जाजरकोटका सञ्चारकर्मीलाई एकिकृत समाजवादीले दियो सहयोग सामग्री

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट
नेकपा (एकीकृत समाजवादी) जाजरकोटले भुकम्प पिडित पत्रकारलाई सहयोग सामग्री वितरण गरेको छ । एकिकृत समाजवादीका अध्यक्ष पुर्वप्रधानमन्त्री माधवकुमार नेपालको पहलमा चिनिया कम्युनिष्ट पार्टीको तर्फबाट चाईना फाउन्डेसनको सहयोगमा प्राप्त सामग्री जाजरकोटका २० जना क्रियाशिल पत्रकारलाई प्रदान गरिएको एकिकृत समाजवादी जाजरकोट अध्यक्ष कमान बहादुर खड्काले बताए । भुकम्पको पिडामा रहेर पनि सुचना सम्प्रेषणमा अहोरात्र खटिने सञ्चारकर्मीलाई आवश्यक राहत सामग्री प्रदान गरिएको उनले बताए । पार्टीले जाजरकोटका पत्रकारलाई सम्झेर केही सहयोग सामग्री प्रदान गरेकोमा एकिकृत समाजवादीलाई हामी धन्यवाद दिन चाहन्छौ पत्रकार महासंघका अध्यक्ष बालकुमार शर्माले भने ‘पत्रकार पनि यही समाजका अंग हुन् । उनीहरुलाई पनि सहयोग र हौसलाको खाँचो हुन्छ । यो कुरालाई बुझेर सहयोग गर्ने सहयोगी पार्टी र मनहरु प्रति कृतज्ञता छ ।’
पत्रकारका साथै एकिकृत समाजवादीले अन्य ५ सय परिवारलाई राहत सामग्री वितरण गरेको छ । जाजरकोटका ३ सय र रुकुम पश्चिमका २ सय परिवारलाई राहत सामग्री वितरण गरिएको अध्यक्ष खड्काले जानकारी दिए । मृतकका परिवार, सुत्केरी तथा गर्भवति महिला, जेष्ठ नागरिक, भौगलिक विकटता र आर्थिक रुपमा विपन्न नागरिकलाई राहत सहयोग गरिएको अध्यक्ष खड्काले बताए ।

चाइना फान्डेसनको सहयोगका अतिरिक्त अध्यक्ष खड्काले आफ्नो व्यक्तिगत लगानीमा खरिद गरिएका त्रिपाल, कम्मल, जकेट, सुइटर, कुर्ती लगाएतका न्यानो कपडाहरु लिएर भुकम्प पीडितलाई वितरण गरेको बताए ।
गत कातिक १७ गते मध्ये रातमा गएको भुकम्पबाट सबैभन्दा बढि पीडित मृतकका आफन्तहरु, पूर्णरुपमा घर भत्किएका परिवार, सुनौला हजार दिनभित्रका आमा र बालबालिका, ८० बर्षभन्दा माथिका जेष्ठ नागरिक, कठिन तथा विकट भुगोलका नागरिक र आर्थिक रुपमा विपन्न नागरिकहरु छन् अध्यक्ष खड्काले भने–‘हामी र हाम्रो पार्टीले स्वयमसेवक परिचालन गरेर भत्किएका संरचनाहरुको जोखिम हटाउने, अस्थायी आबास निर्माण गर्ने कामसंगै भुकम्प पीडितहरुलाई राहत वितरण गर्ने काममा जुटिरहेका छौं ।’

अध्यक्ष खड्काले भौगलिक रुपमा नलगाड–१ चिउरी, जुरेली, पुवाडाँडा, भेरी नगरपालिका–१ घोयलनेटा, डौरीकाँडा, ११ को कटिगाउँलाई पहिलो प्रामिकतामा राखेर राहत वितरण गरेका छन् । त्यसैगरी मृतकका घरपरिवारमा रहेका स्कुले बालबालिकाहरुलाई प्राथमिकतामा राखेका अध्यक्ष खड्काले स्कुल ड्रेस, कापी, कलम लगाएतका शैक्षिक सामाग्रीको साथै न्यानो कपडाहरु वितरण गरेका छन् । त्यसैगरी कतिपय भवन भत्किएका विद्यालयमा पुगेर अध्यक्ष खड्काले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेका छन् ।
नलगाड, भेरी र छेडागाड नगरपालिकाका ३ हजार भुकम्प पीडितहरुलाई आफुले राहत वितरण गरेको अध्यक्ष खड्काले जानकारी दिएका छन् । आफु र आफ्नो पार्टीको पहलमा ३० लाख भन्दा बढिको राहत सामाग्री वितरण गरेको अध्यक्ष खड्काले बताएका छन् । अध्यक्ष खड्काले दिएको जानकारी अनुसार आफ्नै व्यक्तिगत लगानीमा राहत सामाग्री खरिद गरेर बारेकोट, कुशे, जुनीचाँदे र शिवालय गाउँपालिकामा अझै एक हप्ता भन्दा बढिको समय लगाएर राहत वितरण गर्ने योजना बनाएका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad