सोलार बत्ती ल्याइदिने भन्दै स्थानियको साढे सात लाख रुपैंया लिएर पुर्ववडाध्यक्ष बेपता

lagu ausadhi biruddha abhiyan jajarkot

राजा रावल
जाजरकोट २५, माघ
जाजरकोट जिल्लाको नलगाड नगरपालिका १ का पुर्व वडा अध्यक्ष हिरालाल पुन विगत दुई वर्षदेखि स्थानीयको ७ लाख ५२ हजार वढी रुपैंया लिएर वेपत्ता भएका छन । उनले सोलार बत्ती ल्याइदिने भन्दै गाउँका ३ सय वढी स्थानीयबाट ९ हजार देखि १८ हजारसम्म रुपैंया असुलेर गाउँबाट भागेर भारतमा बसेको स्थानीयले बताएका छन ।

कलपतका गौतम परियार, केशब परियार, ललिता बुढा, नन्े पुन, धन बहादुर घर्ती, मेगदल परियार, राजु शाही, धिरेन्द्र शाहीबाट १०० वटाको सोलार बत्ती ल्याइदिने भनी ९ हजारका दरले रकम लिएका थिए । यसैगरी चित्रबहादुर पुन, आकाश परियारबाट २०० वाटको सोलार ल्याइदिने भनी १८ हजारका दर रकम लिएको आकाश परियारले बताए । वडा अध्यक्षले हामीबाट सोलार ल्याउछु सस्तोमा पैंसा दिनु पर्यो भनेर रुपैंया लिएका हुन २ वर्ष वित्यो न त सोलार आयो न त लिएको पैंसा नै दिए । गाउँका गरिव जनताबाट रकम लिने यस्ता चोरलाइ त अब कडा भन्दा कडा कारवाही हुनु पर्छ आकाशले भने । सोलार आयो भने गाउँ नै झिलिमिली हुन्छ, बत्ती बाल्न पाइन्छ, गाउँका सवैजनाले पैंसा दिइसके तपाइहरुले पनि दिनु पर्यो सोलार आउछ भनेर पैंसा दिएको केशव परियार भने ।

सोलार बत्ती आएपछि घर उज्यालो, छोराछोरीलाई पढ्नलेख्न सजिलो होला भनेर २ सय वाट सोलारको लागि १८ हजार पैसा दिएको चित्रबहादुर पुनले बताए । गौतम, केशब, राज्, नन्दे, मेगदल, ललिता मात्र होइनन् उनीहरु जस्तै ३ सय वढी गाउँलेको हिरालालले सोलार बत्तीको पैंसा भष्टाचार गरेको धिरेन्द्र शाहीले बताए । उनले दलित, जनजाती र एकल महिलाको रकम लिएर भागेको शाहीले बताए । बर्षौ देखि अँध्यारोमा बस्दै आएका कलपतका अति विपन्त दलित समुदाय सोलार बत्तीको आसमा २ वर्ष वितेको छ । हिरालाल पुन २०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट वडा अध्यक्ष वनेका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad