April 30 - 2024, Tuesday१८ बैशाख २०८१, मंगलवार

सुत्केरी हुन नसकेपछि गर्भवति महिलाको हवाई उद्धार

राजेन्द्र कार्की । जाजरकोट

सुत्केरी हुन नसकेपछि जाजरकोट कुशेकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको छ । सुत्केरी वेथा लागेको दुई दिन सम्म पनि सुत्केरी हुन नसकेपछि जिल्लाको कुशे गाँउपालिका वडा नम्बर ९ पोरी पैक निवासी गौरी खड्कालाई मंगलबार दिउसो नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लगिएको हो ।

वेथा लागेको दुई दिन सम्म पनि सुत्केरी हुन नसकेपछि उनलाई स्थानिय स्वास्थ्य चौकीमा लगिएको थियो । स्वास्थ्यकर्मीले उनको अवस्था जटिल भएको भन्दै तत्काल सुविधा सम्पन्न अस्पताल लैजान सिफारिस गरेका थिए । स्वास्थ्यकर्मीको सिफारिसमा गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतको पहलमा प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट नेपाली सेनाको हेलिकोप्टर झिकाएर ति महिलाको उद्धार गरिएको हो । उनको प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad