March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

पैmसला ढिलाईले पुल निर्माण अलपत्र

६ बर्षमा पनि बनेन मोटरेबल पुल
राजेन्द्र कार्की । मोर्क ( जाजरकोट )
जाजरकोट–जुम्ला सडकको छेडा–थलह सडक खण्डमा पर्ने मोटरेबल पुलको निर्माण कार्य अलपत्र छ । ठेक्का सम्झौता भएको ६ बर्ष विति सक्दा पनि पुल बन्न नसकेको हो । १८ महिनामा बन्नु पर्ने पुल नबनेपछि निर्माण कम्पनीलाई कालोसुचीमा राखेर ठेक्का तोड्ने निर्णय सम्बन्धमा सर्वोच्च अदालतको फैसला ढिलाईले पुल निर्माण अलपत्र परेको हो ।
पुल निर्माणमा वेवास्ता गर्ने सर्वउद्धार÷फ्रेन्डस जेभी निर्माण सेवा काठमाण्डौलाई जिल्ला समन्वय समितिको सिफारिसमा सार्वजनिक खरीद अनुगमन कार्यालयले गत भदौमा कालो सुचीमा राखेर ठेक्का सम्झौता तोड्ने निर्णय गरेको थियो । सर्वोच्चले गत असोज २७ गते विपक्षका नाममा निर्माण कम्पनीलाई कालोसुचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गर्यो । सर्वाेच्चले मुद्धाको अन्तिम टुंगो नलगाउदा पुल निर्माण थप अलपत्र परेको जिल्ला इन्जिनियर सुर्य बहादुर शाहीले बताए । पुल निर्माण सम्बन्धित मुद्धा सर्वोच्च अदालतमा विचाराधीन भएकाले निर्माण कार्य अघि बढ्न नसेको इन्जिनियर शाहीको भनाइ छ ।
पुल निर्माणका लागि ३ पटक सम्म म्याद थप गर्दा पनि सम्बन्धित ब्यवसायी सम्पर्कमा नआउँदा र निर्माण कार्यमा तदारुपता नदेखाउदा उक्त कम्पनीलाई कालो सुचीमा राख्न कार्यालय वाध्य भएको शाहीले बताए । पुल निर्माण रोकिएपछि चालु आर्थिक बर्षको ७० लाख बजेट पनि फिर्ता जाने भएको छ । मोर्क पुल निर्माणमा ढिलाई हुँदा जाजरकोट जुम्ला सडकमा पर्ने १२ ओटा पुल निमाणको प्रकृया अघि बढ्न सकेको छैन । साथै अन्य विकास निर्माणमा पनि बाधा पुगेको छ ।
जाजरकोट जुम्ला रणनैतिक सडकको मोर्क खोला पक्की पुल निर्माण गर्न ठेकेदारले ढिलाइ गरेको छ । ठेकेदारको लापरवाहीका कारण पुल निर्माण समयमै नसकिएको हो । ठेकेदारको लापरबाहीले पुल निर्माण शुरु भएको ६ बर्ष वित्दा समेत कार्य सम्पन्न हुन सकेको छैन ।
जाजरकोटको शिवालय गाउँपालिका १ को मोर्कखोला जोडिने २५ मीटर लम्बाई तथा ४ मीटर चौडाईको मोर्क पुल स्थानीय सडक पुल आयोजना अन्र्तगत निर्माण हुन लागेको हो । पुल बनाउन तत्कालिन जिल्ला विकास समितिले २०६९ सालमा सर्वउद्धार÷फ्रेन्डस जेभी निर्माण सेवा काठमाण्डौलाई ठेक्का दिएको थियो । १ करोड ९६ लाख लागत मध्ये घटाघटमा १ करोड ४४ लाखमा सम्झौता गरेको थियो ।
ठेकेदारले पुल निर्माणका लागि ९० लाख भुक्तानी लिई सकेका छन् । तर पुलको सब स्टक्चरको कार्य बाहेक अन्य काम हुन सकेको छैन । पुलको सुपरस्टक्चर, पहुँच मार्ग, नदी नियन्त्रण लगाएत कार्य अलपत्र छ । २०७३ मा तेस्रो पटक म्याद थप हँुदा समेत निर्माण कम्पनीले पुल निर्माणमा सक्रियता देखाएन । ब्यवसायीले समयमा पुल नबनाउदा पश्चिम क्षेत्रका बासिन्दालाई आवतजावतमा सास्ती हुने गरेको छ । मोर्क बजारदेखि थलहबजार सम्मको २५ किलोमीटर सडकमा यातायात सहज बन्न नसकेको स्थानीयको गुनासो छ । सडक बने पनि यातायातको सुविधा नहुँदा स्थानीयलाई आवताजावतमा सास्ती हुने गरेको छ । बर्षेनी बर्षात संगै खोलामा पानी बढेपछि यातायात अवरुद्ध हुने गर्दछ । खोलामा पुल नहँुदा स्थानीयले बर्षातको समयमा जोखिम मोलेर वारपार गर्नु पर्ने वाध्यता भएको शिबालय गाउँपालिका १ स्यापीका पुर्ण समिर महताराले बताए ।
पुल नबन्दा पटक पटक खोलाले बगाएर स्थानीयको ज्यान समेत जाने गरेको छ । छिटो छरीतो पुल निर्माण गर्न सरोकारवाला निकाय गम्भीर हुनु पर्ने स्थानीयको भनाई छ । मोर्क पुल जाजरकोट पश्चिम क्षेत्रको मुख्यद्वार हो ।
ठेकेदारले प्रतिश्पर्धामा कामको जिम्मेवारी लिने तर कार्य सम्पन्नमा तर्फ वेवास्ता गर्ने प्रचलनले पुल लगाएत पूर्वाधार निर्माणमा समस्या हुने गरेको छ ।
क्याप्सन ः ६ बर्ष देखि अलपत्र जाजरकोट जुम्ला सडकको मोर्कखोला मोटरेबल पुल तस्वीर राजेन्द्र कार्कीnull

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad