राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको कुशे गाउँ पालिकामा गएराती लागेको आगो बाट एक बालकको ज्यान गएकोछ ।
जाजरकोट को कुशे गाउँ पालिका वडा न ८ ग्राक्ली साँक्ट निवासी जनक ब रोकायको घरमा आइतवार राति करिब १० बजेको समयमा खाना पकाउने चुलो बाट छानामा आगो सल्किएर आग लागि हुदा उनका १२ बर्षका छोरा अमर ब रोकायको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ ।
घर मुुलि जनक बहादुर रोकाय र आमा बिजुलि रोकाय घाइते भएका छन । ७ जनाको परिवार रहेको उक्त घरमा अरू सबै भागेर ज्यान बचाउन सफल भएका छन । पशु चौपाय तल्लो तलामा भएको ले स्थानीयले बाचाउन सफल भएका छन । अरू अन्न धनमाल, लत्ताकपडा र अन्नपात सबै जलेर नस्ट भएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताए ।