July 13 - 2024, Saturday३० असार २०८१, शनिबार

भुकम्प पिडित विद्यार्थीलाई थैव परिवारको सहयोग

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
काठ्मान्डौ निवासी थैव परिवारले जाजरकोटको एक विद्यालयका विद्यार्थीलाई ट्रयाक सुट प्रदान गरेको छ । भुकम्प प्रभावित भेरी नगरपालिका ४ रानागाउँ स्थित भेरी प्राथमिक विद्यालयका विद्यार्थीलाई मंगलवार टोपी सहितको न्यानो ट्रयाक सुट प्रदान गरिएको हो । विद्यालयका ६३ जना विद्यार्थीलाई पाल्पा स्थायी घर भई हाल काठ्मान्डौमा बस्दै आएका सन्दीप थैव र शुभलक्ष्मी शाह दम्पतीको पहलमा थैव परिवारको आर्थिक सहयोगमा उक्त सहयोग गरिएको हो ।

जाजरकोट खलंगा गैरीखाली माइती घर भएकी शुभलक्ष्मीले एक कक्षा देखि ५ कक्षा सम्म अध्ययन गरेको विद्यालयका छात्रछात्रालाई सहयोग पुरयाउन सहयोग रकम जुटाएकी हुन् । ट्रयाकसुट पाएपछि विद्यार्थीहरु खुसी भएका छन् । विद्यालयका प्रधानाध्यापक ललितराज भण्डारीले सहयोगी शुभलक्ष्मी सहित थैव परिवारलाई विद्यालयको तर्फबाट धन्यवाद दिए । नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेश समितिका उपमहासचिव तथा शुभलक्ष्मीका बुवा समाजसेवी खम्बजंग शाहले उक्त ट्रयाक सुट विद्यार्थीलाई एक कार्यक्रमका विच हस्तान्तरण गरेका हुन् । उनले सहयोगी हातहरुलाई विद्यार्थी र अभिभावकको तर्फबाट धन्यवाद दिए । विद्यालयका अध्यक्ष रिता पुनले आफुले पढेको विद्यालय सम्झेर सहयोग गरेकोमा शुभलक्ष्मी लगायत थैब परिवारलाई हार्दिक आभार सहित धन्यवाद दिईन ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad