March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

बेलुका साढे नौ बजेपछि नाच्न प्रतिबन्ध

अनिश कुमार कार्की । जाजरकोट
स्थानिय प्रशासनले जाजरकोटमा बेलुका साढे नौ बजेपछि नाचगान गर्न रोक लगाउने निर्णय गरेको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई मर्यादित र ब्यवस्थित बनाउन भन्दै प्रशासनले साढे नौ बजे सम्ममा मात्र नाचगान गर्न दिने निर्णय गरेको हो ।

जिल्ला सुरक्षा समितिको हालै बसेको बैठकले नाचगान गर्ने समय सीमा निर्धारण गरेको हो । बैठकले महिलाहरुको महान चाड हरितालिका तीज मनाउने नाममा लामो समय अघि देखि नै तड्क भडक पुर्ण तवरले मनाउने प्रबृत्ति बढ्दै गएको र समाजमा अशान्ती झै झगडा समेत बढ्दै गएकोले यस्ता चाडपर्वलाई ब्यवस्थित बनाउन नेपाल प्रहरी र शसस्त्र प्रहरीको गस्ती बढाउने, पेट्रोलिङ्ग गर्ने निर्णय गरेको छ ।

भाद्र १३ गते सम्म राती साढे नौ र १४ देखि १७ गते सम्म राती ११ बजे सम्म नाचगान गर्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताएका छन् । तर महिलाहरुले भने प्रशासनले नाचगानमा समय सीमा तोकेको भन्दै विरोध गरेका छन् । अधिकारकर्मी सरिता सिंहले हिन्दु महिलाहरुको महान चाडमा नाचगानमा पनि समयसीमा तोकिनु उचित नभएको बताईन । उनले भनिन्–‘महिलाहरुले रमाईलो गर्न नपाउँनु दुःखको कुरा हो । शान्ती सुरक्षा कायम गर्ने नाममा साढे नौ बजे नै नाचगान बन्द गर्न हुदैन । यो निर्णयले महिला अधिकार कुन्ठित भएको छ ।’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad