भुकम्पको पुर्ननिर्माणमा अव ढिलाई हुँदैनः गृहमन्त्री लेखक

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
नेपाल सरकारका गृहमन्त्री माननीय रमेश लेखकले जाजरकोट र रुकुमपश्चिमाका गएको भूकम्पको पुर्ननिर्माण र पुर्नस्थापनामा ढिलाई नहुने बताएका छन् । अहिले सम्म जति ढिलाई भएपनि अव ढिला नहुने उनले बताए । भूकम्पीय पुननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन इकाई कार्यालय उद्घाटन गर्न जाजरकोट पुगेका मन्त्री लेखकले बर्तमान सरकारले पुर्ननिर्माण कार्यविधि, मापदण्ड, केही ऐन संसोधन गरेर विस्तृत क्षतिको आँकलन (डीडीए)को काम अघि बढिसकेकोले पुर्ननिर्माणले गति लिने विश्वास ब्यक्त गरे ।

नितिगत र कानुनी समस्या हल भएको छ । बजेटको पनि आवश्यक ब्यवस्था गरिएको छ । कामको गति बढाउने जिम्मा स्थानिय तहको छ । वडा र पालिकाले जति छिटो डीडीए गरेर पुर्ननिर्माणका लागि रकम माग गर्छन त्यति छिटो स्थायी पुर्ननिर्माणको काम अघि बढ्छ उनले भने ‘डीडीए गर्नका लागि जनशक्ति र बजेटको अभाव हुँदैन । थप इन्जिनियरहरु पठाउँछौ ।’ राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरण, तीनै तहका सरकार र जिल्ला विपद ब्यवस्थापन समिति विच समन्वयका लागि कार्यालय स्थापना गरिएको मन्त्री लेखकको भनाई छ । पुर्ननिर्माणलाई गति दिनकै लागि जाजरकोट, रुकुम पश्चिम र सल्यान समेत हेर्ने गरि कार्यालय स्थापना गरिएको बताए ।


गृहमन्त्री लेखकले भूकम्पबाट क्षति भएपछि नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्युनिकरण पुनस्थापना प्राधिकरण, प्रदेश सरकार स्थानीय तह, एकै साथ काम गर्नु पर्ने बताए । उनले डिडिएको काम समयमा सम्पन्न गरि पुननिर्माणको कामलाई अघि बढाउन सरकार लागी परेको बताए । भूकम्पले घर भत्किएपछि पुननिर्माण पुर्व गरिने डिडिएका लागी जाजरकोटमा ५० जना, रुकुमपश्चिममा ४८ जना प्राविधिकले काम गरि रहेको बताए । फिल्डमा खटिएका प्राविधिकको कमी भएपछि सरकारले थप गर्ने उनले प्रतिबद्धता जनाए ।
बिस्तृत क्षति आकलन (डिडिए) को प्रतिवेदन जुन वडाले सकेर पठाउँछ त्यही वडाबाट काम सुरु गर्ने प्राधिकरणको योजना छ । पुननिर्माणको काम छिटोछरितो गरि भूकम्प प्रभाबित जनतालाइ सुरक्षित आवासमा राख्ने संघिय सरकारको लक्ष्यमा साथ दिन स्थानिय सरकारलाई आग्रह गरे । भूकम्पपछि जति जनताले दुख पाउनु भयो अवका दिन पाउन नदिने गरि सरकार लागी परेको छ । भूकम्प जति बेला पनी आउन सक्ने भएकाले बलिया संरचना बनाउन आग्रह गरे
गतबर्ष कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकाÐ १ रामिडाँडा केन्द्र विन्दु भई गएको भूकम्पले धनजनको क्षति गरेपछि भूकम्पपछि तिन महिना त्रिपालमुनी, बाँकी समय अस्थायी टहरामा जिवन निर्बाह गरेका भूकम्प पीडित जनताका घर निर्माण गर्ने गरि जाजरकोट र रुकुमपश्चिममा काम गर्न कार्यालय स्थापना भएको हो ।
सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्टले निजी आवासका साथै विद्यालय भवनहरु, खानेपानी, सिचांई लगायतका पुर्ननिर्माणका काम अघि बढाउन आग्रह गरे । जनताका धेरै गुनासा छन् । धेरै दुःख छ । समयमा पुर्ननिर्माण हुन पर्यो जाडोका कति हिउँद कति कटाउने कति बर्खा कटाउने अव पनि आलटाल गर्ने र जनता झुक्याउने कार्य नगर्न अनुरोध गर्छु उनले भने भूकम्प गएको लामो समयपछि पुननिर्माण तथा पुस्थापना अन्तर्गत विस्तृत क्षति आकलन (डिडिए) काम शुरु भएको छ । यसले गर्दा आवासविहिन जनताका आवास बन्ने आसा पलाएको छ । यो खुसीको कुरा हो ।’
भेरी नगरपालिका जाजरकोटका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले पुर्ननिर्माणको काम अघि बढेको खुसी ब्यक्त गदै डीडीए गर्दा विपद पोर्टलमा इन्ट्री भएकालाई मात्र गरिएकोमा गुनासो गरे । उनले पोर्टलमा समावेश नभएका घरको पनि डीडीए गर्नु पर्ने बताए । सरकारी बाहेक गैरसरकारी संस्थाले निर्माण गरेका अस्थायी आवास बनाउँदा विपद पोर्टलमा समावेश नहुँदा छुट्न पुगेको डीडीए गर्दा सवै घरधुरीको गर्नु पर्ने सुझाब दिए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय, प्रतिनिधी सभा सदस्य मैना कार्की, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाह, कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री राजकुमार शर्मा, प्रदेश सभा सदस्य वेदराज सिंह, पुर्व राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठ लगायतले जाजरकोट भुकम्पको पुर्ननिर्माणमा सरकारले दिने अनुदानका साथै र्निब्याजे ऋण उपलब्ध गराउन माग गरे । डीडीएका लागि जनशक्ति थप गर्न आग्रह गरे ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक डा.भिष्मकुमार भुसालले पुर्नमिर्माणलाई गति दिन र समन्वयका लागि जाजरकोटको भेरी नगरपालिका १ रिम्नामा आयोजना कार्यान्वय इकाई स्थापना गरिएको बताए । बिस्तृत क्षति आकलन (डिडिए) भूकम्पले पुननिर्माण तथा पुनस्थापनाका लागी खटिएका प्राविधिकलाई तालिम दिई लाभग्राहीको घरमा पठाएको बताए । जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित गाउँवस्तीमा खानेपानी, स्वास्थ्य, विद्यालय नहुदाँ समस्यामा परेकाले पुननिर्माणका लागी पहल गर्न जाजरकोटबासीले आग्रह गरेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad