April 19 - 2024, Friday७ बैशाख २०८१, शुक्रबार

मानब बेचविखन तथा ओसारपसार नियन्त्रणमा ऐक्यबद्धता

बासुदेव शर्मा । जाजरकोट
जिल्ला प्रहरी कार्यालय जाजरकोटको आयोजनामा सरकारको प्रतिवद्धता मानव वेचविखन तथा ओसारपसार नियन्त्रण हामी सवैको ऐक्यवद्धता भन्ने मुल नाराका साथ १३ औ मानव बेच विखन तथा ओसारपसार बिरुद्धको दिवस मनाइएको छ ।

सप्ताहव्यापी रुपमा संचालन गरेको कार्यक्रमको जिल्ला प्रहरी कार्यालय जाजरकोटले सदमुकाम खलंगा वस पार्क हुदै प्रभातफेरी गरी शान्ति चौतारामा कार्यक्रम गरेको थियो भने भेरी नगरापालिकाले नगरपालिकाको कार्यालय परिसरवाट रयाली निकालेको थियो । उक्त रयाली शान्ति चौतारामा समावेश भएर कार्यक्रम गरिएको थियो ।

द्धापर युगमा पनि मानब बेचविखन हुने गरेको तर दास वनाउनलाई गरेको किवदन्तीको विस्तार गर्दै अहिलेको युगमा गरिवहरुलाई पैसा कमाउने प्रलोभन, पढाई दिन्छु भन्दै उनिहरुलाई विभिन्न प्रलोभन देखाएर यौन धन्दा लगाएत अपराधजन्य कार्यमा लगाउने भएकोले कुनै पनि प्रलोभनमा पर्न नदिन नागरिकहरुलाई सरोकारवाला निकाय, नागरिक समाज लगाएतले चेतना अभिबृद्धी गर्न लाग्न जिल्ला समन्वय समिति जाजरकोटका संयोजक मन बहादुर रावलले आग्रह गर्नु भयो ।

मानव बेचविखन कार्य समाजको लागी जघन्य अपराध भएकोले यस्ता कार्य प्रति सवै एकजुट भएर लागी निर्मुल गर्न जिल्ला समन्वय समितिका संयोजक मन बहादुर रावलले आग्रह गर्नु भयो । जनप्रतिनिधि, नागरिक समाज सरोकारवाला निकाय सवै मिलेर उक्त कार्यलाई नियन्त्रण तथा न्युनिकरण गर्न सुझाव दिनु भएको थियो ।
नेपाल प्रहरीको गतबर्ष निकालेको तथ्यङ्क अनुसार नेपालमा ३५ लाख मानिस मानव बेचबिखनको जोखिममा परेको वताउदै यस्तो विषमा नागरिकहरु सचेत गराउन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले आग्रह गर्नु भयो ।

प्रहरी नायव उपरिक्षक डिएस्पी श्याम बहादुर खत्रीले मानव वेचविखन तथा लागुऔषध ओसारपसारका बिरुद्ध सवै लाग्न अनुरोध गर्दै त्यस्तो कार्य भएको थाहा पाउन साथ प्रहरीलाई खवर गर्न आग्रह गर्नु भयो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad