July 13 - 2024, Saturday३० असार २०८१, शनिबार

छेडागाडको चंखेलीमा इलाका प्रशासन कार्यालय स्थापना घरदैलोमै सेवा, स्थानिय हर्षित

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
भुकम्पको लाभग्राही कायम गरि अस्थायी आवासका लागि अनुदान लिनका लागि केही दिन यता जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको भीड नै लाग्ने गरेको छ । तर छेडागाड नगरपालिका ११ कि सीता कुमारी गिरीलाई भने नागरिकता लिनकै लागि सदरमुकाम धाउनु परेन । छेडागाडकै चंखेली भन्ने ठाँउमा इलाका प्रशासन कार्यालय स्थापना हुँदै छ र त्यहीबाट नागरिकता वितरण हुदैछ भन्ने जानकारी पाएपछि बुधवार दिउसो चंखिला पुगेकी उनलाई जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरे ।

जाजरकोटको छेडागाड नगरपालिका ५ चंखेलीमा इलाका प्रशासन कार्यालय स्थापना गरिए सँगै उनले नागरिकता पाएकी हुन् । नागरिकहरुलाई घरदैलोमै सेवा दिने उद्देश्यले पश्चिम जाजरकोटका चार वटा पालिकालाई सेवा दिने गरि चंखिलामा इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले एक कार्यक्रमका विच बुधवार कार्यालयको उद्घाटन गरेका हुन् । इलाका प्रशासन कार्यालय स्थापना सँगै नागरिकता लगायतका कामका लागि जिल्ला सदरमुकाम धाउनु पर्ने अवस्थाको अन्त्य भएको मन्त्री बस्नेतले बताए । जिल्ला प्रशासन कार्यालयबाट हुने सवै काम इलाका प्रशासन कार्यालयबाट हुनेछ ।
यस क्षेत्रका नागरिक अब नागरिकता लगायतको सरकारी कामकाजको लागि ऋण खोजेर सदरमुकाम खलंगा जानुपर्ने बाध्यताको अन्त्य भएको छ । जिल्लाको पश्चिम क्षेत्रका नागरिकका लागि बहुप्रतिक्षित यो कार्यालयको स्थापना सँगै स्थानिय खुसी भएका छन् । आफ्नै गाँउ घरमा नागरिकता लगायत सेवा पाउँदा आफूहरु निकै खुसी भएको स्थानीय रत्न बहादुर शाहीले बताए । एउटा सामान्य कामका लागि पनि सदरमुकाम जाँदा गाडी भाडा, होटल वास लगायतको खर्चमा एक जनाको १० हजार भन्दा बढी रकम लाग्थ्यो तर गाँउघरमै इलाका प्रशासन स्थापना भएपछि स्थानियको पैसा र समय बचत हुने उनले बताए ।
यस कार्यालयबाट पश्चिम क्षेत्रका छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिकाका चार वटा वडाका नागरिकले नागरिकता लगायतका सेवा पाउने भएका छन्। यसरी आफ्नै गाउँघरबाट नागरिकता लगायतका सेवा पाउने भएपछि नागरिक अत्यन्तै खुसी भएका भएका छन् । कार्यक्रममा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले नागरिकलाई नागरिकता, विभिन्न सिफारिस लगायत सरकारी सेवा सुविधा घर दैलोमा दिन यो कार्यालय स्थापना गरिएको बताए । उनले केही दिनमा नै पासपोर्ट लगायतका काम पनि इलाका प्रशासनबाटै गरिने बताए । इलाका प्रशासन कार्यालय स्थापना सँगै जिल्ला प्रशासन कार्यालयमा हुने भीडभाड र कामको चाप पनि कम हुने प्रजिअ सुनारले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad