July 13 - 2024, Saturday३० असार २०८१, शनिबार

चिसोले जाजरकोटमा थप एक भुकम्प पिडितको मृत्यु

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
चिसोले गर्दा जाजरकोट एक भुकम्प पिडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो ।

कर्णबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । त्यहाँ उपचार नभएपछि उनलाई प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको थियो । तर सुर्खेत पु¥याउँदा पनि कर्णबहादुरको उपचार सम्भव भएन । शनिबार विहान उनको ज्यान गयो । आर्थिक अवस्था कमजोर रहेका उनको शनिबार नै अन्तिम दाह संस्कार गरिएको छ ।
भूकम्पपछि त्रिपालमुनि चिसोका कारण मृत्यु हुनेको संख्या जाजरकोटमा ३१ र रुकुम पश्चिममा ५ गरी ३६ जनाको मृत्यु भैसकेको छ । हिउँदको कठ्यांग्रिदो चिसोमा त्रिपालमुनि रात कटाउन बाध्य भूकम्प पीडितहरुको ज्यान जाने क्रम रोकिन सकेको छैन ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad