकको मृत्यु भएको छ । छेडागाड नगरपालिका ६ सुवानाउली निवासी १८ बर्षिय खडगबहादुर रावतको विहिवार राती पहिरोले पुरेर मृत्यु भएको प्रहरीले जनाएको छ । भाग्य हेराउन गएका उनी कहिल्यै नफर्कने गरी पहिरोमा पुरिएका हुन् ।

सुवानाउली स्थित एक स्थानियको घरमा धामीझाँक्री हेराएर फर्कने क्रममा राती एक बजेको समयमा बड्ढुङ्गा पसिल भन्ने ठाँउमा बाटो माथिबाट आएको पहिरोले उनलाई पुरेको हो । सँगै गएका निमबहादुर रावत भने घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । उनको स्थानिय सुवानाउली स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले बताए । घाईते रावतले बाटोमा हिडिरहेको अवस्थामा एक्कासी आएको पहिरोले खड्गबहादुरलाई पुरेको बताए । गड्याम्म गर्ने वित्तिकै मैले भागेर ज्यान जोगाए । दाई नाता पर्ने खड्गबहादुर भाग्नै नपाएर पहिरोमा पुरिए उनले भने ‘ घटना स्थल नजिक घर नहुँदा मध्यरातमा कराएको पनि कसैले सुनेन । रातभर पानी परेर समस्या भयो । विहान उज्यालो भएपछि मात्र गाउँले आए । त्यतिवेला सम्म मृत्यु भैसकेको थियो ।’

घटना स्थल सदरमुकाम खलंगाबाट पैदल दुई दिन टाढा छ । केही दिन अघि भेरी नगरपालिका २ तिमिलेमा पहिरोले घर पुर्दा सुतिरहेका दुई छोरी र आमाको मृत्यु भएको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad