July 13 - 2024, Saturday३० असार २०८१, शनिबार

चिसोले सताउँदा पिडितहरु जोखिम मोलेरै चर्किएका घरभित्र बस्न थाले

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

भुकम्पले घरमा क्षति पुगेपछि जाजरकोटको जुनीचाँदे ५ गर्खाकोटका ताराप्रसाद खड्काको परिवार केही समय त्रिपालमा बस्यो तर त्रिपालको चिसो थेग्न नसकेपछि उनको परिवार जोखिम मोलेरै चर्किएकै घर भित्र बस्न थालेको छ । सरकारले अस्थायी आवासका लागि दिने भनेको रकम देला र टहरा बनाउला भनेर कुर्न थालेकै दुई महिना भैसक्यो । अहिले सम्म अस्थायी आवासका लागि पहिलो किस्ताकै रकम उनको परिवारले पाउन सकेको छैन । हिउँद जान लागि सक्दा पनि रकम नपाउँदा उनले अस्थायी आवास बनाउन सकेका छैनन् ।
त्यस्तै जुनीचाँदे गाँउपालिका ५ गर्खाकोटकि एक महिने सुत्केरी हिरादेवी शाहीको परिवारले पनि अहिले सम्म पहिलो किस्ताकै रकम पाउन सकेको छैन । रकम नपाउँदा उनीहरुले अस्थायी आवास बनाउन सकेका छैनन् । घर बाहिर पालको चिसोमा बस्न नसकेपछि उनको परिवार जोखिम मोलेरै चर्किएको घरमा बस्न थालेको छ । भुकम्प गएको केही समय त्रिपालमा बस्यौ । बाबु र म चिसोले विरामी भएपछि मरे मरौला भनेर अहिले जोखिम मोलेरै भएपनि घर भित्रै बस्न थालेका छौ उनले भनिन ‘चिसोले मर्नुभन्दा फेरी भुकम्प आए बरु घरले थिचेरै मरौला भनेर भित्रै बस्न थालेका हौ ।’

यी दुई भुकम्प पिडित प्रतिनिधी उदाहरण हुन् । उनीहरु जस्तै करीब १४ हजार परिवारले अहिले सम्म अस्थायी आवासको पहिलो किस्ता पाउन सकेका छैनन् । पहिलो किस्ता पाएकाले पनि टहरा बनाउन सकेका छैनन् । अहिले सम्म करीब १० हजारले मात्र अस्थायी आवास बनाएको सरकारी तथ्यांक छ । बनिसकेका ति टहरामा पनि अझै पिडित बस्न सकेका छैनन् । धेरैले त्रिपालको चिसोमै रात काट्न बाध्य छन् । कतिपय जोखिम मोलेरै चर्किएकै घरमा बस्न थालेका छन् ।

भूकम्पपछि त्रिपालमुनि चिसोका कारण मृत्यु हुनेको संख्या जाजरकोटमा ३२ र रुकुम पश्चिममा ५ गरी मृतकको संख्या ३७ पुगेको छ । हिउँदको कठ्यांग्रिदो चिसोमा त्रिपालमुनि रात कटाउन बाध्य भूकम्प पीडितहरुको ज्यान जाने क्रम रोकिन सकेको छैन । चिसोका कारण मृत्यु हुनेहरुमा तीन बालबालिका, एक सुत्केरी सहित अधिकाँश दमका रोगीहरु रहेका छन् ।
सरकारले एक महिना भित्र त्रिपालबाट अस्थायी आवासमा सार्ने घोषणा गरेको भएपनि दुई महिना वित्दा पनि ९ हजार ६ सय ३८ परिवारले मात्र अस्थायी आवास बनाएका छन्
जाजरकोटमा ३५ हजार १ सय ४० लाभग्राही कायम भएका छन् । त्यसमध्य अझै २५ हजार अस्थायी आवास बन्न बाँकी रहेको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए । हिउँद जान लाग्दा पनि सरकारी ढिलासुस्तीले भुकम्प पिडितहरु त्रिपालको चिसोमै रात काट्न बाध्य छन् । भुकम्पले बाँचेपनि चिसोले मरिन्छ कि भन्ने चिन्ताले पिडितहरुलाई सताईरहेको छ । धेरै भुकम्प पिडित विरामी परिरहेका छन् । कतिपय दिर्घरोगी, सुत्केरी र बालबालिकाको ज्यानै समेत गएको छ तर सरकार हिउँद जान लाग्दा पनि पहिलो किस्ताकै रकम दिन सकिरहेको छैन ।

चिसो अत्याधिक बढेपछि कतिपय भुकम्प पिडित जोखिम मोलेर चर्किएका र मक्किएका घरमै बस्न थालेका छन् । चिसोले मर्नु भन्दा बरु घर भत्किए भत्किएला भनेर मानिसहरु जोखिमयुक्त घरमै बस्न थालेको जुनीचाँदे गाँउपालिका ५ गर्खाकोटकी पद्मी शाहीले बताईन । त्रिपालमा निकै चिसो हुन थालेपछि धेरै जसो भुकम्प पिडितहरु जोखिमपुर्ण घरमा बस्न थालेका हुन् । ‘अस्थायी आवास बनाउन सरकारी प्रयास निकै ढिलासुस्ती हुँदा पिडितलाई थप पिडा भएको छ’ उनले भनिन् ।

बैक खाता खोल्नु पर्ने, देशका अन्य ठाँउमा घर नभएको स्वघोषणा, प्रहरी मुचुल्का, घर भत्काउनु पर्ने लगायतका प्रक्रियागत झन्झटका कारण धेरै भुकम्प पिडितले अहिले सम्म सरकारले दिने भनेको पहिलो किस्ताकै अुनदान रकम पाउन सकेका छैनन् । स्थानिय सरकारको ढिलासुस्ती र उदासिनताले गर्दा भुकम्प पिडितको ब्यवस्थापनमा ढिलाई भएको उनको आरोप छ । पहिलो किस्ताको रकम सवै पालिकाको खातामा गएर थन्किएको छ तर पिडित परिवारलाई निकासा गर्न विलम्ब भैरहेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad