जाजरकोटमा पनि शिक्षक आन्दोलनः कालो पट्टी बाँधेर ज्ञापनपत्र पेश

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट
शिक्षकका पेशागत मागका सम्बन्धमा नेपाल शिक्षक महासंघ संग पटक पटक भएका सम्झौता कार्यान्वयनमा सरकारले आलटाल गरेको र प्रस्तावित विद्यालय शिक्षा विद्येयक संसदमा पेश गर्न ढिलाई गरेको भन्दै नेपाली शिक्षकहरु आन्दोलनमा होमिएका छन् । आन्दोलनका घोषित कार्यक्रम अन्र्तगत जाजरकोटका शिक्षकहरुले मंगलबार कालोपट्टी बाँधेर सरकारको विरोध गरेका छन् ।
नेपाल शिक्षक महासङ्घ र सरकार बीच भएका सम्झौताहरूको कार्यान्वयन तथा सम्बोधन गर्न हिउँदे अधिवेशनबाट शिक्षा ऐन जारी गरियोस् भन्ने मुल मुद्दा उठाउदै नेपाल शिक्षक महासघ (राष्ट्रिय समिती) द्वारा घोषित आन्दोलन बमोजिम भेरी नगरपालिकामा ध्यानाकर्षण पत्र तथा ज्ञापन पत्र बुझाईएको नेपाल शिक्षक महासंघ भेरी नगर समितिका अध्यक्ष रुद्रराज वलीले बताए । नेपाल शिक्षक महासघ (भेरी नगरपालिका) का अध्यक्ष रुद्र बहादुर वलीको नेतृत्वमा शिक्षक– कर्मचारीहरुको विशेष उपस्थिमा विगत शिक्षक र कर्मचारी बिच भएको सहमती कार्यान्वयन गर्न तत्काल शिक्षा ऐन जारी गरियोस भन्ने नारा लगाउदै हातमा कालो पट्टि बाधेर र्याली सहित नगरपालिका पुगेर ज्ञापन पत्र बुझाएका थिए । भेरी नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख अमृत बहादुर पुनलाई ध्यानाकर्षण पत्र बुझाइएको थियो ।

ध्यानाकर्षण पत्र बुझाउदै अध्यक्ष वलीले हाम्रो आन्दोलन शिक्षकको लागि मात्र नभएर समग्र राष्ट्रको लागि भएको बताए । उनले भने–‘शिक्षण पेसा सुविधाजनक तथा आकर्षक बनाए अब्बल मान्छे शिक्षण पेसामा लाग्छ । अब्बल मान्छेले पढाए राम्रो विद्यार्थी हुन्छ । राम्रो विद्यार्थी उत्पादन हुनुभएको राम्रो जनशक्ति निर्माणमा टेवा पुग्छ, राम्रो जनशक्ति भयो भने मात्र असल राष्ट्र निर्माणमा टेवा पुग्छ । त्यसकारण हाम्रो आन्दोलन हाम्रो पेसागत हकहितको लागि मात्र नभइ समग्र देश निर्माण र गुणस्तरीय शिक्षाको लागि हो । यी हाम्रा जायज माग पूरा नभए शिक्षक आन्दोलनले देशमा आधी बेहरी सिर्जना गर्न सक्छ । आन्दोलन रहर नभइ बाध्यता हो, राज्यको कदमको मुल्यांकन गरेर हाम्रो आन्दोलनको स्वरुप जस्तो सुकै हुनसक्छ ।’ आन्दोलनमा आअफ्नो ठाउबाट सहयोग पुर्याउन शिक्षक – कर्मचारी , स्थानीय सरकार , पत्रकार , नागरिक समाज , विद्यार्थी , शिक्षा प्रेमी लगाएत सम्बन्धित सबैलाइ अध्यक्ष वलीको अपील छ । ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख पुनले शिक्षकहरुका माग हरु जायज भएकोले आफ्नो तर्फबाट सहयोग र समर्थन रहने प्रतिवद्धता जनाएका छन् ।

teacher

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad