हामी सुचनादाता मात्र बन्ने कि पत्रकार पनि हुने ?

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
पछिल्लो समय सामाजिक सञ्जालले गर्दा आम मानिसमा सुचनाको पहुँच ह्वात्तै बढाईदिएको छ । संसारभरको खवर मिनेट मिनेटमा अपडेट भैरहेको हुन्छ र हामी जानकारी लिइरहेका हुन्छौ । कुनै समय थियो खवर पाउन चिठी कुर्न पर्ने, आकाशवाणी(आवा)बाट एकतर्फी सुचना प्रदान हुने अवस्था थियो । केही समय पछि ल्यान्ड लाईन टेलिफोनबाट खवर आदान प्रदान हुनथाल्यो । देश विदेशका खवर आमसंचारका माध्यामबाट आमनागरिकले सुसुचित हुने अवसर पाउँथे ।

पत्रकारहरु सक्रिय हुन्थे, उनीहरु सँग सुचना हुन्थ्यो, त्यही सुचनाका कारण उनीहरुको महत्व निकै हुन्थ्यो तर अहिले अवस्था निकै फेरिएको छ । सुचना सवैका हात हातमा छ । जानकारी सवैका हात हातमा छ । आममानिस सुचनादाता भएका छन् । जसका कारण पत्रकारीता पेशालाई बचाई राख्न र महत्व कायम राख्न निकै चुनौतिपुर्ण अवस्था छ ।
पत्रकारीता क्षेत्र समाजलाई असल मार्गमा डोर्याउने विधा हो । त्यस विधाको चालक पत्रकार हो तर अहिलेका हामी पत्रकार बारे समाजको के मुल्यांकन छ ? के भन्छन् समाजका मानिसहरु, हामीलाई हेर्ने दृष्ट्रिकोण के छ ? यस बारे समिक्षा गर्न जरुरी छ ।

पत्रकार भनेका कही काम नलाग्ने, केही क्षमता नभएका, अन्त जागिर र अवसर नपाएर यता लागेका एकथरीले भन्छन् भने अर्काथरीले पत्रकार बार्गेनिङ्ग गर्छन, धम्क्याउँछन्, पैसा पाए लेख्दैनन् । नपाए लेख्छन् । पार्टीका झोले कार्यकर्ता छन् यस्त यस्तै चर्चा हुने गरेका छन् । यी कुरामा धेरै हद सम्म सहमत हुन सकिने अवस्था पनि छ ।
यद्यपी, सुशासनका पहरेदार हुन् । आवाज विहिनका आवाज हुन । विकृति विसंगतिका विरुद्ध आवाज बुलन्द गर्ने, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी पनि पत्रकार र पत्रकारीतामा छ भनेर विश्वास गर्नेहरुको पनि कमी छैन । यी आरोपलाई चिर्ने र विश्वासलाई भरोसा योग्य बनाउन हामीले के गर्ने त ?

अहिलेको अवस्थामा कुनै पनि घटनाको जानकारी, औपचारिक कार्यक्रमका जानकारी, सामाजिक सञ्जालमा आएका सुचनालाई मात्र समाचार बनाउनेहरुलाई मात्र पत्रकार मान्न सकिने अवस्था छैन । औपचारिक कार्यक्रममा गयो । कुर्ची ओगट्यो । माला र खादा लगायो । गमक्क पर्यो । आयोजकलाई खुसी पार्ने गरि समाचार(विज्ञापन) लेखिदियो । बेलुका आयोजक सँग बसेर दुईचार चुस्की लगायो । ठुला ठुला बात मा्र्यो मानौ उसले नै संसार थामेको छ जसै गरी । दुई चार जना हाकिमहरु सँग हात मिलायो । यसो क्यामरा भिरयो । सेल्फी खिच्यो । कपी पेस्ट गर्न जान्यो । यति गर्न सके उ ठुलो पत्रकार कहलियो । तर म यस्ता खाले साथीहरुलाई पत्रकार मान्न सक्दिन । उ मात्र सुचनादाता हो । जुन काम आममानिसले पनि गर्न सक्छन् ।

पत्रकार हुन के गर्ने त ? अव पहिले जस्तो सुचना दिएर मात्र पत्रकार हुने अवस्था छैन । कुनै जमाना थियो । सुचना दिएर मात्र पनि पत्रकार हुने अवस्था जतिवेला आम नागरिकलाई उक्त सुचना पहिलो पटक पत्रकारले नै सुनाउथे तर अहिले हाम्रो सुचना अघि नै आममानिसले थाह पाईसकेका हुन्छन् । आममानिसलाई जानकारी भैसकेको कुरा लेखेर मात्र पत्रकार हुने अवस्था अव छैन ।

पद र पावरमा भएकाहरु आफुले गरेको गलत कार्यहरु जव हामी बाहिर ल्याउँछौ तर उनीहरु उक्त कुरा कसैले थाह नपाउन भन्ने सोचिरहेका हुन्छन् । नागरिकका समस्या जुन कुरा हामीले सरकार र उच्च ओहोदामा रहेकालाई सुनाउनु पर्ने छ । समाजमा विद्यमान विकृति विसंगती, कुशासन र भष्ट्राचारका सवाल र मुद्धाहरु उठाउन सकिदैन । केही मेसो पाईदैन र समाचार लेख्न सकिदैन भने तपाई बरु हलो जोत्नोस । केही ब्यवसाय गर्नुहोस । त्यो पनि नसके विदेश जानुहोस । दुनिया नहसाउँनोस । लहड र देखासिखीको भरमा यो पेशा चल्दैन । तपाई जस्ताकै कारण यस पेशाको नै बदनाम भैरहेको छ । सुचनादाता भएर मात्र पत्रकार भइदैन । पत्रकार हुन त समाचार सुध्न सक्ने क्षमता चाहिन्छ । अध्ययन चाहिन्छ । गहिरो खोज, अनुसन्धान र विश्लेषण गर्ने क्षमता चाहिन्छ । खवरदारी गर्न सक्ने दृढ विश्वास र सहास चाहिन्छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad