July 13 - 2024, Saturday३० असार २०८१, शनिबार

जाजरकोटमा मात्र दादुरा रुवेला र टाइफाइड विरुद्धको खोप लगाए एक लाख ४० हजारले

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
भूकम्प प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन सरकारले संचालन गरेको दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप जाजरकोटमा एक लाख ४० हजार ८ सय ९१ ले लगाएका छन् । गत पुस ४ गतेदेखि १४ गते सम्म संचालन गरिएको खोप अभियान अन्र्तगत ६ महिना देखि १५ बर्ष सम्मका ६८ हजार ३ सय ४४ बालबालिकाले दादुरा रुवेला खोप लगाएका छन् । त्यस्तै १६ देखि ४५ बर्ष सम्मका ७२ हजार ५ सय ४७ जनाले टाइफाइड विरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका कोल्डचेन सुपरभाइजर शान्तबहादुर बुढाथोकीले बताए ।

उनका अनुदार दादुरा रुवेला खोप ९९ प्रतिशत र टाइफाईड ८८ प्रतिशत खोप कभरेज भएको छ । जिल्लाका ४ सय ८० खोप केन्द्रबाट खोप संचालन गरिएको थियो ।
आपतकालिन अबस्थामा श्वासप्रश्वास, दुषित पिउनेपानी र विभिन्न खानेकुराबाट सर्ने रोगहरु फैलिन सक्ने जोखिमलाई कम गर्न सरकारले भुकम्प प्रभावित जाजरकोट, रुकुमपश्चिम लगाएत आसपासका सुर्खेत, सल्यान, दैलेख, कालीकोट र जुम्ला जिल्लामा दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको हो ।
सामान्य अबस्थामा दादुराको महामारी फैलिएमा मृत्युदर १ प्रतिशत रहने र विपदको वेला दादुराको महामारी फैलिएमा मृत्युदर ३० प्रतिशत रहने भएकोले पनि खोप अभियान संचालन गरिएको निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक डा.प्रतिक्षा भारतीले बताईन । राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भुकम्प प्रभावित र आसपासका जिल्लाहरुमा दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप अभियान संचालन गरेको डा. भारतिले बताएकी छन् । जाजरकोट जिल्ला महामारीको उच्च जोखिममा रहेकोले पनि खोप अभियान चलाईएको उनले बताईन ।

गत बर्ष जाजरकोट जिल्लामा दादुराको संक्रमण देखा परेको जानकारी गराउँदै स्वास्थ्य सेवा विभाग अन्तरगत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले हरेक पाँच पाँच बर्षमा दादुरा–रुवेला विरुद्धको खोप अभियान संचालन गरिरहेको सरकारले भुकम्प प्रभावित र आसपासका जिल्लाहरुमा पाँच बर्ष नपुग्दै दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको जानकारी दिए । दादुरा–रुवेला, टाइफाइड जस्ता प्रकोपहरुलाई फैलिन नदिन निश्चित गरिएका उमेर समुहका ९५ प्रतिशतले खोप लगाएको हुनुपर्ने डा. गौतमले भनाई छ ।

स्वास्थ्य सेवा कार्यालयका अुनसार छ महिनादेखि १५ वर्षसम्मका एक लाख ५० हजार र १६ वर्षदेखि ४५ वर्षसम्मको लक्षित जनसंख्या छ लाख ५० हजार रहेको छ । जाजरकोट जिल्लामा मात्र ६ महिना देखि १५ बर्ष सम्मको लक्षित जनसंख्या ६८ हजार ९ सय १९ जना र १६ बर्षदेखि ४५ बर्षसम्मका ८६ हजार ६ सय ३६ जना रहेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad